के छ स्थिती झुटा आरोपमा पक्राउ परेका महासचिव डिल्लिराम को
के छ स्थिती झुटा आरोपमा पक्राउ परेका महासचिव डिल्लिराम को
मिति २०७६ बैशाख १० गते दाङको घोराहीमा धर्म प्रचारको झुठा आरोपमा पक्राउ परेका राष्ट्रिय ख्रीष्टियन समाजका महा सचिव डिल्लिराम पौडेलले उहाँहरु माथि लागेको आरोप मिथ्या भएको र सो विषयमा भएका गतिविधिहरु, पिडक, सुचनाकर्ता अर्थात घटना सँग सम्बन्धित सबैलाई क्षमा दिन्छौ भन्ने कुरा प्रष्ट्याउनु भयो ।
पक्राउ परेकाहरूले सेवन गर्दै आएको औषधी सेवन गर्न नपाएको र अरू व्यक्तिहरूलाई भेटेर अवस्था बुझ्न नदिएको गुनासो आएपछि उहाँहरुको स्थिती बारे जानकारी लिन राजधानीबाट हाम्रा मिडिया कर्मी रामहरी थापा र दिनेश श्रेष्ठ हिरासत अवस्था मै आज दाङ पुग्नुभएको छ । साथै राष्ट्रिय मानव अधिकार आयोग, तराई मानव अधिकार संरक्षक सञ्जाल थर्ड एलायन्स र पत्रकारहरुको संयुक्त टोली घोराहीमा पुगेर प्रहरी उपरिक्षक र प्रहरीको नियन्त्रणमा रहेका तीनजनासँग छुट्टाछुट्टै भेट गरी जानकारी लिएका छन्।
स्रोतका अनुसार अदालतमा आज थुनछेक सम्बन्धि बहस भएको र म्याद थप गरि सो बहसलाई भोलिसम्ममा टुङग्याउने जानकारी छ । अदालतमा मुद्धा दर्ता भईसकेकोले सायद भोलि सम्मा तरिखका छुटन सक्ने जानकारी छ ।
परिस्थितीलाई नजर अन्दाज गर्दै ईशाईहरु एक जुट हुनु पर्ने र यो घटनाले कोही पनि डराउनु नपर्ने साहसिक तर्कमहा सचिव डिल्लिराम ले ब्यक्त गर्नुभयो ।