परमेश्वरको वचन खानु

किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ । यसले प्राण र आत्मालाई त्यसका जोर्नीजोर्नी र हाड़को गुदीसम्मलाई भागभाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ ९हिब्रू ४स्१२० ।
परमेश्वरको वचन अर्थात् बाइबल र यसका सत्यताहरू सदा जीवित र सक्रिय छन् । यसले शताब्दीयौंदेखि करोडौं मानिसहरूको जीवनलाई परिवर्तन गरेको छ । यसले समाज र जातिलाई रूपान्तरण मात्रै गरेको छैन, देशको सामाजिक र शैक्षिक अवस्थामा गुणात्मक परिवर्तन ल्याएर संसार र समाजलाई उलटपुलट पार्ने काम गरिरहेको छ । येशूका अनुयायी हामी ख्रीष्टियनहरूको लागि बाइबल र यसका सत्यताहरू मार्गदर्शक हुन् । येशूको वचनले नै हाम्रो जीवनमा परमेश्वरलाई मन पर्ने स्वभाव र चरित्र ल्याउँछ । बाइबल नै येशूको वचन हो । परमेश्वरको वचन मानिसको अन्तःस्करणसम्म पुगेर हाम्रो विचार र आत्मालाई यसले परिवर्तन गर्न सक्छ । यसको नियमित अध्ययन र पालनले मात्रै हामी एउटा महिमाबाट अर्को महिमामा बढ्दैजान सक्छौं ।
परमेश्वरको वचन येशूमा पाप क्षमा पाएर नयाँजन्म पाएको प्रत्येक ख्रीष्टियनको लागि अत्यावश्यक आत्मिक खुराक हो । परमेश्वरले दिनुभएको आत्मिक खुराक नखाईकन कुनै पनि व्यक्ति येशूमा हुर्कन सक्दैन । आत्मिक खुराक नखाने वा परमेश्वरको वचनबाट प्रत्येक दिन आफैंलाई ननियाल्ने व्यक्ति बिस्तारै आत्मिक रूपमा सुकेनास लाग्दैजान्छ । “नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ” ९१ पत्रुस २स्२० । यसरी बाइबलले हामी सबैलाई आत्मिक दूधको तृष्णा गर्न आदेश दिएको छ । आफ्नो मुक्तिमा बढ्दै जानको लागि हामीलाई निश्चय नै आत्मिक दूध चाहिन्छ । त्यो आत्मिक दूध परमेश्वरको वचन हो । येशूमा भर्खर विश्वास गरेको व्यक्ति वा धेरै वर्षको पुरानो विश्वासी सबैलाई परमेश्वरको वचन अवश्यै चाहिन्छ किनकि वचनबिना हामी बाटो बिराएका र अल्मलिएका यात्रीजस्तै बन्छौं । परमेश्वरको वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।
“मेरा भेड़ाहरूले मेरो सोर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्” ९यूहन्ना १०स्२७० । येशूका भेडाहरूले येशूको आवाज सुन्छन् । संसारमा अनेकन् आवाजहरू छन् । झुटा शिक्षकहरूले भर्माउने कुरा गरेर हामी सबैलाई परमेश्वर र उहाँको सत्यताबाट अलग पार्ने कोसिस गर्छन् । अहिले त शिक्षा मात्रै होइन, आर्थिक र अन्य लोभ दिएर पनि हामी विश्वासीहरूलाई कुबाटोमा लैजाने झुटा शिक्षकहरू प्रशस्तै छन् । यस्तो बिषम परिस्थितिमा हामीलाई जोगाउने काम परमेश्वरको सत्यताले मात्रै गर्न सक्छ । येशूको वचनलाई नसुन्ने भेडा सजिलै बहकिएर गलत बाटोमा जान सक्छ । त्यसकारण पनि हामीले परमेश्वरको वचन नियमित अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ किनकि वचन अध्ययन र पालन गरेर ख्रीष्टमा परिपक्व बनेको मानिसले मात्रै निरन्तर अभ्यासद्वारा असल र खराब छुट्याउन सक्ने मानसिक शक्तिको विकास गरेको हुन्छ ।
अहिले हामी सबैजना काम र पढाइको कारण अति व्यस्तजस्तै भएका छौं । केही समय बचेमा फेसबुकजस्ता सामाजिक सञ्जाल र टेलिभिजनले पनि हामीलाई व्यस्त बनाउँछ । हामी धेरैको लागि शनिवारको वचन नै पूरा हप्ताको लागि आत्मिक खुराक बन्छ । तर हप्तामा एकदिन बेस्सरी खाँदैमा हाम्रो शरीर बलियो हुँदैन, त्यसरी नै हप्तामा एकदिन बाइबलका कुरा वा प्रवचन सुन्दैमा हामीलाई पुग्दैन । हामीले प्रत्येक दिन परमेश्वरको वचनबाट खाने र त्यसलाई मनन गरेर पालन गर्ने आत्मिक अभ्यास गर्नुपर्छ ।
हामी सबैले नै हरेक दिन बाइबल कम्तीमा एक अध्याय पढ्ने र त्यसलाई मनन गर्ने बानीको विकास गर्नुपर्छ । परिवारमा सँगै बसेर वा व्यक्तिगत रूपमा बाइबल पढेर केही समय प्रार्थनामा परमेश्वरसित बिताउने गर्यौं भने पाप, परीक्षा र अधर्मलाई जितेर हामी परमेश्वरका पुत्रको रूपसमान बनिँदैजानेछौं । हाम्रा साना बालबालिकाहरूलाई पनि सानैदेखि परमेश्वरको वचन अध्ययन गर्ने र प्रार्थनामा समय बिताउने बानीको विकास गराइदिनु हामी अभिभावकहरूले उनीहरूलाई दिने सर्वोच्च उपहार हो ।
हरेक दिन परमेश्वरको वचन खानु र उहाँसँग व्यक्तिगत समय बिताउनु हामी सबैको लागि अत्यन्तै आशिष्मय अवसर हो । करोडौं स्वर्गदूतहरूले सदासर्वदा परमेश्वरलाई महिमा दिइरहेका हुन्छन् र उहाँको उपस्थितिमा रहेका हुन्छन् । जब तपाईं प्रभुको उपस्थितिमा आउनुहुन्छ, येशूको रगतको कारण हामी परमेश्वरको उपस्थितिमा जाँदा कुनै पनि स्वर्गदूतले हामीलाई छेक्ने काम गर्दैन । सर्वशक्तिमान् परमेश्वरको महिमामय उपस्थितिमा हामी जुनसुकै बेला पनि जान सक्छौं । अनुग्रहको सिंहासनअघि जाने साहस हामीलाई येशूको रगतको कारणले हुन सक्छ ।
मण्डलीभित्र र बाहिर आशिषित बन्नको लागि हामी सबैले बाइबल पढेर परमेश्वरसित समय बिताउने बानीको विकास आजैदेखि गरौं र अरूलाई पनि त्यसै गर्न उत्साह दिऔं ।

भुवन देवकोटा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...