मुक्तिदाता येशु सँग –गजल

गजल

मुक्तिदाता येशु सँग मैल जिवने साटेको छु 
सुख दुःख जिवनका उनकै प्रेममा काटेको छु ।

यो दुनियाँमा सबैसँग सँधै धोका खाएनी 
तर ख्रीष्टमा अनन्तको मायाको डोरी बाटेको छु । 

मेरा निम्ति त्यो क्रुस र मृत्यु महसुस गर्दा 
कैयौ पटक हृदयमा पुर्णतया फाटेको छु ।

जिवन यहाँ आज या भोली कसलाई थाहा छ र?
तर मेरो विश्वासले आत्मालाई स्वर्ग लान आँटेको छु ।।

–संजय बर्मा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...