नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा– राष्ट्रिय मण्डली संगति नेपाल र नेपाल ख्रीष्टियन समाज बिच ऐतिहसिक १० बुँदे सहमति ।

नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा– राष्ट्रिय मण्डली संगति नेपाल र नेपाल ख्रीष्टियन समाज बिच ऐतिहसिक १० बुँदे सहमति ।
मितिः २०७६ जेठ ७ गते, काठमाण्डौँ । 
मिति २०७६ जेष्ठ ७ गते मंगलबारबाट नेपालि ईशाई मण्डलि ज्ञानेश्वर, काठमाडौंमा नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभामा सुरु भएको छ । उक्त महासभामा नेपाली ख्रीष्टियन समुदायलाई प्रतिनिधित्व गर्ने दुई संस्थाहरूबीच १० बुँदे सहमति भएको छ । राष्ट्रिय मण्डली संगति नेपाल र नेपाल ख्रीष्टियन समाजले एक अर्काको अस्तित्व स्वीकार गर्दै समुदायको हितमा अघि बढ्ने सहमति गरेका हुन् । यी दुई संस्थाबिच भएको १० बुँदे सहमतिलाई ऐतिहासिक मानेका छन् ।
महासभाको उद्घाटन सत्रमा समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठले वचनबाट उत्साहित तुल्याउनुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजले ख्रीष्टियन समुदाय नमिल्नुको केहि कारण पनि छैन र मिल्नुको विकल्प पनि छैन भन्नु हुँदै आगामी दिनमा समाजसँग आफूहरू सहकार्य गर्न उत्सुक रहेको कुरा बताउँदै २३औं वार्षिकोत्सव तथा १८औं महासभाको सफलताको शुभकामना दिनुभएको थियो । त्यसरी नै अर्का वक्ता एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङले वर्तमान नेपाली मण्डलीमा संगति, सम्बन्ध र सहकार्यको आवश्यकता छ भन्नुभयो । त्यस भेलाको उद्घाटन सत्रमा इभाञ्जेलिकल आशिष चर्चका पास्टर रेभ. डा. सुन्दर थापा, एनसिएसका संस्थापक डा. तिर्थ थापा, पूर्व अध्यक्ष पास्टर वेदी सुवेदी लगायतले महासभा सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो ।
 दिन सम्म हुने महासभामा ख्रीष्टियन समुदायलाई आवश्यक मण्डली आचारसंहिता, आत्मिक विकास, मण्डलीको सम्पत्ति व्यवस्थापन, मण्डलीलाई आइपरेका विभिन्न खाले सतावट तथा समस्याहरू, ख्रीष्टियन समुदायका विभिन्न सञ्जालहरू र नेपाली ख्रीष्टियन समुदाय र मिडियाका विषयमा विशेष कार्यशाला हुने बताइएको छ । सातवटै प्रदेशबाट प्रतिनिधित्व रहेको महासभाले नयाँ कार्यसमितिको समेत चयन गर्नेछ । काठमाण्डौँको ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीमा २०७६ जेष्ठ ७ गते देखि शुरु भएको २३औं वार्षिकोत्सव तथा १८औं महासभा २०७६ जेष्ठ ९गते (३ दिन सम्म) सम्म जारी रहनेछ ।
यस्तो छ दुई संस्था बिच भएका १० बुँदे सहमतिः 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...