विभिन्न अवरोधहरु बिचमा पनि आत्मिक जागृति तथा चगांई महोत्सव कार्यक्रम सम्पन्न ।

विभिन्न अवरोधहरु बिचमा पनि आत्मिक जागृति तथा चगांई महोत्सव कार्यक्रम सम्पन्न ।

मिति २०७५ चैत्र २८,२९ र ३० गते आयोजना गरिएको बृहत “आत्मिक जागृति तथा चगांई महोत्सव २०७५” चेला मण्डली बाफल, सातदोबाटो, ललितपुरमा सम्पन्न भएको छ । विभिन्न गैर ईशाई समुदायहरुले रोक्ने धम्कि र चेतावनी दिदैं आए पनि सोचे भन्दा भव्यताका साथ कार्यक्रम सफल भएको जानकारी छ । उक्त कार्यक्रम अर्थात महोत्सव शुरुमा योगेम्वर पार्टी भेन्यू सिंहदरबारमा गरिने बिज्ञापन सार्वजानिक गरिएको थियो । तर गैर ईशाई समुदायका केही अभियन्ताहरुले प्रशासनमै गएर कार्यक्रम रोक्न चोवनी दिएका थिए । यसर्थ कार्यक्रमको अघिल्लो दिन अर्थात चैत्र २७ गते विज्ञप्ति जारी गरी कार्यक्रम स्थल सारिएको थियो । महोत्सव स्थल सारिएकोमा संयोजक कमिटिका सदस्य सुशिल भट्टले दुःख व्यक्त गर्नु भयो ।
कार्यक्रमको पहिलो दिन अमेरिका बाट पाल्नु भएको वक्ता ….. ले जो म हुँ मै हँु अर्थात येशू ख्रिष्टनै सर्वस्व हुनुहुन्छ भन्ने सम्बन्धमा शक्तिशाली प्रवचन दिनु भएको थियो ।
दोस्रो दिन ललितपुर, सातदोबाटो परिसरका डि एस पि विश्व गौतम ज्युको पनि अतिथि उपस्थिती थियो । उहाँले सबै धर्म सम्प्रादायलाई कानुनले समान अधिकार प्रदान गरेको प्रस्ट्याउदै समाजमा हुने महिला हिंसा, भेदभाव, बाल अपहरण, कुलत, साईवर क्राइम आदिबाट पर्न सक्ने गलत प्रभाव र त्यसता गतिविधि बाट सचेत रहन साथै त्यस्ता क्रियाकलापमा नलाग्न र कसैलाई नलगाउन सल्लाह दिनुभयो । समाजलाई समृद्ध बनाउन सबैले प्रहरी सँग साझेदारीको भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । साथै ट्राफिक नियम सम्बन्धि पनि जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गायिका स्वर साम्रागी अञ्जु पन्तको जोडदार प्रस्तुती थियो । सु समचारीय गित सुन सुन न सु समचार , हाल्लेलुयाह होसन्ना मन भयो प्रशन्न लगायत चारवटा गित र आफ्नो जीवन गवाही प्रस्तुत गर्नुभएको थियो । कहिले भिडमा कहिले एक्लै बोलको गितमा सम्पुर्ण दर्शकहरु नाचिरहेका थिए । अन्तमा अमेरिकी वक्ता ….. ले चगांई सम्बन्धि प्रवचन दिनुभएको थियो ।
महोत्सवको अन्तिम दिन अर्थात तेस्रो दिनमा  नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सि बि गहतराजको पनि उपस्थिती थियो । मन्तव्यको क्रममा उहाँले कार्यक्रमलाई सार्नुको विडम्बना दर्शाउदै अब नेपालमा सबै ईशाईहरु एक हुने समय आएको छ, यो परमेश्वरको महान योजना हो यस कार्यमा राष्ट्रका सम्पुर्ण विश्वाशीहरुले हृदय देखी प्रार्थाना गर्न र अग्रज अगुवाहरुले एक भएर सामना गर्न आग्रह व्यक्त गर्नुभएको थियो ।
समग्रमा कार्यक्रम स्थल  सारिए पनि सोचेको भन्दा भव्य सफल भएको र यो परमेश्वर कै इच्छाले भएको हो भन्ने कुराको जानकारी संयोजक कमिटिका स्वयंमसेवक अगुवा पा. रुपेश जी ले दिनुभयो  ।
कतिपय अवस्थामा परमेश्वरले आफ्ना जनहरुको फइदा र भलाईको लागी शत्रुहरुलाई पनि प्रयोग गर्नुहुन्छ भन्ने भनाई यस चंगाई महोत्सवबाट प्रष्ट भएको छ ।
कार्यक्रमा रेर्कड गरिएका सम्पुर्ण भिडियोहरु यस मेरोगड यूट्यूब च्यालमा प्लेलिष्ट राखिएको छ । सुनेर हेरेर आषिशित हुनुहोस । धन्यबाद । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...