बाइबल एक अद्भुत पुस्तक
बाइबल एक अद्भुत पुस्तक
बाइबलको ईश्वरीय उद्भवको प्रमाण
डेविडडनलाप
“बाइबल अरूपुस्तक जस्तो होइन” — यो भनाइ खासअपुग छ, तरैपनिसत्य! बाइबल, संसारको इतिहासमा सबभन्दा प्रियपुस्तक हो भनेसबभन्दा घृणित पनि।छापाखानाको आविष्कारपछि सर्वप्रथम मुद्रित पुस्तकबाइबल नै होर पनि आजसम्मसंसारमा अधिकतम संख्यामा विक्रीहुने पुस्तक यहीहो, त्यो पनिसंसारको झण्डै सबैभाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू रभविष्यवाणीहरूअद्वित्तीय र प्रभावशाली छन्र तिनमा जीवनलाई बदल्नेसामर्थ्य लुकेको छ।यसैकारण परमेश्वरले आफ्नोवचनलाई जिउँदो (हिब्रू४:१२) कोसंज्ञा दिनुभएको छ! साथै परमेश्वरले आफ्नोवचनको संरचनामा जीवन–तत्त्व समावेशगर्नुभएको छ। शताब्दियौंदेखि परमेश्वरले यीपवित्र शास्त्रहरूद्वारा हरेकयुग र संस्कृतिका मानिसहरूका हृदयहरूलाई खिँच्दै आउनुभएको छ— गरिब र धनी, घमण्डी र नम्र, शिक्षित र अनपढ।बाइबलले सिकाएका रसमर्थन गरेका कुराहरू अद्भुतरूपमा अचूकछन्। बाइबलको मूलसन्देश मुक्तिको सन्देशहो। तरैपनि इतिहास, प्रकृति, विज्ञान वापुरातत्त्वको विषयलाई छुँदाबाइबलको ज्ञान अग्रणीस्थानमा रहेको पाइन्छजुन ज्ञान साँचोर सत्यापनीय भएकोपाइन्छ। जीवनका सबभन्दा गहनप्रश्नहरूको जवाफखोज्नेले बाइबलको बुद्धि, ज्ञान र नैतिकसिद्धान्तहरू देखेर यिनैलाई बाइबलको ईश्वरीय उद्भवको प्रमाणस्वरूप पाउँदछ। बाइबलभनिने यस अद्भुत वास्तविकताको सन्तोषजनक व्याख्या एउटैमात्र छ — योपरमेश्वरकै प्रेरणाबाट दिइएकोपुस्तक हो।
बाइबल परमेश्वरको प्रेरणाबाट दिइएको
“सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएकोहो र शिक्षाका लागि, भूलदोष देखाउनका लागि, सुधारका लागि रधार्मिकताको तालिमका लागिलाभदायक छ” (२ तिमोथी३:१६)।बाइबल ईश्वरीय प्रेरणाबाट आएकोहो भन्नुको तात्पर्य केहो? उक्त प्रेरणाको लम्बाइर चौडाइ व्यक्तगर्न “पूर्ण” र “शाब्दिक” जस्ता व्याख्यात्मक शब्दहरू प्रयोगगरिन्छन्। “पूर्ण” शब्दले बाइबलको प्रत्येक पुस्तक, अध्याय र पदलाईसङ्केत गर्दछ। “शाब्दिक” ले चाहिँबाइबलको प्रत्येक शब्द नैईश्वर–प्रेरित होभन्ने तथ्यलाई जनाउँछ। तसर्थ, प्रेरणाको माने बाइबलका मानवीयलेखकहरूमाथिकोपवित्र आत्माको अलौकिकप्रभाव हो जुनप्रभावले गर्दा उनीहरूका सम्पूर्ण लेखोटहरू सत्य, अचूक र त्रुटिरहित रहन्छन्। तरैपनि, यो उल्लेखनीय छकि बाइबलले आफ्नोप्रेरणाको तथ्यलाई प्रस्टै उल्लेखगरे तापनि यसलेआफ्नो प्रेरणाको पक्षमाकहिल्यै बहस गर्नखोज्दैन। कसै–कसैलेयस असङ्गति [paradox] लाई देखेरताजुब मानेका छन्।