कमल थापा र सरकारले धर्मयुद्ध चाहेकै हो त ?

कमल थापा सरकारले धर्मयुद्ध चाहेकै हो ?

आकाश मगर 



यति सजिलै नेपालीले देशमा गणतन्त्र पाएको होइन, धर्मनिरपेक्ष, समानुपातिक समाबेशिता, संघीयता यो स्थापित गर्न नेपाल देशले दश बर्ष सम्म तितोपनको सामना गर्नु पर्यो दश बर्षे जनयुद्धले असमानताको पहाडहरुलाई सम्याउने काम गर्यो राजनीति अस्थिरताको अन्त्य होला देशले शान्तिको बाटोमा समृद्धिका फसलहरु फलाउलान, अब जनताहरु शासन सत्तामा बसेर आफुलाई जनताको सेवक ठान्नेहरु पनि बिधिको शासनमा चल्लान जनताको प्रतिनिधिहरुले बनाएका संबिधानको पालना सबैले गर्लान् भन्ने जनताको सपना दुई तिहाईको दम्भमा बनिएको सरकारले अधुरो बनाई दिएकोछ पछिल्लो समय बिश्वका केहि देशमा अतिबादी समुहले आतङ्कवादी हर्कत गरेर विश्व शान्तिलाई चुनौति दिइरहेको बेला, नेपाल सरकार देशका केहि यथास्थितिबादी, निरङ्कुश मानसिकता भएका अनि गणतन्त्रको रासन खाएर एकल जाति राजाको सेवा गर्ने त्यस्ता राजनीति दलालहरुले नेपालमा पनि धार्मिक तथा जातीय युद्ध गराउन खोजि रहेका छन्  

देशको संबिधान मान्छु भन्दै त्यहि संबिधानमा रहेर धेरै पटक संघीय गणतन्त्र नेपालको उपप्रधानमन्त्री बनेका कमल थापाको पार्टी राप्रपा नेपालले संबिधान बिपरित जबरजस्ती अन्य धर्मालम्बीहरुलाई अपमान गर्दै राजमार्गहरु बन्द गरेर हिन्दु धर्मको प्रचार गर्दै ख्रिष्टियनहरुमाथि धावा बोल्दा संबिधानको बिपरित नहुने तर नेपाली ख्रिष्टियनहरुले बिद्यालयको शैक्षिक सामग्री बाड्दा, धर्म प्रचार गर्यो भन्दै झुटा आरोप लगाएर मुद्दा चलाउने जेल हाल्ने साथै भर्खरै मात्र दाङमा होटलमा बसिरहेका ख्रिष्टियनहरुलाई जबरजस्ती आरोप लगाएर कैद हाल्नुले अवश्य पनि अल्पसंख्यक धार्मिक समुदायको आस्थामाथि प्रहार गरि सरकार प्रहरी प्रशासन देशको कानुनको गलत प्रयोग हुनु साथै अन्तर्राष्ट्रिय मानब अधिकारको हनन गरेको  

हामीले इतिहास हेर्यौँ त्यो दमनलाई भुलिदियाँै, फेरि बिभिन्न झुटा आरोपमा ख्रिष्टियन माथि दमन भयो हामीले सह्यौँ तर अझै प्रहरी दमनको कमि हामीले महशुस गर्न पाएनौँ प्रहरीकै कारण दश बर्षे जनयुद्धको शुरुवात भएको एक नयाँ चोटलाई बिर्सन नपाउदै फेरी केहि त्यस्ता अराजकता चाहाने, यथास्थितीबादीको कारण देश धर्म युद्धतिर होमिने होइन भन्ने लागिररहेको जनताको रक्षा गर्छु भन्दै शपथ खाएर जनतालाई झुटा आरोपमा फसाउने त्यस्ता ब्यक्तिलाई सरकारले कार्बाही गर्नु पर्दछ यदि देशले धर्मयुद्धको चपेटा भाग्नु पर्यो भने यसको जिम्मा नेपाल सरकारले नै लिनु पर्छ

