एक दिने आत्मिक Re-Charge Leadership Seminar-Nepal 2019 सम्पन्न भएको छ |

२०७६ जेष्ठ १० गते, काठमाण्डौं,
मिति २०७६ जेष्ठ १० गते  (24 May 2019) Gospel For Nepal  र Heaven TV Nepal को आयोजनामा क्वालिटी फुडल्यान्ड क्याफे, नख्खु, ललितपुरमा १ दिने आत्मिक नविकरण सम्बन्धि Re-Charge Leadership Seminar-Nepal 2019 सम्पन्न भएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँहरु बाट 200 बढी पाष्टर तथा अगुवाहरुको उपस्थिती थियो ।
उक्त कार्यक्रममा पाष्टर लाजरस पन्तले स्वागत मन्तव्य दिनु भएको थियो भने प्रथम सेसनमा पा. लाजरस थुलुङले आत्मिक रि–चार्ज सम्बन्धमा जीवनमा आउने डरलाग्दा असफलताको परिस्थितीहरुमा सेवकाई गर्ने अगुवाहरुले के गर्ने र कसरी कठिनाईहरुबाट भएर जान सकिन्छ भन्ने विषयमा बोल्नु भएको थियो । दोस्रो सेसनमा नेपाल ख्रीष्टियन समाजका महा सचिव डिल्लिराम पौडेलले सेवाकाई हस्तान्तरण सम्बन्धमा छोटो मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी तेस्रो सेसनमा पा. राजु सुन्दास ले आत्मिक जीवनमा रि–चार्ज  कसरी हुने र रि–चार्ज हुनबाट रोक्ने तत्वहरु प्रष्ट्याउदै यस्ता रोकावट बाट बच्ने तरिकाहरु बारे बोल्नु भएको थियो ।
कार्यक्रममा नेपालको लागी मिसनरी GFN Founder- Rev. P. Mathew  ले Gospel For Nepal को बारेमा र मिशन भिजन को बारेमा बताउनु भएको थियो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...