दाङमा पक्राउ परेका महासचिव डिल्लिराम सहित सबै जना बिना शर्त रिहाई

दाङको घोराहीमा धर्म प्रचारको झुठो आरोपमा पक्राउ परेका नेपाल  ख्रीष्टियन समाजका महासचिव डिल्लिराम पौडेल सहित थुनामा रहेका तिनै जनालाई आज २०७६ बैशाख १६ गते दाङको जिल्ला अदालतले सामान्य तारिकमा रिहाई गरेको छ । 
२०७६ बैशाख १० गते होटल डोकोमा बसिरहेको बेलामा जिल्ला प्रहरी कार्यलयका एस.पी. बेल बहादुर पाण्डे स्वयं को पहलमा नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लिराम पौडेल, अमेरिकन नागरिक ओलेइना सिन्क्वान्टा, भातीय नागरिक गौरब श्रीवास्तव, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगंजका प्रमोद काफ्ले लाई गरी पाँच जनालाई गिरफ्तार गरिएको थियो । सोही दिन अमेरिकन नागरिक ओलेइना सिन्क्वान्टालाई रिहा गरी काठमाडौं पठएको  र चालक प्रमोद काफ्लेलाई पनि रिहा गरिएको थियो । 
उहाँहरुको साथबाट अपराधी झैं  ब्यवहार गरी साथमा भएको बाईबल, ल्यापटप, पेनड्राईभ, गाडी आदि सामानहरु बरामद गरिएको थियो । सबै सामान निवेदन पेश गरी लान सक्ने अदालतले अनुमति दिएको छ । आदालतमा बहस एकदमै रोचक भएको र पिडितको पक्षबाट पक्राउ गर्नुपर्ने कुनै कारण नभएकोले सामान्य तारिकमा रिहा गरिएको जानकारी छ । 
अदालतले गरेको यो निर्णयले नेपाल अब पुर्णरुपमा धर्म निरपेक्षताको पक्षमा रहेको गतिलो उदाहरण बनेको छ । अतिबादी ढंगले धर्मको नाममा दन्द्ध सृजना गर्न खोज्नेहरुलाई यो निर्णयले उचित जवाफ दिएको छ । ईशाईहरुको विरुद्ध खनिएका मिडियाकर्मीहरु जसले एउटा ईशाईलाई आफ्नो आस्थाको शास्त्र बोक्ने अधिकारलाई गैरकानुनी दृष्टिले हेर्ने प्रवृतिमा अब त स्वतन्त्रताको घाम लाग्नु पर्ने हो । ब्यक्तिको स्वतन्त्रतामाथि हावि हुँदै बेला बेलामा आफ्नो पेज र यु टयूवको भ्यु बढाउने लालच र ईशाई प्रति हेरिने अनावश्यक वितृष्णाले मिडियाहरुमा स्थान पाइरहेको छ । जसको कारण ईशाईहरुले निस्वार्थ भावनाका साथ गरिने धरै कामहरुमा पाउनु पर्ने सम्मान बाट ओझेल परिरहेको छ । आशा गरौ अबका दिनका यस्ता कमजोरीहरुको समना गर्नु नपरेको होस । समृदीको कल्पना गरौ । सबै मिली बिकासका काम गरौ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...