नेपाली इशाई गजल (जोसेफ चारु)

गजल –१
पुरानो घुम्टो खोलेर आउ
दुई शब्द मिठो बोलेर आउ ।

रोएको आत्मा फाटेको हृदय
पश्चतापको रापले पोलेर आउ ।

बदलामा सुम्पेर प्रभुमा जीवन
येशूको रगतमा घोलेर आउ ।

रोपेर छातीमा बचनको फसल
विवेकले ईनाम मोलेर आउ ।।

गजल–२
ईशाई हुँ म यही देशको, खै तेरो माटो नसोध्नु कहिले
पछाडी फर्की जोत्नेहरुले, कहाँ छ राँटो नसोध्नु कहिले ।

बचनको तरवार चलाएर, आत्मिकी लडाँई सिकाउनेले
स्वर्गको डिलमा उँभिएर, स्वर्ग कै बाटो नसोध्नु कहिले ।

मनको आकाशमा चिल झैं उडदै, हजारौं भेडा चिन्छु भन्नेले
झुटको गतिमा वेगिएर, संसारको पाटो नसोध्नु कहिले ।

आत्माको अमीर भोजनमा, गरिव हुन्छन असm ईशाईहरु
दिने मनहरु खुसीले दिनु, निन्दाले आँटो नसोध्नु कहिले ।।
–जोसेफ चारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...