किन प्रार्थना सुनुवाई हुन्न?

१ थेस्सलोनिका ५:१७ -“निरन्तर प्रार्थना गरिरहो।”


निरन्तर प्रार्थना गर भन्नु अर्थ “प्रार्थना गर्नु नभुल” भनेको हो, (१ थिस्सलोनिकी५:१७)
तर एउटा कुरा दोहोर्याई-दोहोर्याई ४-५ घण्टा वा पुरै दिन प्रार्थनामा समय व्यतित गर्नु भनेको होइन, जति धेरै प्रार्थनामा समय व्यतित गर्यो (५ घण्टा ६ घण्टा निरन्तर नरोकी) त्यतिनै धेरै आसिस पाउने भन्ने कुरा बाइबलिय होइन | एकदिन म नेपालमा हुँदा एउटा बिरामी भएको घरमा पुगेँ र धेरै जना हुलका हुल त्यहाँ प्रार्थना गर्न भनि आएका थिए | अनि मैले प्रार्थना गर्दै गरेको देखें र मैले पनि प्रार्थना गरेँ अनि प्राय सबै बाट करिब एक घण्टा जति दोहोर्याई-दोहोर्याई चिच्याउदै यसरि प्रार्थना गरेको सुने -“अहिले नै यसै घडी निको पार्नुहोस, हामि बिस्वाश गर्छौं येशु को नाममा यो बिरामी यसै घडी निको भएको छ, तपाईले अहिले नै चंगाई गरिसक्नु भएको छ…..आदि इत्यादि” तर त्यो बिरामी जस्ताको त्यस्तै, एकछिन पछि घर बाहिर हामी प्रार्थना गर्ने भन्दा धेरै रमिता हेर्ने अन्यजाति मानिस हरु भेला भैसकेका थिए किनकि भित्र प्रार्थना गर्ने हरुको चर्को आवाज र अनेक क्रियाकलाप ले तिनीहरुलाई अनौठो लागेको हुन सक्छ , फेरी भोलि पल्ट पनि पास्टरले बिरामीलाई प्रार्थना गर्नु जाउँ भन्दा मलाइ अचम्म लागेको थियो किनकि हिजै भनेका थिए -“हामि विश्वाश गर्छौ अहिले नै यसै घडी तुरुन्तै निको भैसककेको छ” अब विस्वाश नै गरेर निको भएको घोसणा गरिसकेर पनि फेरी किन जाने प्रार्थना गर्न?” र एक तरिकाले यो एउटा लाजमर्दो कुरा के हुदथ्यो भने हिजो भेला भएको अन्यजातिहरु ले पनि सुनेका थिए कि येशुको नाममा त्यहि घडी बिरामी निको हुनेछ भनेको फेरी पनि इसाईहरु भेला भएका छन् यसको मतलब तिनीहरुको परमेश्वर गलत हो र इसाई हरु झुटा हुन् भन्ने प्रभाव तिनीहरुको दिमाग मा पर्न सक्थ्यो |
यस्ता अबाइबलिय शिक्षा र शिदान्त अनि क्रियाकलापलाइ मैले थुप्रै वर्ष विभिन्न मण्डली हरुमा धेरै पटक देखेको छु, र जब मैले बाइबल पढें अनि परमेश्वरको प्रचारक बाट सिक्ने मौका पाएँ तब मात्र मेरा पनि आखा खोलिए र आज यसरि लेख्न भ्याएँ परमेश्वर लाइ धन्यवाद होस् | आउनुहोस केहि प्रार्थनाहरुको उदाहरण प्रस्तुत गर्न चाहन्छु:
गलत तरिका को प्रार्थना उदाहरण :- “हे पिता, परमेश्वर, शर्वशक्तिमान, महान इश्वर, स्वर्गीय मालिक यो बिमारी लाइ चंगाई गर्नुहोस्, निको पार्नुहोस, जाति पार्नुहोस, येशुको नाममा यो बिरामी निको होस्, यो बिरामी को अंग-प्रत्यंग छुनुहोस र तुरुन्तै निको पार्नुहोस, तपाई संग विन्ती गर्छौं यो बिरामीलाइ तपाईको छोरालाइ यसै घडी निको पार्नुहोस, तपाईको मानिस लाइ निको पार्नुहोस ताकी सबैले तपाई परमेश्वर हुनुहुन्छ भनि चिन्ने छन्, हे परमेश्वर हाम्रो पिता, महान प्रभु निको पार्नु होस् जाति पार्नु होस” – कसरी गलत? एकछिन पढ्दै जानुहोस थाहा पाउनुहुनेछ!”
अब,
बाइबलिय तरिका :- “हे हाम्रा स्वर्गीय परमेश्वर हाम्रो विन्ती छ यो बिरामीलाइ कृपा गरिकन र हामि तपाइँको दास-दासीको विन्ती सुनिकन तपाईको इच्छा भए निको पार्नुहोस, धन्यावाद छ येशु ख्रिस्ट को नाम मा”
