परिवार र विवाहको सम्बन्धको बारेमा बाईबलले के भन्दछ ?

परिवार र विवाहको सम्बन्धको बारेमा के भन्दछ ?
विवाह र बाईबल- भाग १
परमेश्वरद्वारा उत्प्रेरित वचन बाईबलले परिवार र विवाहको सम्बन्धको बारेमा के भन्दछ?
विवाहको निम्ति परमेश्वरको उद्देश्य:

• उत्पत्ति १:२८ “परमेश्वरले तिनीहरूलाई (पुरुष र स्त्रीलाई) आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
• विवाहको निम्ति परमेश्वरको योजना चाहीं एक पुरुष र एक स्त्रीको जीवनभरको निम्ति हो र त्यो कुरा संगसंगै बालबच्चा पनि सोहि विवाहद्वारानै परिवारमा हुनु विवाहको एउटा लक्ष्य पनि हो। विवाहको कारण एउटा नयाँ परिवारको जन्म हुँदछ। परिवारमा एउटा अर्को परिवार जोडिन पुग्छ जो एउटा बालकको रुपमा हुर्कन्छ। उत्पत्तिको पुस्तक परमेश्वरले प्रत्येक परिवारलाई एउटा विवाहद्वारा स्थापित गराउन चाहनुहुन्छ जो एक पुरुष जीवनकाल भरिनै एक स्त्रीको संग विवाह गर्दछ। पारपाचुके चाँही मानिसको अनाज्ञाकारीताको प्रतिफल स्वरूप एउटा छुट जस्तो मात्र हो तर त्यो चाँही परमेश्वरले चाहनु भएको भने होइन वा मानिसको निम्ति योजना पनि होइन। मानिसहरुको आफ्नै कठोरता र पापपूर्ण व्यवहारको कारण सम्बन्ध बिच्छेद हुनपुग्दछ। तर परमेश्वरको मार्ग चाहीं धेरै उत्तम छ र परमेश्वरको छुटकाराको मार्गले ठुलो चंगाई र आशिष ल्याउदछ।
• मत्ती १९:४-६ “तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो, र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’ ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।” रोचकता पुर्वक अर्को खण्डमा, येशूले बालकहरु प्रति केन्द्रित हुँदै भन्नुहुन्छ, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।” मत्ती १९:१४

• सम्बन्ध बिच्छेदले बालबालिकाहरुलाई परमेश्वरको समिप जान रोक्दछ र त्यसैकारण पनि मण्डलीले यस्तो हुन नदिन केहि न केहि गर्नैपर्छ। हामी धेरैजना समस्यामा पर्दछौं जब हामी परमेश्वरबाट पर जान्छौं र आफ्नै पापपूर्ण इच्छाहरुलाई पछ्याउद्छौं। जब हामी पाप गर्दछौं तब हामी हरेस खान्छौं तर त्यसैकारण हाम्रो पापपूर्ण स्वभावले अरुलाई कतिधेरै चोट पुर्याउदछ भन्नेकुराको महसुस गर्न चुक्छौँ। परमेश्वरको नियम र इच्छालाई पालना गर्ने वा इन्कार गर्ने कुरको छनोट गर्न सक्छौं तर त्यसपछि हुन आउने नतिजा चाहीं हामीले छनोट गर्न सक्दैनौं।


मण्डलीले विवाहको स्तरलाई सम्हाली राख्नु बाइबलीय जिम्मेवारी छ:
• मगनी वा विवाह गरेका इच्छुक जोडीहरुलाई त्यस सम्बन्धित तालिम गराउने
• विवाह पश्चात विवाह संवर्दन कार्यक्रमहरु गर्ने
• वैवाहिक परामर्श गर्ने जब वैवाहिक सम्बन्ध समस्यामा पर्दछ
• विवाह-विच्छेद भएका परिवारहरुलाई परामर्श गर्ने
• जेष्ठ उमेरका जोडीहरुले नवजोडीहरु संग समय बिताउने र साथ-साथै उनीहरुको सम्बन्धलाई बलियो बनाउन सहायता गर्ने र बुद्धि र उत्साह बाडचुड गर्ने
