रामघाट मण्डली कसरी शूरु भयो ?

सन् १९४० नेपाल ईभान्जेलिष्टिक बैण्डको निर्माण भएको थियो । यसको पहिलो नियम तयार गरी भारतको लखनउमा दर्ता गरिएको थियो। यसको दर्शनः परमेश्वरको राज्य नेपालीहरुको बीचमा स्थापना गर्नु थियो। नेपाल ईभान्जेलिष्टिक बैण्ड (NEB) ले यही दर्शन बोकी ती कार्यहरु नौतनवामा बस्दै नौतनवामा आएका नेपालीहरुको बीचमा काम गर्दै थियो। उहाँहरुले दिनह नेपाल देश र नेपालीहरुको निम्ति प्रार्थना गर्थे । वि.स. २००७ साल फागुन ७ गते सन् १९५१ फेब्ररी १८ तारिख नेपालमा प्रजातन्त्र आयो ।
डा. ओ. हेन्लन (ठूली डाक्टर) एकदिन एउटा मिटिङमा “अब हामी नेपाल भित्र प्रवेशगरी परमेश्वरको मण्डली स्थापना गर्ने कामतिर अगि बढनुपर्छ।” भन्नुहुदै थियो । त्यही बेला बुद्धिसागर गौतमले प्राकृतिक सौन्र्दयले भरिपूर्ण पोखरा ब्यापारिक केन्द्र समेत रहेको सबैलाई बताउनुभयो । रामघाट स्थित आफ्नो जग्गामा एउटा डिस्पेन्सरी खोली मानिसहरुको शारीरिक उपचार गर्ने र सोही माध्यमबाट परमेश्वरको सुसमाचारको प्रचार गर्न सकिने कुरा सबैको अगाडि स्पष्ट राख्नुभयो । यो विचार त्यहा“ हुनुभएका सबै सदस्यहरुलाई राम्रो लाग्यो। बिदेशी मिशेनरीहरुलाई पनि यो कुरालाई विचार गर्न, प्रार्थना गर्न अरु नेपाली सदस्यहरुले पनि अनुरोध गर्नुभयो। नेपालमा प्रजातन्त्र आएपछि सन् १९५१ को जुन महिनामा नेपालमा प्रारम्भिक काम गर्न र पोखराको परिस्थितिहरु बुझ्नको निम्ति पहिलो पैदल यात्रा गर्दै दाउद मसिही, गोमन सिंह, बुद्धिसागर गौतम, पुतली गौतम र मग्दलिनीहरु पोखरामा आउनु भयो । उहाँहरु रामघाट स्थित बुद्धिसागर गौतमको घरमा संगति गर्नुभयो । सन् १९५२ फरवरी महिनामा ल्भ्द्य को मिशनको निम्ति डा. ओ हेन्लेन र हिल्डा स्टिल बुद्धिसागर गौतमसंग रक्सौलको बाटो हुदै काठमाण्डौ जानुभयो । उहाँहरु पोखरामा अस्पताल शुरुगर्न अनुमती माग्न काठमाण्डौमा जानुभएको थियो । राजाको व्यक्तिगत डकोटा हवाई जहाज काठमाण्डौबाट पोखरा आउँदै थियो । ब्रिट्रिस राजदूतको सहयोगमा उहाँहरु राजाको जहाज चडेर पोखरा आउने मौका पाउनु भएको थियो ।
डा. ओ. हेन्लनले सुन्दर पोखरा पहिलो पल्ट देखेपछि पहिला आफूलाई भएको प्रतिज्ञा व्यवस्था ११ः११ “ तिमीहरु अधिकार गर्ने यर्दन पारी गइरहेको देशचाहि डाँडा र बेशीहरुको देश हो, जहाँ आकाशको पानीले जमीन भिजाउँछ ” यो पदलाई सम्झनु भयो । परमेश्वरले प्रतिज्ञा गर्नुभएको ठाउँ यही नै हो भन्ने निश्चय गरी अब पोखरामा नै आउने मन बनाइ नौतनवामा फर्किनु भयो । अब नेपाल ईभान्जेलिष्टिक बैण्डले पोखरामा काम गर्ने निश्चय भएपछि सन् १९५२ को अप्रेल महिनामा बुद्धिसागर गौतम आफ्नो परिवारसंग पोखरा रामघाटमा बसोबास गर्न फर्किनुभयो । उहा“हरुसंग नोवा र मग्दलिनी पनि साथमा आउनु भएको थियो । नेपाल ईभान्जेलिष्टिक बैण्डको सदस्यहरु सन् १९५२ नोभम्बर १० तारिख वि.