दाङ इसाई समूदायले पत्रकार सम्मेलन गरी घटनाबारे स्पष्टीकरण

दाङ इसाई समूदायले पत्रकार सम्मेलन गरी घटनाबारे स्पष्टीकरण 
बैशाख ११/२०७६ (दाङ)– हरि जिज्ञासु
हिजो विहाना ७ बजे घोराही स्थित होटल डोकोबाट बाहिर निस्कने क्रममा आफूले बोलाएका पाहुनाहरुलाई बिना प्रमाण र बिना पक्राउ पूर्जी धर्म प्रचारको आरोपमा दाङ प्रहरी कार्यालयले पक्राउ गरेकोले दाङ इसाई समुदायले तत्काल रिहाई गरिदिन अनुरोध गर्दै आज पत्रकार सम्मेलन गरी घटनाबारे स्पिष्टीकरण दिएको छ । 
पत्रकार महासँघ दाङको हलमा आयोजित पत्रकार सम्मेलनमा नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, दाङ जिल्ला इसाई समुदायका अध्यक्ष पास्टर सन्त घर्ती, सुन्दर नेपाल अभियानका अध्यक्ष बिरबहादुर तामाङ, इसाई समुदायका पूर्ब अध्यक्ष जीवन गुरुङ, पास्टर सालिकाराम साहु र सीता शाहा बोल्नुभएको थियो । 
इसाई समूदायकाका अध्यक्ष पास्टर सन्त घर्तीले विना प्रमाण झुटो आरोपमा पक्राउ गरेकोमा दुख व्यक्त गर्दै, स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा प्रकाशित समाचार बास्तविक नभएको बताउनु भएको छ । उहाँले हिजो नै विभिन्न मिडियामा गाउँगाउँमा गएर धर्म प्रचार गरेको, खाममा पैँसा बाँड्दै हिडेको, बाइबल फेला पारेको, औषधी र बाफ लिने मेशिन फेला पारेको भनि समाचार प्रकाशित गरेको ले त्यो एउटा आरोप मात्रै भएको जानकारी दिनुभयो ।
उहाँको अनुसार ‘दाङ जिल्ला इसाई समुदायले ख्रीष्टिय महासचिव डिल्लीराम पौडेललाई भेटघाट साथै अगुवाहरूलाई आत्मीक जाग्रीतिका लागि बोलाएको र अमेरिकी महिला सिन्क्वान्टा ओलिएना लगायत भारतीय नागरिक गौरव श्रीवास्त, सुसाङ तामाङ उहाँसगै भेटघाट सहित घुम्न आएको अवस्थामा होटेल डोकोमा बास बस्नु भएको थियो । बिहाना होटलबाट निस्कनेक्रममा प्रहरी गएर ड्राइभर सहित ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुसँग भएको समान भनेको प्रत्येकको साथमा एक एक वटा बाइल थियो । एउटा इसाईको हातमा बाइबल हुनेनै भयो । बाफ लिने मेशिन भारतीय नागरिक गौरव श्रीवास्ताव सासको बिरामी भएकोले त्यो उहाँकै साथमा हुन्छ । केही पुस्तकहरु थिए । त्यो दाङ जिल्ला इसाई समुदायले आफ्नो लागि मगाएको थियो । उहाँहरुले कसैलाई जवरजस्ती गर्नुभएको थिएन । बाटोमा बाइबल बाँड्दै हिड्नुभएको थिएन । धर्म प्रचार गर्दै हिड्नुभएको थिएन ।’
अध्यक्ष घर्तीले थप्नुभयो, यदि थुनामा रहेका भारतीय नागरिक सास सम्बन्धी विरामी हुनुहुन्छ, उहाँले बाफ लिने मेशिन प्रयोग गर्न नपाएर उहाँलाई कँही कतै केही भयो भने यसकोे जिम्मेवारी को रहने ? प्रहरी प्रशासन जस्तो नागरिकको सेवा गर्ने जिम्मेवारी निकायले एउटा नागरिकको आस्थामा खलल पु¥याउने गरी आरोप लगाएर विना प्रमाण पक्राउ गर्न नुहने भन्दै प्रहरी प्रशासनले चालेको यस्तो कदमदेखि इसाई समुदाय दुःखित भएको बताउनुभयो ।
नागरिक समाजका अध्यक्ष चन्द्रराज पन्तले पनि दाङ जिल्ला भरीका इसाई समुदाय अहिले सम्म सबै समुदायसँग मिलेर बसेको अवस्थामा पक्राउ परेको खबर सुन्नु असाध्यै नराम्रो र दाङ जिल्लाको नै बेइजती भएको बताउनु भयो ।
इसाई समुदायले आज जिल्ला प्रशासन कार्यालयमा निर्दोश व्यक्तिलाई रिहाई गरिदिन माग गर्दै ज्ञापन पत्र समेत बुजाएको छ । जानकारी रहोस्, पत्राउ परेकि अमेरिकी महिला सिनक्वान्टा एलिआनालाई हिजो साँभपख नै भिसा रद्य गरी आफ्नो देश पठाउँनको लागि अध्यागमन काठमाण्डौँमा पठाई सकेको छ र ड्राईभर नेपालगञ्जाका प्रमोद काफ्लेलाई हिजोनै छोडिदिएको थियो । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुजाई सक्दा सम्म प्रहरी कार्यालय दाङले बाँकी तीन जना विद्धरु मुद्धा दर्ता गरेर अदालतले ५ दिनको म्याद थप गरेको छ । आजको पत्रकार सम्मेलनको सहजीकरण इसाई समुदायका सचिव टोपबहादुर महताराले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...