• नवजोडीहरुले ख्रीष्ट संगको नजिकपनमा हिडने प्रयास गर्नुपर्छ र एउटा बलियो विवाह र परिवारले गल्तिहरुबाट सिक्दैजानु र समाजमा भएका आफु भन्दा अग्रजहरुबाट ज्ञानका कुराहरु सिक्नुपर्छ र संग संगै अग्रज जोडीहरुका आवश्यकतालाई पनि बुझि सेवा गर्नुपर्दछ।
• परमेश्वरको निम्ति जो र जे कुरा (मानवजाति, विवाह र परिवार) बहुमुल्य छ त्यसलाई सहायता गरी उहाँलाई आदर र प्रेम प्रकट गर्नुपर्दछ।
विवाहमा के महत्वपूर्ण हुन्छ? पाँचवटा कुने ढुंगाहरु।
तल दिईएका बुंदाहरु सफल विवाहको निम्ति पाँचवटा कुनेढुंगाहरु हुन् जुन चाहीं बाईबलमा उल्लेखित छन्। तिनीहरुमा निस्क्रिय र सक्रिय प्रतिक्रिया संलग्नता हुन्छ।
सुन्नु- असल विवाहरु त्यस्ता साथीबाट आउँदछ जो एकदम नजिकको मित्र हुन्छन् र धेरै बोल्नुभन्दा अघि एक-अर्कालाई धेरै सुन्ने गर्छन। हाम्रो दिमागमा केहि प्रतिक्रियाको धारण गर्नुभन्दा अघि सुन्नको निम्ति समय लिनुपर्छ। “सबैजना सुन्नमा छिटो हुनुपर्छ, बोल्नमा र रिसाउनमा ढिलो हुनुपर्छ.” याकुब १:१९। परमेश्वरले हामीलाई दुइवटा कान तर एउटा मात्र मुख दिनुभयो। तर हामी बोल्नलाई यति आतुर हुन्छौं वा जवाफ फर्काउनमा आफ्नो दिमागमा यति धुन गर्छौं कि हाम्रो जीवन साथीले भन्दै गरेको कुरा प्रति हामी बहिरो जस्तै हुन्छौं। कहिलेकाहिँ त भन्दै नभनेको कुरा उनीहरुले भन्यो भनि हामी उल्टै उनीहरुसंग रिसाउने गर्छौं। बिशेषगरी महिलाहरुको सन्दर्भमा भन्नु पर्दा, उनीहरुको कुरा सुनिदिने कोही भइदिनु महत्वपूर्ण हुन्छ। जब श्रीमान कामबाट घर बेलुकी आइपुग्छन्, उसको श्रीमती आफ्नो दिनभरीको कामको बिषयमा कुरा गर्न चाहन्छिन्। श्रीमानहरु प्राय थकित अवस्थामा आएका हुन्छन् र अर्को कुनै समस्या आउनुभन्दा अघि केहि शान्त समय विताउन रुचाउछन्। यद्धपि, सुन्नु एक प्रक्रिया हो, जुन एउटा साधारण प्रश्नबाट पनि शुरु गर्न सकिन्छ –“तिम्रो दिन कसरी बित्यो आज?” हाम्रो सम्बन्धको यो एउटा महत्वपूर्ण भाग हो। तर एकअर्का प्रति समर्पित हुनु चाँही उत्तिकै सरल बन्न सक्छ यदि श्रीमतीले थकित अवस्थामा आएको श्रीमानलाई केहि मिनेट शान्त भएर रहन र दिमाग लाई आराम गर्न दिएर। श्रीमानले पनि आफ्नो आरामको समयलाई ठिक्क छोटो बनाई आफ्नो श्रीमती प्रति ध्यान दिएर समर्पणता प्रकट गर्न सक्छन्। जब जोडीहरुले एकअर्कलाई सुन्न छाड्छन् तब उनीहरु बिस्तारै टाढिदै जान थाल्छन्। अतः हरेक दिन वार्तालापमा रहनु एकदमै महत्वपूर्ण हुन्छ। एक-अर्का प्रतिको प्रेमको यो एउटा चिन्ह हो।