एकपटक लोकप्रिय बाइबलशिक्षक सी एचम्याकिन्टोश (१८२०–१८९६) लाई सोधियो, किनबाइबलले आफ्नो प्रेरणाको पक्षमाबहस गर्दैन? उनलेजवाफ दिए, “त्यो तसूर्य चम्किरहेको छकि छैन भनेरप्रमाणित गर्न एउटाटर्च–लाइटलाई आकाशतिर देखाएबराबर हुन्छ!” भनाइको तात्पर्य योथियो कि बाइबलआफै नै सर्वोत्तम प्रमाणहो। त्यसो भएतापनि बाइबलको शुरूदेखि अन्तसम्म नैअद्वित्तीय र अनन्तपरमेश्वरकै लक्ष्यण भेटिन्छ।
अविनाशी पुस्तक बाइबल
कुनैपुस्तक विशेष छभने त्यो पच्चीसवर्षसम्म पनि छापिनसक्छ। जुनचाहिँ एकशताब्दिभरि पढिन्छ त्यसलाई असाधारणमा गन्नुपर्छ, तर एकहजार वर्षसम्म रहिरहने पुस्तकहरू तएकदम थोरै हुन्छन्। तरैपनिबाइबल हजारौं वर्षदेखि संसारमै सबभन्दा लोकप्रिय पुस्तकबन्न सफल भएकोछ यद्यपि पटक–पटक यसलाईआक्रमण गर्न रनिमिट्यान्न पार्न भएभरकोजमर्को गरिएको कुराइतिहासले बताउँदछ।
रोमीसम्राट डायोक्लेटियन (ईसं ३०३) कोसमयदेखि लिएर शताब्दियौंभरि हाम्रैसमयसम्म, थुप्रैले बाइबललाई संसारबाटै निमिट्यान्न पार्नप्रयास गरेका छन्।सैनिक शक्ति रदमनद्वारा रोमी साम्राज्य, क्याथोलिक चर्च, कम्युनिष्ट सरकारहरू लगायतमुस्लिम सरकारहरूले बाइबललाई आक्रमणगर्न र नष्टगर्न खोजेका छन्।तर उनीहरूले हासिलगरेको सफलता न्यूनछ। अठारौं शताब्दिमा बाइबलले भोल्टेयर, थोमसपेन आदि जस्ता“इनलाइटनमेन्ट” स्केप्टिक रनास्तिक दार्शनिकहरूको आक्रमणखप्यो। तर उनीहरूको प्रयासझनै कम प्रभावशाली भेटियो। फ्रान्सेली मानववादी [humanist] भोल्टेयरले एकपटकघोषणा गरे, “अबको पचासवर्षभित्रमा संसारबाट बाइबलको नामनिशाना मेटिनेछ।” तर भोल्टेयरको मृत्युभएको पचास वर्षपछि, भोल्टेयर बसेकैघरबाट त्यहाँ भएकोउनकै छापाखाना प्रयोगगरी जेनेभा बाइबलसोसाइटीले धमाधम बाइबलहरू छाप्नथाले। त्यस्ता आक्रमणले बाइबलमाथिको विश्वासलाई कमजोरतुल्याएन बरु झन्मजबुत तुल्यायो। विश्वासको खातिरकठोर सतावट भोग्नेफ्रान्सेली ह्युगनटहरूले बाइबलर इसाईमतलाई तीनकामदारहरूको घनको प्रहारमुनि रहेकोफलामको अचानोसित तुलनागरेर चित्र कोरेकाछन् जसमुनि निम्नशब्दहरू कुँदिएका छन्:
“घन जति बजार्छन्
र स्वर जति उचाल्छन्,
त्यति नै तिनीहरूले,
आफ्ना घन खियाउँछन्!”