स. २००९ कार्तिक २५ गते नेपालीहरु ५ जना र बिदेशी मिशेनरीहरु ६ जना गरी जम्मा ११ जनाको समूह पोखरा जानको निम्ति तयार भयो । उहा“हरु नौतनवा देखि ब्रिटिस गोर्खा सेनाको ट्रकमा यात्रागरी वटौलीसम्म आउनुभयो। त्यो समय नौतनवा देखि (वुटवल) वटौलीसम्मको बाटो राम्रो थिएन । वुटवल धेरै टाढा नभएपनि बाटोले गर्दा गाडीको यात्रा झन्डै ४÷५ घण्टा जस्तो लाग्थ्यो । त्यसदिन उहाँहरु वटौलीमा बास बस्नुभयो । भोलि बिहानै उठेर १९ जना भरिया खोजी भारी मिलाएर वटौलीबाट पोखराको निम्ति यात्रा शुरु गर्नुभयो ।
प्रकृतिको सुन्दर दृश्यहरु हेर्दै उकालीहरु चढ्दै, ओरालीहरु झर्दै, भञ्याङ चौतारीहरुमा थकाई मार्दै हिँड्नु भएको थियो । उहाँहरु ९ दिनपछि प्राकृतिक छटाले भरिएको अति सुन्दर नगरी पोखरामा १९ जना भरिया सहित सन् १९५२ नोभेम्बर १८ तारिख वि.स. २००९ मंसिर ३ गते पुग्नु भयो । पोखरामा पर्खी बस्नु भएको बुद्धिसागर गौतमका परिवारले उहा“हरुलाई स्वागत गर्नुभयो। त्यस समय सबै मिलेर परमेश्वरलाई पहिला धन्यवाद दिनुभयो । त्यसबेला पोखरामा भाडामा बस्नको लागी घरहरु पाइदैनथ्यो। उहा“हरुले ३ दिनसम्म लगातार घर खोज्नुभयो तर कहीँ पाउनु भएन । अन्तमा बाँझापाटन कु“डहर स्थित एउटा सेतो दुई तल्ले घरमा केही समय बिताउने अनुमति पाउनुभयो । उहा“हरु केही दिन त्यस घरमा बस्नुभएको थियो ।
पोखरामा भाडामा घर नपाएपछि बुद्धिसागर गौतमले आफ्नो जग्गामा अस्थायी बसोबास भएपनि मिलाउनको लागि बा“स, भकारी र खरले बारेर लामो ३ वटा अस्थाई टहरो बनाउनुभयो । तीनवटा बनाएको टहरो मध्ये एउटा टहरोमा डिस्पेन्सरी राख्यो । अर्को टहरो उहा“हरु बस्नु भयो । तेस्रो टहरोमा उहा“हरुले खाना खानको निम्ति प्रयोग गर्नुभयो । त्यहाँ बस्नुहुँदा रातीमा संगति गर्नु हुन्थ्यो । संगति खाना खान बनाएको टहरोमा नै गर्नु हुन्थ्यो । पाष्टर डेविड मुखियाको अनुपस्थितिमा पहिला बिदेशी मिशेनरीहरु र नेपालीमा स्व. याकूब थापाले आराधना सेवा र प्रार्थना सभाहरु रामघाटमा र पछि माथि साइनिङ कम्पाउण्डमा मिलेर सञ्चालन गर्नुभएको थियो। सन् १९५३ मा पाष्टर डेविड मुखिया पोखरा आउनु भएपछि मण्डलीको संगतिहरु उहाँले चलाउनु भयो। त्यस समयमा साइनिङ अस्पताल र मण्डली एउटै जस्तो देखिन्थ्यो। यसले गर्दा कुनैपनि समयमा साइनिङ अस्पताललाई अपथ्यारो पर्न सक्थ्यो । सरकारले दिएको अनुमतिमा ल्भ्द्य लाई कुनै बाधा नहोस, र मण्डलीको पनि विकास हुन सकोस् भनेर मण्डलीलाई ल्भ्द्य बाट अलग राखेर पोखरामा स्वतन्त्र रुपमा मण्डली चलाउन चाहनु भयो । यसको निम्ति पाष्टर डेविड र प्रेमी गुरुआमा जुट्नु भयो ।