परमेश्वरलाई सुन्नु: येशूले भन्नुभयो, “मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरूले मलाई चिन्दछन्।” त्यसैगरीकन तर हामी परमेश्वर संग प्रार्थनाद्वारा बोल्न त खोज्छौं तर परमेश्वरलाई हामीसंग बोल्न वा हाम्रो प्रार्थनाको उत्तर दिने समय चाहीं दिदैनौं। वैवाहिक जोडीको रुपमा वा व्यक्तिगत रुपमा परमेश्वरसंग शान्त समय बिताउनु हाम्रो विवाह साथसाथै हाम्रो व्यक्तिगत आत्मिक स्वास्थ्यको निम्ति अत्यावश्यक हुन्छ। हामीले धेरै कुरा गुमाउछौँ किनकी हरेक दिन परमेश्वर संग बिताउने गर्दैनौं। हामीलाई के कुराको खाँचो छ सो हामीले भन्नु अघिनै परमेश्वर जान्नुहुन्छ र यदि आत्मिक रुपमा हामी तयार भए उहाँले हामीलाई दिनुहुनेछ। तर, के साच्चै हामीले परमेश्वरलाई सुनेका छौं त? येशू प्रभुले आफ्ना चेलाहरुलाई दिनुभएको प्रभुको प्रार्थनामा तिनवटा विन्तीहरु छन्: पहिलो, “तपाइको नाउँ पवित्र गरियोस्” दोश्रो, “तपाईको राज्य आओस्” र तेश्रो, “तपाईको इच्छा पुराहोस्।” याद गरौँ कि यो प्रार्थना परमेश्वरको निम्ति हो। यी प्रार्थना गरिसकेपछि तब मात्र येशूले हामीलाई हाम्रो निम्ति प्रार्थना गर्न भन्नुहुन्छ – जसमा हाम्रो निम्ति दैनिक भोजन, हाम्रो पापको क्षमादान र मार्गको निम्ति निर्देशन, वर्तमान, भुत र भविष्यको निम्ति अत्यावश्यक कुराहरु हुन्छन्। अरु कुनै पनि वुवा जस्तै परमेश्वरले पनि हामीले मागेका सबैकुरा हामीलाई दिनुहुँदैन। कहिलेकाँही, परमेश्वरले थोरै मात्र दिनुहुन्छ भने कहिलेकाँही त केही पनि दिनुहुँदैन, तर उहाँले जब हाम्रो अनुरोधको सुनुवाई गर्नुहुन्छ त्यसको परिणाम हाम्रो उत्तम संसारिक पिताभन्दा पनि उहाँलाई थाहा हुन्छ। तर यो कति उत्कृष्ट छ, यदि हामीले उहाँले हाम्रो निम्ति गर्नुहुने कुराहरु प्रति आज्ञाकारी भई बस्यौं भने “हामी के चाहन्छौं वा हामीलाई यो त्यो चाहियो भनेर होइन तर हामीलाई के कुराको आवश्यक छ त्यो चाँही उहाँले हामीलाई दिनुहुनेछ”। कुनैपनि अरु व्यक्ति भन्दा बढी परमेश्वरले हामीलाई जान्नुहुन्छ। हामीले गर्नुपर्ने कुरा चाँही परमेश्वरलाई सुन्नुपर्दछ। वैवाहिक जीवनमा गर्नुपर्ने एउटा महान तरिका चाँही आफ्नो जीवनसाथी संगै बसेर प्रार्थना गर्नुहोस् र यदि हाम्रो छोराछोरीहरु छन् भने उनीहरु संग पनि बसेर प्रार्थना गर्नुहोस्। “परिवार जो एकसाथ प्रार्थना गर्छन्, सधै संगै रहन्छन्” एउटा सरल तर गहिरो सत्य! हो किनकी प्रार्थनाद्वारा हामी परमेश्वरको खोजी गरिरहेका हुन्छौं र उहाँनै साँचो सहायता, बल र बुद्दीको श्रोत हुनुहुन्छ।
एक-अर्कालाई क्षमा गर्नुहोस्: १३एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। १४यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ। कलस्सी ३:१३-१४ । क्षमादान सबैभन्दा कठिन हुनसक्छ तर हामीले गर्ने सबैभन्दा परिवर्तनकारी कार्य हो यो। र त्यसैकारण पनि क्षमादान बिना त्यहाँ पुन:मिलाप सम्भव छैन जब हामी हाम्रो जीवनसाथीलाई चोट पुर्याउदछौँ। क्षमादानको सुरुवात, साँचो पश्चाताप र आफु दुवैले गरेको गल्तिलाई अर्को साथी समक्ष स्वीकार गरी क्षमा मागेर हुँदछ। क्षमा दिनु र