डिल्लिराम पौडेल–हँसाउदै पोख्नु भो कस्टडीमा ६ दिनका तिता मिठा अनुभव शब्दमा

मिति २०७६ बैशाख १० गते दाङ घोराही स्थित डोको होटेल बाट धर्म प्रचार गरेको झुठा आरोपमा पक्राउ परेका राष्ट्रिय ख्रीष्टियन समाजका महा सचिव डिल्लिराम पौडेल सहित हिरासतमा रहेका तिनै जनालाई दाङको अदालतले २०७६  बैशाख १६ गते लगभग ६ दिनको थुनुवाई पछि विना शर्त रिहाई गरे पछि आज (२०७६ बैशाख १७ गते) ललितपुर पाटन क्वाईनोनिया चर्चमा संयुक्त धन्यवाद प्रार्थाना भएको छ ।

मन्तव्यको क्रममा पा. डिल्लिराम पौडेल ले प्रहरी कस्टडीमा बिताएका तिता मिठा अनुभवहरुको व्यख्या गर्नुभएको थियो । प्रशासनमा राम्रा नराम्रा दुवै थरीका मानिस हँुदारहेछन । हाँस्दै भन्नुभयो । उहाँले व्यक्त गर्नुभएको सबै कुराहरु यस भिडियोमा उल्लेख छन ।

यसै गरी समाजका अध्यक्ष पाष्टर वर्णवास श्रेष्ठ ले पनि यस बिपदको अवस्था विभिन्न परिस्थितीमा विभिन्न तवरले प्रार्थाना, आर्थिक, भेटघाट, प्रचार प्रसार, आदि सबैले आ–आफ्नो ठाउँ बाट सहयोग गर्नुहुने सबैलाई धन्यबाद व्यक्त गर्नुभयो । साथै यो घटनाले ईशाईहरु जति संगठनमा विभाजन भए पनि परेको बेला एक हुन्छन र एकता भनेको यही हो भन्ने यर्थात प्रष्ट भएको बताउनु भयो । र यो घटनाले सरकार र ईशाई विरोधीहरुको लागी बाइबाल बोक्नु अपराध हैन भन्ने कुरा न्यायलयको उचित न्यायले पनि प्रमाणित गरि एउटा नयाँ उदाहरण सृजना गरेको बताउनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हँुदै पा. वर्णवास श्रेष्ठ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...