जसले यि आँखा बनाए, उसलाई नदेख्ने यि आँखा कस्ता – गित

 गित – 
 
जसले यि आँखा बनाए, उसलाई नदेख्ने यि आँखा कस्ता
जसले यि हृदय बनाए, उसलाई नबुझ्ने यि हृदय कस्ता ?
अन्धो रहेछु म, अवोध रहेछु म
धेरै छन अझ यो संसारमा (प्रभु म जस्ता) –२
सृष्टि गर्नुभो इश्वरले शुन्यतामा यो सारा संसार
बनाउनु भो मानिसलाई आफ्नै प्रतिरुप अनुसार ।
कति सम्म निष्ठुर यो मान्छेको जाति बुझ्दैन किन इश्वरीय  शक्ति
आफै भित्रको इश्वर छाडी, बन्नलाई पुग्छ टाढाको भक्ति ।
जसले यो संसार बनाए, उसलाई नपुज्ने यो संसार कस्ता
जसले यि आँखा बनाए, उसलाई नदेख्ने यि आँखा कस्ता ?
जन्मदै देखी मानिसमा लागेको हुन्छ पापको दाग
तर येशूले दिए अनन्तको लागी प्रत्येकलाई मुक्तिको भाग ।
भन्छन येशू म जिउँदो पानि हुँ, तिर्खाउने छैनन् मलाई पिउनेहरू
भन्छन येशू म  सत्य जिवन हुँ, मर्दैनन् कहिल्यै म मा जिउनेहरू ।
जसले यि जिन्दगी दिए, उसलाई नखोज्ने यि जिन्दगी कस्ता
जसले यि आँखा बनाए, उसलाई नदेख्ने यि आँखा कस्ता ?
Sanjay Barma

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...