आत्मालाई माया गर्नुहोस् । एकजना राजाको कथा

एकजना राजाको चारवटा श्रिमति रहेछ। उ आफ़्नो चौथो श्रिमतिलाइ खुब माया गर्दो रहेछ र उस्को राम्रो ख्याल राख्दो रहेछ। उ तेस्रो श्रिमतिलाइ नि माया गर्दो रहेछ र आफ़्नो साथिहरुलाइ देखाउन मन पराउदो रहेछ,तैपनि मनमा चाहि सदा डर भैरहने कि कतै उ अरु सग भाग्ने पो होकि भनेर । ऊ आफ़्नो दोश्रो श्रिमतिलाइनि माया गर्दो रहेछ र जब आफ़ुलाइ केइ समस्या पर्यो उ त्यै श्रिमतिकोमा गएर आफ़्नो समस्या सुल्झाउदो रहेछ। तर उ आफ़्नो पहिलो श्रिमतिलार्इ  चाहि माया नै नगर्ने रहेछ । जबकि पहिलो श्रिमति चाहि उस्को राम्रो हेरचाह गर्दिरैछे। एकदिन राजा बिरामी भएर मर्ने अवस्थामा पुगेछ अनि मन्मनै सोचेछ; अब म धेर बाँच्दिन,मर्ने बेलामा एउटिलाइ चाहि म सँगै लानु प¥यो  ताकि म मर्दा एक्लै मर्नु नपरोस्। अनि उस्ले यो कुरा चौथो श्रिमतिलाइ राख्दा उस्ले भनिछे; अह नाइ म त तपाइ सँग मर्दिन तेस्रोले भनिछे; तपाँइ मर्नुभो भने म त अरु सँगै जान्छु । दोस्रोले भनिछे; म नि तपाँइ सँगै  मर्न त सक्दिन तर जे होस तपाइको लाशलाइ जलाउन सम्म मद्दत गर्छु । यो सब सुनेर उस्को मन छिया छिया भयो‘तब एउटा अवाज आयो तपाँइ जहा जानु हुन्छ म तपाँइ सँगै जान तयार छु । किनकी तपाइ बिना मेरो जिन्दगिको के नै अर्थ रह्यो ? राजाले जब उस्लाइ हेर्यो उ पहिलो श्रिमती थिइ,बिचरालाइँ सबैले हेला गरेर बिरामी भएर एकदम कमजोर भकिथी। राजाले गहभरि पश्चतापको आँसु झार्दै भन्यो मैले तिम्रो राम्रो ख्याल राख्नु पर्ने मैले त्यो गर्न सकिन, मलाइ माफ़ गरिदेउ।

वास्तवमा हामि सबैको जिन्दगिमा चारवटा श्रिमति हुन्छन ।

१. चौथो श्रिमती हाम्रो शरिर हो,चाहे हामि यसलाइ जतिसुकै सृंगारपटार गरौं,मर्ने बेलामा येस्ले हाम्रो साथ छोडिदिन्छ ।

२. तेस्रो श्रिमती हाम्रो धन सम्पत्ति हो,जब हामी मरेर जन्छौं,यो अरु कसैको भएर जान्छ‘हामिले सँगै लाने कुरा हुदैन ।

३. दोस्रो श्रिमति भनेको हाम्रो इस्टमित्र र साथिभाइहरु हुन,चाहे जतिसुकै नजिक किन नहोस ?मरेपछि धेरै भनेको कम से कम लाश लिएर जलाउन सम्म मद्दत गर्छन

४. र पहिलो श्रिमति भनेको चाहि हाम्रो आफ़्नो आत्मा” हो जो संसारिक माया मोह बाट सदा टाढा र उपेक्षित भएर बसेको हुन्छ, येहि चिज हो जो हामि जहा जान्छौं, हामि सगै जान्छ त्यसैले केइ दिनु छ भने येस्लाइ दिनुस हेरचाह गर्नु छ भने येस्को गर्नुस र माया गर्नु छ भने येस्लाइ नै गर्नुस्….

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...