बाईबल सम्बन्धि रोचक र महत्वपुर्ण जानकारीहरु ।

बाइबल
ईशाईहरुको पवित्र धर्मग्रन्थ ।
मानवजातिलाई मानवता, सभ्यता र मुक्तिको बाटो देखाएर संसारमै सबैभन्दा बढि प्रेम गरिएको पुस्तक ।
संसारकै एक अदभुत र इतिहासकाल देखी लाखौ जीवनहरु परिवर्तन गर्न सफल पुस्तक ।
संसारमै सबैभन्दा बढि बढिने लोकप्रिय पुस्तक र अहिलेसम्म सबैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ पनि ।

यो भिडियो पनि हेर्नुहोस ।

बाईबल सम्बन्धि रोचक र महत्वपुर्ण जानकारीहरु ।

१. बाइबल शब्दको अर्थ “पुस्तकहरु” भन्ने हुन्छ । जुन ग्रिक भाषाको “विवलोस” शब्दबाट आएको हो ।
२. बाइबल १६०० वर्षको ठुलो अन्तरालमा करिब ४० जना लेखकहरुद्धारा लेखिएको थियो ।
३. बाइबल मुलत हिब्रु, ग्रिक र आरमेइक गरी ३ वटा प्राचिन भाषाहरुमा लेखिएको थियो ।
४. जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन ।
५. बाइबल मुलत एशिया, युरोप र अफ्रिका गरी ३ वटा महादेशहरुमा लेखीएको थियो ।
६. बाइबल संसारमा सबैभन्दा बढि भाषाहरुमा अनुवाद गरिएको पुस्तक हो ।
७. बाइबललाई २ भागहरुमा बिभाजन गरिएको छ ः पुरानो करार र नयाँ करार र पुरानो करारमा ३९ वटा पुस्तकहरु छन् भने नयाँ करारमा २७ वटा पुस्तकहरु रहेका छन ।
८. पुरै बाइबल वा आँशिक बाइबलगरी अहिलेसम्म बाइबल जम्माजम्मी ३३२४ भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ ।
९. बाइबल संसारमै सबैभन्दा बढि विक्रि वितरण गरिने पुस्तक हो । अहिलेसम्म ५ अरबभन्दा बढि बाइबल विक्रि वितरण भइसकेको अनुमान लगाइएको छ । एक सर्वेका अनुसार प्रतिवर्ष १० करोड बाइबलहरु छापिने गरिन्छन ।
१०. आजपनि प्रत्येक दिन २७३,९७२ वटा, प्रत्येक घण्टा ११४१५ वटा, प्रत्येक मिनेट १९० वटा भने प्रत्येक सेकेण्ड ३ वटा बाइबल विक्रि वितरण हुने गर्दछ ।
११. बाइबलमा जम्माजम्मी १,१८९ वटा अध्यायहरु ३१,१०१ वटा पदहरु छन ।
१२. १,२८० वटा प्रतिज्ञाहरु छन र ६,४६८ वटा आज्ञाहरु छन ।
१३. बाइबलमा करिब ८,००० भन्दा बढी भबिष्यवाणीहरु छन । बाइबलको जम्मा हिस्साको ३० प्रतिशत भाग भविष्यवाणीहरुले ओगटेको छ ।
१४. बाइबलमा उल्लेखित भविष्यवाणीहरु मध्ये ३,२६५ वटा भविष्यवाणीहरु पुरा भइसकेका छन ।
१५. बाइबलमा जम्मा ३,२९४ वटा प्रश्नहरु छन
१६. बाइबलमा उल्लेखित सबैभन्दा लामो नाउँ यशैया ८ः१ पदमा उल्लेख गरिएको “महेर–शालल–हाज–वज” हो
१७. बाइबलको सबै भन्दा लामो पद एस्तर ८ः९ पद हो ।
१८. बाइबलको सबैभन्दा छोटो पद युहन्ना ११ः३५ हो । जहाँ केवल “येशू रुनुभयो १” भन्ने लेखिएको छ ।
१९ बाइबलको सबैभन्दा लामो पुस्तक भजनसँग्रह हो, जसमा १५० वटा अध्यायहरु रहेका छन ।
२०. बाइबलको सबैभन्दा छोटो पुस्तक २ युहन्ना हो, जसमा केवल १३ वटा मात्र पदहरु मात्र रहेका छन ।
२१. बाइबलको सबै भन्दा लामो अध्याय भजनसँग्रह ११९ हो, जसमा १७६ वटा पदहरु रहेका छन ।
२२. बाइबलको सबै भन्दा छोटो अध्याय भजनसँग्रह ११७ हो जसमा केवल २ वटा पदहरु मात्र रहेका छन ।
२३. बाइबलमा “परमेश्वर” शब्द ३,५६८ पटक उल्लेख गरिएको छ । र “परमप्रभु” शब्द ७,७३६ पटक उल्लेख गरिएको छ ।
२४. पुरानो करारमा जम्मा ९२९ वटा अध्यायहरु छन भने नयाँ करारमा जम्मा २६० वटा अध्यायहरु रहेका छन ।
२५. पुरानो करारमा जम्मा २३१४५ पदहरु छन भने । नयाँ करारमा जम्मा ७,९५७ वटा पदहरु रहेका छन ।
२६. बाइबलको मध्ये पुस्तकहरु मिका र नहुम हुन ।
२७. बाइबलको मध्य पद भजनसँग्रह ११८ः५ पद हो ।
२८. पुरानो करारको मध्ये पुस्तक हितोपदेश हो भने, नयाँ करारको मध्ये पुस्तक २ थेसलोनिकी हो ।
२९. पुरानो करारको मध्य अध्याय अयुव २० अध्याय हो ।
३०. पुरानो करारको मध्ये पद २ इतिहास २०ः१७ र १८ पद हुन । नयाँ करारको मध्ये पद प्रेरित २७ः१७ हो ।
३१. पुरानो करारको सबैभन्दा छोटो पुस्तक ओबदिया हो, जसमा केवल २१ वटा पदहरु मात्र रहेका छन ।
३२. नयाँ करारको सबैभन्दा लामो पद प्रकाश २०ः४ पद हो ।
३३. नयाँ करारको सबै भन्दा लामो अध्याय लुका १ अध्याय हो, जसमा जम्मा ८० वटा पदहरु छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...