परमेश्वरको वचनअविनाशी छ भन्नेतथ्य आजको दिनसम्मै पुष्टिभएको छ। बाइबलले हामीलाई यादगराउँदछ, “घास ओइलिहाल्छ, रफूल झरिहाल्छ, तरपरमेश्वरको वचन सदासर्वदा रहिरहन्छ” (१ पत्रुस१:२४–२५)।
पुरातात्त्विक प्रमाण
पुरातत्त्व विज्ञानको विस्तृत अन्वेषण रकैयौं आविष्कारहरूले बाइबलीय घटनाहरूको वास्तविकतालाई समर्थनगरेको पाइन्छ। पुस्तौंदेखि आलोचकहरूले बाइबलीय घटनाहरूको ऐतिहासिकता रसत्यताको खिल्ली उडाउँदै आए।तर, गत पच्चीसवर्ष यताका पुरातत्त्वका आविष्कारहरूले बाइबलठीक तर उदारवादी विद्वानहरू बेठीकप्रमाणित गरेको छ।बीसौं शताब्दीका सर्वोत्कृष्ट यहूदीउत्खनक डा नेल्सनग्लुएकले यसरी लेखेकाछन्:
निर्विवादरूपमा योभन्न सकिन्छ किपुरातत्त्वको कुनै पनिआविष्कारले बाइबलको एउटैबुँदालाई समेत खण्डनगरेको छैन। बरुथुप्रै पुरातात्त्विक आविष्कारहरू प्रकाशमा आएकाछन् जसले बाइबलका ऐतिहासिक कथनहरूलाई प्रस्टरूपरेखामा वा पक्काप्रतिरूपमा समर्थन गरेकोपाइएको छ।(१)
बाइबलीय अभिलेखको पुरातात्त्विक समर्थनको उत्तमउदाहरणस्वरूप हेरोदको शासनकालीन जनगणनालाई लिनसकिन्छ जुनचाहिँ कुरेनियस सिरियाका राज्यपाल हुँदासम्पन्न भएको थियो।पुस्तौंसम्म उदारवादी विद्वानहरूले त्यस्ता जनगणनाहरू अवास्तविक हुन्भनी खिल्ली उडाए।उनीहरूको तर्क योथियो: कुनै पनिसरकारले आफ्ना सम्पूर्ण नागरिकहरूलाई आ–आफ्ना जन्मस्थानमा जबरदस्ती कसरीपठाउन सक्लान् र? उनीहरूले बाइबल विश्वास गर्नेइसाईहरूलाई त्यस्तो जनगणनाप्राचीन मध्यपूर्वमा भएकोथियो भन्ने प्रमाणनिकाल्न चुनौती समेतदिए। तर, गतकेही वर्षहरूमा लेखोटहरू भेटिएका छन्जसले त्यस्ता जनगणनाहरूलाई समर्थनगर्दछन्। ख्रीष्टियन विद्वान डाजोन म्याकरेले, आफ्नोपुस्तक आर्किअलजी एण्ड द न्यू टेस्टामेन्ट (पुरातत्त्व रनयाँ नियम) मापहिलो शताब्दीबाटको एउटालेखोट प्रस्तुत गर्नुहुन्छ जसमायसरी लेखिएको छ:
मिश्रका अधिपतिगायस भिबियस म्याक्सिमस [बाट]: घर–घरको जनगणनालिने समय अबआइपुगेको हुनाले कारणवशआ–आफ्नो इलाकाबाहिर बसोबासगरिरहेका सबैलाई आ–आफ्नै घरमाफर्कनलाई बाध्य गराउनआवश्यक परेको छताकि उनीहरूले गणनाकोनियमित काम पूरागरून् र साथैआ–आफ्नो भूमिकोखेतीपातीमा यत्नपूर्वक ध्यानदिऊन्।(२)
योलगायत अन्य थुप्रैआविष्कारहरूलेपवित्र शास्त्रको साँचोपनलाई समर्थनगर्दछ। बाइबलको अभिलेखलाई थपसमर्थन गर्ने केहीपुरातात्त्विकनव–आविष्कारहरू यसप्रकार छन्: एल्बाशीलालेखहरू, हित्ती साम्राज्य, येरीहोका पर्खालहरू, “चौतारा” (येशूलाई न्यायगरिएको स्थान) रबेथसैदाको पोखरीको अस्तित्व।
सप्रमाणताको जाँच
इसाईबाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच“ लाई प्रमुखआधारशिलाको रूपमा औंल्याउने गरेकाछन्। सप्रमाणताको जाँच(Authenticity Test) अनुसारकुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथाप्रतिलिपिहरूकाबीचको समयावधि रप्रतिलिपिहरूकाबीचको असङ्गतिको परिमाणको आधारमानिर्धारण गरिन्छ। यसजाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँनियम सबभन्दा सकलीलेखोट ठहर्दछ। हालसम्म नयाँनियमका २०,०००हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेकाछन् भने पाण्डुलिपि संख्यामा नयाँनियमपछि दोस्रो स्थानओगट्ने होमरको इलियदको मात्र६४३ प्रतिलिपिहरू छन्।