मन पर्छ -गजल

हिँडनै पर्ने क्रुसको बाटो मन पर्छ ।
ईश्वर र मानवको नातो मन पर्छ ।
फसाउने चालमा आउँदा हामीलाई
हार्दै गर्ने दुष्टको फाटो मन पर्छ ।
बाँच्नको होडबाजी चल्ने संसारमा
मृत्यु भोग्ने येशू मेरो साटो मन पर्छ ।
धेरै नै छन दुनियामा नियमहरु ता
तर मलाई व्यवस्थाको आँठो मन पर्छ ।
धोका हुन्छ संसारमा माया गर्ने सँग
मलाई ख्रीष्टको प्रेमको गाँठो मन पर्छ ।
–संजय बर्माशाखा (शब्दमा)
इशाई सम्बन्धित प्रवचन, लेख, रचनाहरु प्रकाशित गर्ने उदेश्यमा चलेको यो पेज लाईक तथा शेयर गरिदिनहुन अनुरोध गर्दछौं । धन्यबाद ।।https://www.facebook.com/merogod

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...