IFGF Media Group को Banner मा बनेको चलचित्र “फाइनल डेस्टिनेशन” को Dedication तथा Press Meet कार्यक्रम सम्पन्न भएको छ ।

यहि मिति 2076/09/24 गतेको दिन प्रिन्स हाउसमा IFGF Media Group को Banner बनेको चलचित्र “फाइनल डेस्टिनेशन” को Dedication तथा Press Meet कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रममा विभिन्न नेपाली इसाई मिडियाकर्मी तथा बिभिन्न मन्डलिबाट पास्टरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा International Full Gospel चर्च का पास्टर फिलिप फिसरमेन ले प्राथना गरि कार्यक्रम को सुरुवात गर्नुभएको थियो भने कार्यक्रममा पास्टर वर्णबाँस श्रेष्ठले चलचित्रको उट्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न मिडियाकर्मीहरु लाई कदर पत्र पनि प्रदान गरिएको थियो भने कार्यक्रमको क्रममा चलचित्र का निर्देशक दिशान डि. सी. ले IFGF Media Group को कामहरु, उदेश्य र दर्शनहरुको साथै Final Destination चलचित्र र यसको प्रभाव को बारेमा बताउनुभएको थियोे कार्यक्रम को सन्चालन क्रमशः मोहन अधिकारि र कलाकार कुमार अब्राहम ले गर्नुभएको थियोे भने कार्यक्रम मा फाइनल डेस्टिनेसन कलकार हरुको समेत उपस्थिति रहेको थियोे । चलचित्रमाको हरेक प्रस्तुति तथा यसको कथाबस्तु, प्रस्तुतीकरण , सन्देश उत्कृष्ट भएको बिज्ञहरुले बाताउनुभयो। बाइबलिय मूल्य मान्यतामा आधारित कथालाई आधुनिकीकरण शैलीमा वर्तमान पुस्ता र फरक जिवनशैली र घरपरिवार बिचको अन्तरद्वन्द्व देखाउदै सामाजिक, पारिवारिक, साथीभाइ तथा बेरोजगारी समस्याहरुको बाइबलीय समाधानहरु रोचक शैलीमा चलचित्रमा प्रस्तुत गरिएको छ साथसाथै चलचित्रमा द्वन्द, कमेडी र मनोरञ्जन सान्दर्भिक शैलीमा सशक्ती तवरले प्रस्तुत गरिएको कारण चलचित्र सबै प्रकारका मानिसहरुको लागी रोचक लागेको थियो ।। चलचित्रमा पास्टर बर्नवास श्रेष्ठ , डेभिड सापकोटा, शर्मिला नवार्देन, मोहन अधिकारी, कुमार अब्राहम, आशा खड्का, तिलक जप्रेल, लोकेश बि. सी., आन्नीया रावत, विशाल श्रेष्ठ, बाल कलाकार एलबिना ढकाल, अतिथि कलाकार दिशान डि. सी. लगायत अन्य विभिन्न कलाकारहरूले अभिनय गरेका छन् । चलचित्र उच्च गुणस्तर प्रविधि (4K) मा तयार पारिएको छ । चलचित्र प्रदर्शनका क्रममा त्यहाँ आउनु भएका मुख्य कलाकारहरुलाई र VIP हरुलाई बिशेष सम्मान पनि गरिएको थियो । उक्त चलचित्रलाई अनिलकुमार महर्जनले सम्पादन तथा VFX गरेको हुन् भने मोहन कुमारले छायांकन गरेको हुन् । शर्मिला नवार्देनको कोरियोग्राफी / नित्य निर्देशन रहेको यस चलचित्रको कथा निर्देशक स्वयम् आफैंले तयार पारेका हुन् भने पट्कथा मोहन अधिकारी, डेभिड सापकोटा र निर्देशक दिशान डि. सी. को रहेको छ । उक्त चलचित्रमा अर्जुन पोखरेल, जयन्त शर्मा र अन्जान श्रेष्ठ को संगीत रहेको छ भने चलचित्रमा अन्जु पन्त, अलमोडा राना उप्रेती, सुमन गुरुङ, अमित थापा, विशाल सुनुवार र ज्वाला ख्रिष्टीना को आवाज रहेको छ । चलचित्रमा धव्नी आशिष सुनुवारले तयार पार्नु भएको छ । यश चलचित्र आगामी फाल्गुन ९ गते ह्यब्जिबा हल बालकुमारी मा प्रदर्शन हुनेकुरा चलचित्रका मिडिया कोडिनेटर कुमार अब्राहम ले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...