माग्नु दुवै एकदमै कठिन हुनसक्ला तर यो मात्रै एउटा उपाय हो। क्षमादानलाई सहज बनाउने एउटा उपाय चाँही परमेश्वरले हाम्रो कति धेरै व्यक्तिगत ठुला पापहरुलाई क्षमा दिनुभएको छ भनि सम्झनु पर्दछ। तर यी दुवैकुरा एक-अर्कासंग सम्बन्धित छन्। परमेश्वरबाट क्षमा पाउनका निम्ति हामीले अरुहरुलाई क्षमा गर्नुपर्दछ। क्षमादान इसाईत्वको एउटा अद्वितीय बिशेषता हो। यो प्राय अरु विश्वासमा पाईदैन। हामीले क्षमा दिन सधैं सम्झिनु पर्दछ। “३१सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।३२जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।” एफिसी ४:३१-३२ । “एक सफल विवाह दुइजना क्षमाकर्ताद्वारा बनेको हुन्छ” –रथ ग्राहम। यो सुत्र, छोराछोरी र अभिभावक बीच लागु हुन्छ र संगसंगै एक-आपस बीच पनि लागु हुँदछ। “४बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ”। एफिसी ६:४ । हामी आफ्ना छोराछोरीहरुलाई पक्षपात गरेर रिस उठाउने गर्छौं। तपाईहरुले पक्षपात गरेको कुरा तपाईका नानीहरुले थाहा पाउँदछन्। आफ्नो नानीहरुलाई अरु नानीहरुसंग तुलना नगर्नुहोस्, यसले उनीहरुलाई चोट पुर्याउदछ, लेखकले यो कुराको सल्लाह दिदछ्न्। धेरै बढाई चढाई नगरीकन हामीले दिएको प्रसंशाको निश्चयता हाम्रा छोराछोरीहरुले पाउनुपर्छ।
एक-अर्कामा समर्पित हुनु: प्रेम र आदर- “जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।” एफिसी ५:३३. श्रीमतीहरुलाई उनीहरुको श्रीमानबाट प्रेम र समयको आवश्यकता हुन्छ भने श्रीमानहरुलाई श्रीमतीबाटको आदरको अत्यन्तै खाँचो हुँदछ। समर्पणता प्रेम र आदरको एक चिन्ह हो। बिल ब्राइट, जसले परमेश्वरको सहायताद्वारा एउटा ठुलो सेवकाईको निर्माण गरे -त्यो क्याम्पस क्रुसेड हो, हरेक वैठकको अन्तिममा उनले सधैं सोध्ने गर्थे “म तपाईको लागि केही गर्न सक्छु कि?” कल्पना गर्नुहोस् एउटा ठुलो सेवकाईको व्यस्त संस्थापक र प्रमुखले उ संग कुरा गर्दै गरेको व्यक्तिलाई सोधिरहनु भएको छ “म तपाईको लागि केहि गर्न सक्छु कि?” यो प्रेम र आदरको एक नमुना हो। यस्तो कार्यले अरु व्यक्तिहरुको ध्यान आकर्षण गर्दछ र वास्तवमै यो अरु व्यक्ति प्रतिको समर्पणताको नतिजा हो र यो अति सुन्दर कुरा हो। समर्पणताको पनि आफ्नै सिमा हुन्छ। घनिष्टताको सम्बन्धमा भन्नुपर्दा एउटा बैवाहिक जीवनसाथीले अर्को जीवनसाथीको निम्ति मात्र पूर्ण समर्पण गर्नु पर्दछ।
अर्को पुस्तालाई पनि सिकाउनुहोस्: “४हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।५तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। ६मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ७ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। व्यवस्था ६:४-७ । यो कुनेढुंगो वचनलाई सायदै धेरै व्याख्या गरिरहनु पर्दैन होला। तर सायदै यो कसैले मुश्किलले यो पालना गरे होला। वितेका केही वर्षहरुमा, वुवा-आमाहरुले आफ्ना छोरा-छोरीसंगै प्रार्थना गर्ने गर्थे र साथै वचनका केही विषयहरुमा छलफल पनि गर्ने गर्थे। विलियम विल्वरफोर्स र साथीहरुका प्रयासका कारण, परिवारसंग एकसाथ वचन अध्ययन गर्नेकुरा १९औं शताब्दीमा इंग्ल्यान्ड देशमा निकै चर्चित थियो। यद्धपि, आज प्राय जसो हामीले त्यस्तो गर्न छाडीसकेका छौँ होला। हामीले हाम्रो नानीहरु र जीवनसाथी संगै रहेर बाइबल अध्ययन गर्नु अतिनै आवश्यक छ ताकि हामी एक बलियो परिवारको रुपमा बृद्दी हुन सकौँ। जब कसैले त्यसो गर्ने छन् तब उसको जीवनमा नतिजा चाहीं अवश्य राम्रो हुँदछ। नयाँ पुस्तालाई परमेश्वरको वचनद्वारा सिकाउनु चाँहि एउटा व्यक्तिले गर्नसक्ने एउटा एकदमै महत्वपूर्ण कार्य हो। यो हरेक परिवारले गर्नुपर्ने केहि कुराहरु मध्येका एउटा महत्वपूर्ण कुरा हो।

विवाह किन महत्वपूर्ण छ?
विवाह महत्वपूर्ण छ किनभने सम्पूर्ण बाईबल भरीनै बाईबल वैवाहिक सम्बन्धले परमेश्वर र मानिस बीचको र अन्ततः ख्रीष्ट र उहाँको मण्डली बिचको सम्बन्धलाई इंकित गरेको छ। यर्मिया ३१:३२ मा परमेश्वर यसो भन्नुहुन्छ “तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ।” परमप्रभु भन्नुहुन्छ “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।” याद गरौँ कि परमेश्वरले आफ्ना मानिसहरु करार बाध्नु भयो र त्यसपछि उहाँले आफुलाई मानिस र परमेश्वर बिचको सम्बन्धमा उनिहरुको श्रीमान हुँ भने जस्तै गरि उल्लेख गर्नुभएको छ। प्रकाशको पुस्तक १९ अध्यायमा, विवाहका थुमा, जो येशु हुनुहुन्छ, आउनुभएको छ र उहाँको दुलही जो मण्डली हो, उनि आफै तयारी भएको कुरा देख्दछौं। एफिसी ५:२८-३२मा विवाहलाई यसरी छलफल गरिएको पाइन्छ, २८त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफ्नो शरीरलाईझैँ प्रेम गर्नुपर्छ र आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई पनि प्रेम गर्छ। २९किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, ३०किनभने हामी उहाँका शरीरको अङ्ग हौं। ३१“यसकारण मानिसले आफ्ना आमाबुवालाई छाडेर आफ्नो पत्नीसंग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।” ३२यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।” विवाहमा उपस्थित हुने प्रत्येकले “के यो व्यक्तिलाई समर्थन गरिरहन आफ्नो क्षमताले भ्याए सम्मको सबै गर्नेछौ?” भनेर सोधिएको प्रश्नमा “हो म गर्छु” भनि भन्नु चाही सकारात्मक उत्तरदायित्व हो। मण्डलीले पनि आफ्नो पाटो निभाउदछ।
परमेश्वरको शिद्व योजनादेखि विचलित भएको