प्रहरी प्रशासनको सरकारको दमन बिभेद सहनै नसक्ने भयो, आस्थामा बाच्नेहरुले अब जेल जानु परेको धर्मकै नाममा शहरभरी लिङग देखाएर बस्त्रहिन हिड्ने जोगीको सुरक्षा गर्ने तिमी सरकार, धर्मकै नाममा अरुलाई आतङ्कीत बनाउँदा केहि नबोल्ने तिमी सरकार, कम्युनिष्ट भएर यज्ञमहायज्ञको नाममा करोडौ सक्ने सरकार कतै दक्षिणपन्थिको प्रभाबले आफ्नो जनता माथि बिभेद गरिरहेको छैन ? अब पनि बल शक्तिको भरमा अल्पसंख्यक समदायुमाथि अत्यचार दमन अब कुनै पनि हालतमा सह्य हुनुहुदैन संबिधानलेनै ग्यारेण्टी गरेको अधिकारबाट जनतालाई पन्छाउन खोज्ने त्यस्ता ब्यक्ति मानसिक सन्तुलन गुमाएका ब्यक्ति हो त्यस्ता ब्यक्तिको उपचार समयमै भए मात्र समाजमा उसको नकरात्मक प्रभाब कम हुन्छ ख्रिष्टियनहरुले आफ्नो अधिकारको लागि कमल थापाले झैँ राजमार्ग बन्द गरेर आन्दोलन नगर्नु यो ख्रिष्टियनहरुको कमजोरी होइन, नत प्रहरीसँग ढुङ्गा हानाहान नगर्नु हाम्रो कमजोरी हो, बरु यो देश जनताको निम्ती हाम्रो माया हो श्रदा सम्मान हो हामी देश बनाउन सरकारलाई मद्दत गर्न चाहान्छौँ, शान्ति स्थाइत्व गर्न प्रहरीलाई सहयोग गर्न चाहान्छौँ तर हामीलाई हेर्ने सरकारको चस्मा बनाउन जरुरी ख्रिष्टियनहरुले धर्म प्रचार गरेर वास्तबमा कुनै अपराध गरे जस्तो मलाई लाग्दैन, उसले चोर्न सिकाको छैन, हत्या गर्न सिकाको छैन, बलत्कार गर्न, बेश्यागमन गर्न, सुन तस्कर गर्न, कर छलि गर्न, आन्दोलन गर्न, हतियार चलाउन, लागुऔषध सेवन गर्न, भ्रष्टचार गर्न, सरकारी जग्गा हडप्न, बलत्कारीको प्रमाण मेटाउन, मातेर हिड्न, देशको गोप्य शुचना चुहावट गर्न जस्ता कुरा सिकाएका छैनौँ पनि ख्रिष्टियन माथि दमन अत्यचार बढ्नु यो दुभाग्य हो शत्रुलाई प्रेम गर भन्नु, सबैको भलाइ गर, सराप्नेलाइ आशिर्बाद देउ सत्यको अनुसरण गर भन्नु त्यहि गर्नु हाम्रो धर्म हो देशको प्रशासनले जातीय तथा धार्मिक बिभेद गरेर, नेपालको राष्ट्रियताको धज्जि उडाएको , बहुजाति, भाषा, धर्म, सँस्कृति बिशाल भन्ने राष्ट्रिय गानको हरफ पुर्णरुपमा लागु भएको हामी हेर्न चाहान्छौँ सरकारको दमन ज्यादती धेरै भयो यसले अवश्य पनि नितान्तामा परिणाम नराम्रो ल्याउँछ त्यसको सामना नेपाल सरकारले के गर्न सक्छ ? यदि ख्रिष्टियन पनि यो देशको नागरिक हुन भन्ने लाग्छ भने, सरकारले समान ब्यावहार गरुन हैन भने ३० लाख ख्रिष्टियनलाई सरकारले भन्न सक्नु पर्छ कि तिमीहरु यो देशको नागरिक होइन भनेर, नत्र भने धार्मिक सद्भाब भड्काउने कमल थापा कानुनको गलत प्रयोग गर्ने त्यस्ता मानसिक सन्तुलन बिग्रेका केहि प्रहरीहरुलाई नेपाल सरकारले प्रहरी प्रशासनले बिभागीय कार्बाही गर्नु पर्छ यहाँ न्यायलयलाई हाम्रो प्रश्न , आफैलाइ गोली हान्न लगाई ख्रिष्टियन माथि आरोप लगाएर धार्मिक युद्ध गराउन खोज्ने श्रिनिवास आचार्य छुटाइनु ठिक थियो ? के धर्मनिरपेक्ष देशमा आफ्नो आस्था अनुसारको धर्मशास्त्र बोक्नु अपराध हो ? लाखौँ हिन्दु धर्मलम्बीहरु भारतबाट पशुपति, मनकामना बिभिन्न धार्मिक स्थलमा आराधना गर्न आउँदा अपराध हुदैन भने एक अमेरिकाको नागरिक नेपालको चर्चमा आउँदा अपराधीलाई झै ब्यावहार गर्ने यो कस्तो खालको मानसिकता हो ? उसो भए भारतको प्रधानमन्त्री मोदि जानकी मन्दिर जाँदा, पशुपति जाँदा, मुक्तीनाथमा अबैध तरिकाले हप्ता दिन बस्दा किन गिरफ्तार गरिएन ? सरकारले त्यस्ता खालको कानुनी राज्यको बर्खिलाप गर्ने प्रहरीलाई कानुनी कार्बाहि गर्नु पर्दछ

