लाग्छ दुखित आत्माहरुले

गजल :


लाग्छ दुखित आत्माहरुले  मलाई पर्खिरहेको
साहारा खोज्दै तिनीहरुको आवाज चर्किरहेको ।

लाग्छ भयभित ति त्रासहरु लर्वरिदै शायद
जिवनको आशा बोक्दै यतै यतै लर्किरहेको ।

लाग्छ ठोकिएर निराशमा शान्तिका धुनहरु
स्वतन्त्रता खोज्दै चाहना म तिर फर्किरहेको ।

लाग्छ ढुक्क सँग बस्न चाहने तनहरु
जंजिर दुष्टको बाधिँएर विवशतामा थर्किरहेको ।।

–संजय बर्मा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...