विवाह मानव सभ्यताको आशिष र भलाईको निम्ति स्वर्गमा रचिएको थियो। साथै विश्वासी र येशु ख्रीष्ट बीचको सम्बन्धको एक चित्रण गर्नको निम्ति पनि हो। एफिसी ५:२१-३३ मा हर्नुहोस्। पापपूर्ण मानिसले विवाह प्रति परमेश्वरको उद्देश्यलाई प्रदुषित परेको छ र त्यो चित्रणलाई भ्रष्ट बनाइदिएको छ। आज हामी एउटा यस्तो संसारिक व्यवस्था भित्र बसेका छौं जहाँ परमेश्वरको स्तरीयतालाई थोरै मात्र वास्ता गरिन्छ। तर मानिसहरुले जुन कुराले विभाजित गर्दछ त्यहि कुराको समर्थन गर्दछन् (रोमी १:३२)। यो अशलिल कुराहरुबाट मात्र नभई, टेलिभिजनका कार्यक्रमहरुबाट, इन्टरनेटका पोष्टहरुबाट, रेडियो कार्यक्रम, सिनेमा, भिडियो, किताबहरुमा भएका अशलिल कुराहरुबाट पनि संसारलाई दुषित परेको छ। यो दुख लाग्दो कुरा हो कि जब परमेश्वरको स्तरीयतालाई उल्लङ्घन गर्दछन् तब त्यो यति सामान्य बन्दै जान्छ र अन्त्यमा त्यो एउटा मान्यता बन्न पुग्छ। मानिसले आफ्नो नजरमा जे ठिक सोचेको हुन्छ त्यहि गर्दछ, उसले सोच्ने गर्दछ यदि सबैले गरिरहेको छ भने त्यो कसरी गलत हुनसक्छ र? एउटा विश्वासीलाई भने थाहा हुन्छ कि यदि परमेश्वरलेनै वचनको त्यो स्तर कायम गर्नुहुन्छ र मानिसले त्यो उल्लङ्घन गर्छ भने परमेश्वर त्यो गलत हो चाहे जतिनै सुकै मानिसहरुले त्यो गलत कुरा पछ्याओस्। प्रस्थान २३:२
हिब्रु १३:४ बाट हामीले बुझ्न सक्छौं कि परमेश्वरले नै विवाहलाई मञ्जुरी दिनुहुन्छ तर उहाँले कडा साथ चेतावनी गर्नुभएको छ कि उहाँको न्याय यी दोषीहरु माथी पर्नेछ:
वेश्यागमन: कुनै पनि अनुचित र नैतिकहीन यौन सम्बन्ध वेश्यागमन हो। अविवाहित व्यक्तिले गर्ने यस प्रकारको पाप हो र यिनीहरु परमेश्वरको न्यायमा पर्नेछन्।
व्यभिचार: अलि निर्दिष्ट रुपमा भन्नुपर्दा विवाहित व्यक्तिले अन्य व्यक्ति संग गरेको अनैतिक यौन सम्बन्ध व्यभिचार हो। आफ्नो विवाह सम्बन्धको घेरा नागेर पर-पुरुष वा स्त्री संग गरेको अनैतिक यौन सम्बन्धको बिषयमा पनि हिब्रु १३:४ ले बताउदछ।
हिब्रु १३:४ ले यौनलाई दोष लगाएको छैन जुन चाँही असल र आदरणीय छ र मानिसको वैवाहिक सम्बन्ध भित्रको निम्ति परमेश्वरको योजना अनुरुपको हो। यद्धपि यो पदले विवाह बाहिरको अनैतिक यौन सम्बन्धलाई कडासाथ निन्दा गरेको छ (चाहे त्यो विवाहित मानिसको निम्ति होस् या विवाह अघिनै अनैतिक सम्बन्धमा फसेको मानिसको निम्ति होस्)।
एउटा हिमाली क्षेत्रको सडकको छेउहरुमा सवारीसाधनलाई सुरक्षित राख्नको निम्ति बनाइएको रेलिंगहरु जस्तै परमेश्वरसंग पनि मानिसको सुरक्षाको निम्ति असल र सुरक्षित सिमाहरु छन् जसमा मानिसहरु आफ्नै फाइदाको निम्ति स्थिर भई रहनु आवश्यक छ। जब यो यौनको विषयमा आउँछ आज धेरै जवान मानिसहरु छन् जो सडकको सिमा नाघेर दुर्घटनामा परेका जस्तै छन्, कतिपय समय यस्तो अवस्थामा पुग्छन् जहाँ कहिल्यै निको नहुने चोटहरु लाग्न पुग्दछ। परमेश्वरले तोक्नु भएको सडक सिमाबाट विचलित नहोऔ। तर्केर हिंड्नुहुँदैन, यौन शुद्द्तामा रहनु पर्दछ र तपाई सदाको निम्ति गर्व महसुस गर्नुहुनेछ कि तपाईले सुरक्षित रहन सफल हुनु भयो। परमेश्वर जसले तपाई हामीलाई बनाउनुभयो उहाँ हाम्रो निम्ति सबैभन्दा उत्तम के छ भन्ने कुरा जान्नुहुन्छ। भरोसा गरी आज्ञापालन गरौँ।