सन् १९५४ मा पोखरामा स्वतन्त्र रुपमा मण्डली स्थापना गर्नको निम्ति बुद्धिसागर गौतमले रामघाटमा भएको आफ्नो जग्गा दिनुभयो । उहाँले दिनुभएको जग्गामा मण्डलीको टहरो नभएपनि खुल्ला आकाश मुनि बा“सको छाहारीमा पोखरा मण्डलीको रुपमा सेवा शुरु गर्नुभयो । सन् १९५५ मा बा“सको टहरो बनाएर चित्राको छानो हाली पोखरामा पोखरा मण्डलीको पहिलो भवनमा बन्नसक्यो। सन् १९५५ मे महिनामा पोखरामा पहिलो पल्ट पाष्टर डेविड गुरुबाको छोरी फुलमनी (सुबु) र छोरा प्रभुदान गुरुङ गरी २ जनाको बप्तिस्मा भयो । त्यसपछि सन् १९५६ जुलाई महिनामा नोवाको छोरा कान्छाको पनि बप्तिस्मा भयो । त्यही बर्ष ८ नोभम्बर १९५६ मा एकैचोटी १२ जना व्यक्तिहरुको बप्तिस्मा भयो । सन् १९५७ मा पनि ४ जनाको बप्तिस्मा भयो । प्रभुको राज्यमा आत्माहरु यसरी थपिदै बृद्धि र विकास हुँदै गयोे । पवित्र धर्मशास्त्र बाइबलको शिक्षा राम्रोगरी बुझ्न, सिक्नु सकून भनी सन् १९५९ जनवरी महिना देखि पोखरामा पहिलो पल्ट वर्षको एकपल्ट हुनेगरी १ महिने बाइबल स्कूल पनि शुरु गरेको थियो ।
नेपालमा सतावट सुरू भयो । विश्वासी र अगुवाहरु पक्रेर जेल पर्ने थाले । पाष्टर डेविड मुखिया पनि पक्राउमा पर्ने सम्भावना भयो । उहाँको उमेरले गर्दा पक्राउ परेर जेलमा बस्नुप¥यो भने गाहे हुनसक्छ भन्ने मण्डलीले ठहर ग¥यो । बरु केही समय नेपाल छोडेर नौतनवामा जाने सल्लाह मण्डलीले दिनुभयो । मण्डलीको सल्लाह अनुसार उहाँ सन् १९६१ मा नौतनवामा जानुभयो । उहाँको स्थानमा सहायता गर्न दाउद मसिही आउनु भयो ।
सन् १९६१—१९६४ सम्म मण्डलीको पाष्टर दाउद मसिही हुनुभयो । उहाँलाई सहायता पुराउन एउटा समिति थियो । समितिको सहायतामा उहाँले मण्डली संचालन गर्नुभयो । उहाँले सन् १९६४ मा पाष्टर कार्य छोड्नुभयो । पाष्टर कार्य गर्न देबुसिंह दाहाललाई जिम्मा दिइयो । उहाँले सन् १९६४—१९७० सम्म मण्डली सञ्चालन गर्नुभयो । उहाँलाई सहायता गर्न एउटा समिति थियो ।
त्यस समयमा उहाँले धेरै सतावट सहनु प¥यो । उहाँकै समयमा पहिलो पल्ट मण्डली विभाजन हुन पुग्यो। पोखरामा अब दुईवटा मण्डली भयो । एउटा रामघाटमा अर्को बागबजारमा भयो । रामघाटमा भएको मण्डलीलाई रामघाट मण्डली र बागबजारमा भएको मण्डली बागबजार मण्डली भनेर चिनिन्दै गयो । उहाँले सन् १९७० मा उहाँले पाष्टरीय कार्य छोड्नु भयो । पाष्टर डेविड मुखियाले पाष्टरीय कार्य पुनः सम्हाल्नु भयो । उहाँ धेरै वृद्ध हुनुभएको कारण मण्डली सञ्चालन समितिबाट भएको थियो । पाष्टरीय कार्य विधिहरु प्रभुभोज, आशिषको प्रार्थना पाष्टर डेविड मुखियाले गर्नुहुन्थ्यो । रामघाट मण्डली समिति द्धारा सन् १९७०—१९७७ सम्म सञ्चालन भयो । समिति द्धारा मण्डली सञ्चालन गर्नु ठीक होइन । बाइबलमा ब्यवस्था गरे अनुसार मण्डली सञ्चालन गर्नुपर्छ भन्ने भयो । सन् १९७७ देखि रामघाट मण्डली सञ्चालन नयाँ करार अनुसार एल्डरहरु र डिकनहरु मिलेर बहु नेतृत्वको आधारमा मण्डली सञ्चालन भयो । रामघाट मण्डलीले एकल नेतृत्व, पाष्टरीय प्रर्था र समितिको नेतृत्वलाई छोडी बहु नेतृत्व द्धारा मण्डली सञ्चालन हालसम्म पनि गर्दै आएको छ ।

पोखराका प्रमोद मुल्मी – दर्जनौं नेपाली इसाई चलचित्रका निर्देशक, साहित्यकार र रामघाट मण्डलीका सेवक हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...