अझ, नयाँ नियमपाण्डुलिपिहरूमध्येसबभन्दा पुराना प्रतिलिपिहरू मौलिकरचना गरिएको समयकोअत्यन्तै नजिकका छन्।साथै पाण्डुलिपिहरूबीच मात्र२% भिन्नता रहेकोपाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जेर बिराम चिन्ह(punctuation) जस्तासामान्य कुरामा सीमितछन्! पाण्डुलिपिहरूबीचको कुनैपनि अन्तरले इसाईविश्वासको एउटै पनिआधारभूत बुँदालाई फेरफारगर्दैन। यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) काभूतपूर्व निर्देशक तथानयाँ नियम लेखोटका विद्वान, सरफ्रेडरिक जी केन्यनले यसरीभनेका छन्:
मौलिकरचना र त्यसकोसबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यतिसानो छ कित्यो वास्तवमै नगण्यछ जसको कारणपवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छभन्ने तथ्यमाथि उठ्नसक्ने शंकाको रहलपहलअंश समेत अबहटिसकेको छ। नयाँनियमका पुस्तकहरूको सप्रमाणता रसाँचोपना(integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएकोमान्न सकिन्छ।(३)
तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँनियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमारहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दाउल्लेखनीय अन्तर पाउँदछौं। उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानोप्रतिलिप त्यसको मौलिकरचनाभन्दा १,०००वर्ष पछिको छअनि जम्मा प्रतिलिपिहरू संख्यामा आज२० ओटा मात्रछन्। त्यस्तै गरीसुटोनीयसको द ट्वेल्भ सिजर्स(Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानोप्रतिलिपि त्यसको मौलिकरचनाभन्दा ८०० वर्षपछिको छ अनिप्रतिलिपिहरू संख्यामा जम्मा८ ओटा मात्रछन्। तुलनामा नयाँनियमका सबभन्दा पुरानाप्रतिलिपिहरू मौलिक रचनाको५० वर्षभित्रै लेखिएअनि पाण्डुलिपिहरूको जम्मासंख्या आज झण्डै२४,००० पुगिसकेको छ।
मृत–सागरका चर्मपत्रहरू
१९४७मा आफ्नो हराएकोबाख्रा खोज्दै गरेकोएउटा गोठाला ठिटोलेपाण्डुलिपि इतिहासमै एकउच्चतम महत्त्वको आविष्कार गरे।मृत–सागरको उत्तर–पश्चिमी तटतिरफर्केको चुनढुङ्गाको गुफाहरूमा उनले९०० भन्दा बढीहस्तलेखहरू भेट्टाए जसमाबाइबलीय र गैर–बाइबलीय गरी३५० ओटा बेग्लाबेग्लै कृतिहरू पाइए।एउटै गुफामा मात्र५२० ओटा गुरुकापीहरू भेटिएजो ई पूतेस्रो शताब्दीसम्म पुरानाथिए। ती चर्मपत्रका मुठाहरूमा पुरानोनियमका पुस्तकहरूमध्ये एस्तरको बाहेकसबै पुस्तकहरूका प्रतिलिपिहरू भेटिए।१९४७ मा यीचर्मपत्रहरू प्रकाशमा नआएसम्म पूर्णपुरानो नियमको सबभन्दा पुरानोपाण्डुलिपि ई सं९०० वरिपरिको मात्रथियो। कुमरानको गुफा#१ मा भेटिएको ईपू १२५ मितिकोभनी ठहरिएको एउटामृत–सागर चर्मपत्रको मुठामायशैयाको पूरै अगमवाणी रहेकोपाइयो। उक्त मुठात्यसबेलासम्म उपलब्ध कुनैपनि पाण्डुलिपि (म्यासोरेटिक टेक्स्ट) भन्दा१,००० वर्षअघि लेखिएको थियो।गजबको कुरा केभने, अघिल्लो रपछिल्लो लेखोटहरूलाई परस्परतुलना गर्दा ९५% दुरुस्तै भेटिए। बाँकी५% अन्तर केवलहिज्जे, व्याकरण रचिन्ह [punctuation] को तलमाथिमा सीमितरहेको पाइयो। मृत–सागर चर्मपत्रहरूको आविष्कारले प्रतिलिपिहरूको शुद्धताको निम्तिपुरानो नियम पवित्रशास्त्रका यहूदी लेखनदासहरूको असाधारण समर्पणता प्रकटगर्दछ। यी प्राचीन लेखोटहरू हाम्रावर्तमान बाइबलसित यतिविधि मिलेको देख्दाआलोचक तथा अविश्वासीहरू स्तब्धभए। यसरी नयाँनियम पाण्डुलिपिहरूको नयाँअनुसन्धान (textual research) लगायत मृत–सागरचर्मपत्रहरूलेसबै मुनासीब शंकालाई पन्छाएको छर बाइबलको अपूर्वशुद्धतालाई प्रमाणित गरेकोछ।