यसर्थ कराई कराई उफ्री उफ्री बाइबल ले पिट्दै र चिच्याउदै दोहोर्याई दोहोर्याई प्रार्थना गर्नु आवस्यक छैन, के परमेश्वर लाइ विभिन्न नामले पुकारीरहनु जरुरि छ र? उहाको नाम लाइ पुकार्नु भनेको हामीले केहि माग्नु भन्दा पहिले सम्बोधन गरि बोलाउनु हो, जस्तै मैले मेरो शारीरिक बुवालाइ पैसा माग्नु छ अनि म भन्छु – “बुवा! मलाई पैसाको जरुरत् पर्यो दिनुहोस न!” तर मैले यसो भन्नु जरुरि छैन -“मेरो बुवा, हे हाम्रा परिवारको मालिक, हाम्री आमा को श्रीमान, मेरो दाजु भाइ दिदि बहिनिको पनि बुवा, रबिन्द्र राइ मेरो पिता, मेरो बुवा, मेरो आप्पा कृपया मलाई रुपिया को जरुरि पर्यो, पैसाको आवस्यक पर्यो त्यसैले मलाई दिनुहोस”| यसरि मैले बुवालाइ मेरो आवस्यकता मागे भने कि म बौलाएछ भन्नुहोला कि उहालाई जिस्काएको सम्झनु होला र उहाको अपमान भएको सम्झी मेरो माग पुरा गर्नुको बदला रिसाउनुहोला, झन् हाम्रो आत्मिक पितासंग विन्ती गरि माग्दा हाम्रो बोलि र बिचारमा कति होसियार हुनुपर्छ त्यो जान्नु पर्छ |
माथिको प्रार्थना गराई सम्बन्धि :- के परमेश्वरलाइ एउटा नामले बोलाउदा सुन्नुहुन्न र? उहाँलाई ब्याकरणको समस्या छ र एउटा शब्दलाइ अनेक अर्थ लागाई भन्नु पर्ने? जस्तो “निको”, “जाति”, “चंगाई” जस्ता शब्दले भन्नु उहाँलाई अबुझ सम्झेर खिल्ली उडाएको जस्तो भएन?
अनि आज भोलि जुन गुप्तमा गरिनु पर्ने कुराहरु जस्तै प्रार्थना खुल्ला मञ्चमा अनि टुडीखेलमा उफ्री-उफ्री, कराई-चिच्याई तमासा देखाउदै हुन्छ अनि दान-भेटिको नामावली पुल्पीटबाट उदघोस गरिन्छ र आराधना फेशबुकमा हुन्छ तर असल-कार्य जुन चाहिं गवाहीको निम्ति संसारलाइ देखाउनु पर्ने हो त्यो चाहिं देखिन्दैन …….म पनि कस्तो ….तिनीहरुको असल कार्य भए पो देखाओस |
अब म म्याम्स गलत भए यो पढ्नुहोस:
मत्ती ६:५-८ -“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।”
अनि मत्ती ६:९-१३ पदहरुमा उहाँले प्रार्थना गर्नु सिकाउनु भएको छ त्यहाँ कुनै कुरा दोहोरिएको छ भने मलाइ भन्नुहोस (यसमा एउटा कुरा :- यो “प्रभुको प्रार्थना” होइन तर “प्रभुले सिकाउनु भएको प्रार्थना” हो पास्टरहरुको भनाइमा लागेर भ्रममा नपर्नुहोस)
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता,
जो स्वर्गमा हुनुहुन्छ,
तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्।
तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्
किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
अन्त्यमा :- अब बिरामीको निम्ति मात्र नभएर हरेको कुराको निम्ति प्रार्थना गर्दा सोहि बाइबलिय तरिका अपनाउनु पर्छ मैले उदाहरण दिन मात्र बिरामीलाइ प्रार्थना गरेको कुरा उठाएको हुँ | प्रार्थना छोटो र ब्यबहारिक ढंगले आत्मिक सुद्दता र सत्यतामा नम्र भई गरेपछि त्यहाँ दुइ वटा कुरा रहन्छन जसको कारण प्रार्थना सुनुवाई हुन सक्छ र नहुन सक्छ
(१). परमेस्वरको इच्छामा निर्भर रहन्छ मागेको कुरा हुन आउनु र नआउनुमा,
(२). तपाई (जो प्रार्थना गरि माग्दै हुनुहुन्छ) को जीवनमा भर पर्छ |


• म्याम्स चाम्लिङ्ग

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...