हिजो आज हामी संसारमा सुरक्षित यौनको बिषयमा कुरा गरेको पाउँदछौं तर त्यो प्रकारको यौन गतिविधि पापपूर्ण यौन हुने गरेको छ, र त्यसैले आज संसारमा मानिसहरुले जुन सुरक्षित यौन भनि रहेका छन् वास्तवमा त्यो सुरक्षित पाप भनेको जस्तै कुरा हो। होसियार रहौं।
आज संसारमा यस्तो शन्देश प्रचार गरिएको छ: “जबसम्म तिमी सुरक्षित पापको अभ्यास गर्दछौ तब सम्म ठिकै छ।” जाडरक्सी पिउनु ठिक छ जबसम्म तिमीलाई कसैले घर पुर्याइदिन्छ, नसा सेवन ठिक छ जबसम्म तिमी सफा सुइको प्रयोग गर्दछौ, प्रलोभन ठिक छ जबसम्म तिमी सुरक्षित उपायहरु अपनाउदछौ, अँ पाप गर्नु ठिक छ तर कृपया सुरक्षित पाप गर्नुहोस्!! यस्तो कुरा संसारमा सिकाइदैछ। बाईबलले साँचो अवाधराणा दिँदछ: “तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।” याकुब १:१५ “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।” रोमी ६:२३
सुरक्षित पाप भन्नेकुरा विरोधाभाष हो। यो त असर रहित बिष भनेको जस्तै कुरा भयो। गोली भरिएको असली बन्दुक एउटा सानो बालकको निम्ति कसरी खेल्नका लागि सुरक्षित हुनसक्छ? पाप कहिल्यै सुरक्षित हुन सक्दैन। पाप सधै खतरनाक, विनाशकारी र सधै विनाश लिएर आउने हुन्छ। योसेफ सुरक्षित पापको मार्ग भनेर परिक्षित भएका थिए (उत्पत्ति ३९:७-१२) तर उसले अस्वीकार गरे, पवित्र परमेश्वरको डर मानेर। “३परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। ४परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। ५आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ।”


निष्कर्ष: विवाह र परिवारको निम्ति परमेश्वरको योजनाको विषयमा ५ अंकको पाठ हामी संगै मिलेर अध्ययन गर्नेछौँ। त्यो अध्ययन यात्राको यो पहिलो अंक हो। म प्रार्थना र विश्वास गर्दछु कि म संगै तपाईले पनि परमेश्वरको सिमारेखाहरु, आज्ञाहरु र चरित्र थाहा गर्नुहुनेछ, उहाँ असल न्याय गर्नुहुन्छ र पापको न्याय कसरी र किन गर्नुहुन्छ भनेर थाहा गर्नेछौँ। परमेश्वरले हामीलाई हाम्रो विवाह र सिमिततामा रमाओस भनि चाहनुभएको कुरा थाहा गर्नेछौँ र त्यो हाम्रै भलाई र सुरक्षाको निम्ति हो, उहाँले यस बिषयमा किन जोड दिनुभएको छ भनि हामीले बुझ्नेछौँ। उहाँले त्यो क्रोधमा होइन तर गहिरो प्रेमसाथ तपाई र मेरो निम्ति गर्नुहुँदछ र हामीलाई दुर्घटनाहरुबाट जोगाउन र साथै उहाँसंगको सम्बन्धमा र हामी हाम्रो परिवारमा एकअर्का बीच सफल सम्बन्धमा रहन सकौँ भनि त्यसो गर्नुहुँदछ। अर्को महिना हामी अंक २ मा निरन्तरता गर्दै अध्ययन गर्नेछौँ।
Written by: Don McDaniel
Translated by: Lomas Shrestha

Source: Bachan Patrika

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...