भविष्यवाणीको प्रमाण
बाइबलका भविष्यवाणीहरू यसपुस्तकको ईश्वरीय–उद्भवको सर्वोत्कृष्ट हृदयग्राही प्रमाणहरूमध्ये एउटाहो। बाइबलका करिब३,८५६ पदहरूप्रत्यक्ष वा अप्रत्यक्षरूपमा भविष्यवाणीसित सम्बन्धित छन्— प्रत्येक ६ ओटामाएउटा पदले भावीघटनाहरू बताउँदछ। दुवैपुरानो र नयाँनियमले भावी विश्वघटनाहरूको ईश्वरीय प्रकाशप्रस्तुत गर्दछन्। टायरकोविनाश, यरुशलेमको आक्रमण, बेबिलोन र रोमकोपतन — प्रत्येक नैबाइबलमा किटानसाथ भविष्यवाणी गरिएकाथिए र तिनमाउल्लेखित सानो भन्दासानो बुँदा समेतहुबहु पूरा भए।यस तथ्यलाई लिएरतुलनात्मक अध्ययन गर्दाविश्वका अन्य धर्महरूको दाँजोमा बाइबलको अलग्गैस्थान देखिन्छ। बुद्धधर्म, हिन्दु धर्म, इस्लाम धर्म रकन्फ्युसियस धर्म प्रत्येकको आफ्नैधर्मग्रन्थ छ, तरउल्लेखनीय कुरा केभने ती शास्त्रहरूमा भविष्यवाणी पाइँदैन। मानौंपरमेश्वरले यही सत्यतालाई आधारबनाएर आफूलाई संसारका “ईश्वर” भनाउँदाहरूदेखि पृथकराख्नुहुन्छ। संसारलाई परमेश्वरको चुनौतीयस प्रकार छ— “मजस्तै को छर? त्यसले घोषणागरोस्। त्यसले बताओस्र मेरो अगिराखोस्… जे हुनआउँछ त्यसले हामीलाई अघिबाटै बताओस्… तर मैले भन्नेकुरा म, परमप्रभु आफैलेनै भन्नेछु, रत्यो ढीलो नभईपूरा हुनेछ। मैलेभनेको कुरा मपूरा गर्नेछु” (यशैया ४४:७, इजकिएल१२:२५, २४:१४; यर्मिया २८:९)।तुलनामा जुनसुकै भाषाकोएउटै पनि मानवीयकृति बाइबलको बनोटर संरचनाको अलिकतिपनि नजिक आउनसक्दैन। यथार्थ यहीहो — केवल एकसर्वज्ञानी विचारकर्ताले मात्रयस पुस्तकहरूको पनिपुस्तकको रचना गर्नसम्भव थियो।
निष्कर्ष
बाइबलपरमेश्वरबाटै दिइएको होभन्ने कुराको समर्थनगर्ने प्रमाणहरूको सँगालोवृहत् र विश्वसनीय छ।पवित्र शास्त्रको ऐतिहासिक, वैज्ञानिक रनैतिक प्रमाण एकअल्गो र अटलगढी जस्तै खडाछ। तथापि उदारवादी आलोचकर अविश्वासीहरूले यसमाथिहमला नगरेका होइनन्, यसलाई चुनौतीहरू नदिएकाहोइनन् तरैपनि पवित्रशास्त्रको सत्यतालाई कमजोरतुल्याउन तीमध्ये एउटैप्रयास पनि सफलभएको छैन। बाइबलएक विश्वव्यापी सन्देशबोकेको पुस्तक होजुन सन्देश सबैमानिसका लागि हो।यो एउटै मात्रपुस्तक हो जसमादुवै बालक रविद्वानले उत्तिकै आनन्दलिन सक्दछ। यसकोसरल, जीवन परिवर्तन गर्नेशक्तिले राष्ट्रिय सीमानाहरू, सांस्कृतिक पर्खालहरू रभाषीय भिन्नताहरूलाई पारगरेर करोडौंलाई शान्ति, आनन्द र क्षमाल्याउँदछ। बाइबलले मात्रखराब मान्छेलाई सज्जनबनाउँदछ र विद्रोहीलाई पवित्रजन बनाउँदछ। बाइबलको सबभन्दा ठूलोप्रमाणचाहिँ यसले तपाईंमा ल्याउनसक्ने जीवनको परिवर्तन हो।
उद्धृत रचनाहरू
(१) डानेल्सलन ग्लुएक, रिभर्स इन द डेजर्ट, (न्यू योर्क, न्यू योर्क: ग्रोभ, १९६०), पृष्ठ ३१
(२) डाजन म्याकरे, आर्किअलजि एण्ड द न्यू टेस्टामेन्ट, (ग्र्याण्ड र्यापिड्स्, मिशिगन: बेकर, १९९१), पृष्ठ१५५
(३) फ्रेडरिक जेकेन्यन, द स्टोरि अफ द बाइबल, (ग्र्याण्ड र्यापिड्स्, मिशिगन: अर्डम्यान्स्, १९६७), पृष्ठ१३३