अब ख्रिष्टियनरु जुर्मुराउने बेला भएको अन्याय धेरै भयो शौतेनी ब्यावहार धेरै भयो, सहनु पनि ईतिहास देखि आज सम्म धेरै सह्यौँ यसैले अब अन्यायको पर्खाल हाम्रै पालामा ढाल्नु पर्छ, हाम्रो मौनताको गलत फाइदा उठाउने यथास्थितिबादी तानाशाहीहरुको सिंहासनमा आगो लाउनै पर्छ हामीले शुरक्षाको आशा राखेको सरकारले कतै हामीलाई सुइरोको ओछ्यानमा सुताउन खोजेको हामीले महशुस गरेका छौँ यदि आजै यो खालको दमन बिभेद पुर्ण ब्यावहारको बिरोध आज गरेनौँ भने , हाम्रो आउने पुस्ताले दासत्वको जुवा आफ्नै देशमा बोक्नु पर्छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन, अब हामीले सडक संघर्ष, बैचारिक संघर्षको थालनी गर्नु पर्दछ हाम्रै देशको न्यायलयले यदि हामीलाई न्याय दिन सक्दैन भने, सरकार, त्यस्ता खालको राजनितिक दल ब्यक्तिको बिरुद्द अन्तर्राष्ट्रिय अदालतमा न्याय माग्नु पर्दछ सरकारले अल्पसंख्यक धार्मिक समुदाय माथि धरपकड गरेर अन्तर्राष्ट्रिय स्तरमा आफुलाई बदनाम गरेको गत मँगलबार चर्च भित्रको कार्यक्रम सकेर होटलमा सूत्न गएका नेपाल ख्रिष्टियन समाजका महासचिब डिल्लिराम पौडेललाइ अन्य जनालाइ नेपाल प्रहरीले दादागिरि शैलीमा पक्राउ गरि झुटा मुद्दा लगाएर जेल हाल्न खोज्नुभनेको सिंगो संघीय गणतन्त्रलाइ धर्मनिरपेक्षलाई जेल हाल्नु हो त्यसो हो भने के धर्म प्रचारको अभियागमा मन्दिर भित्र पुजा गरिरहेको पुजाहारीलाई समाउन मिल्छ ? दिनडाहडै छोरीचेली बलत्कार भै हत्या हुदा हत्यारा समाउन नसक्ने,अन्तर्राष्ट्रिय बिमानस्थलबाट क्वीन्टलका क्विनटल अबैध सुन भित्रिदा तस्कर समाउन नसक्ने, तर सोझा ख्रिष्टियन माथि गरेको सरकार प्रहरीको ज्यादतिले कसलाइ बाहादुरी बनायो कसलाइ कमजोर बनायो अनि खुसि नेपालि शमृद नेपालको अभियान के भयो सरकारले ध्यान पुर्याउन जरुरि , हैन भने सिरिया, इराक, नाईजेरीया, बर्मा, श्रृलङ्का जस्ता देशमा घटेका धार्मिक युद्धको मार सम्प्रदायिक दँगा भयो भने सरकार नै जनताको सामु अन्र्तराष्टिय क्षेत्रमा जवाफ देहिता हुनु पर्छ सरकारले प्रहरी प्रशासनले यो बुझ्न जरुरीछ कि हामि लडाइ झगडा होइन मिलाप शान्ति चाहान्छौँ

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...