के मैले साँच्चिकै क्षमा गरें ?

हामीले हृदयको गहिराइबाट अरूलाई क्षमा गरेका छौं भने सातवटा सफा प्रमाणहरू हुन्छन् । यी सबै उत्पत्तिको ४५ अध्यायमा युसूफको जीवनमा अति सुन्दर ढङ्गले चित्रण गरिएको छ ।
१. हामीले एकपल्ट अरूलाई क्षमा दिइसकेपछि त्यस व्यक्तिले हामीलाई के गरेको हो भनी हामी कसैलाई, नजिकको साथीहरूलाई पनि कहिल्यै भन्नेछैनौं । युसूफलाई तिनका भाइहरूले घृणा गरी खाल्डोमा खसाली दिएका थिए र दासको रूपमा बेचिपठाएका थिए । धेरै वर्षपछि, उनी मिश्र साम्राज्यका शासक भए । तिनका भाइहरूलाई यो कुरा थाहा थिएन । तिनीहरू अनिकालको समयमा अनाज किन्न मिश्रमा आए । युसूफले आफ्ना दाइहरूलाई चिने तर तिनका दाइहरूले तिनलाई चिनेनन् । अन्त्यमा आफैलाई प्रकट गराउने समय जब आइपुग्यो, तब तिनले आपूm वरिपरि उभिएका सबै मिश्रीहरूलाई बाहिर जान लगाए (उत्पत्ति४५ः१) । किन ? तिनका दाइहरूले तिनलाई गरेको व्यवहार मिश्रीहरूले थाहा पाऊन भन्ने युसूफको इच्छा थिएन । युसूफले आफ्ना दाइहरूलाई साँचो प्रकारले क्षमा गरेको स्पष्ट प्रमाण हो यो । यसबाहेक, युसूफ झ्यालखानामा छँदा तिनीसँगैका अर्का कैदी, राजाका मुख्य पियाउनेलाई आपूm कसरी झ्यालखानामा परेको हो भन्ने बारेमा बताउने मौका तिनले पाएका थिए । हेर्नाेस् युसूफले कति सुन्दर ढङ्गमा त्यसलाई बताए ः “किनकी मलाई वास्तवमा हिब्रुहरूको देशबाट चोरी गरेर ल्याएको हो, र यहाँ पनि झ्यालखानामा पर्ने काम मैले केही गरेको थिइनँ” (उत्पत्ति ४०ः१५) । उनले ती मुख्य पियाउनेलाई आफ्ना दाज्यूहरूले तिनलाई कसरी घृणा गरे र दासको रूपमा बेची पठाए , पोतीफरकी श्रीमतीले कसरी गलत आरोप लगाए, आदिको बारेमा बताउन सक्थे तर तिनले त्यसो गरेनन् । यसले देखाउँछ कि युसूफले ती सबैलाई अघि नै क्षमा गरिसकेको थिए । यदि तिनले ती मुख्य पियाउनेलाई आपूmले भोगेका सबै दुव्र्यवहारहरू बताएको भए संभवतः तिनी आफ्नो त्यही कष्टमा रहिरहन्थे र झ्यालखानामै मर्थे । याद राखौं ,अरूलाई क्षमा गर्न नजानेसम्म हामी कैदजस्तो परिस्थितिहरूबाट बाहिर निस्कन सक्नेछैनांै । धेरै ख्रीष्टियनहरू एउटा ठूलो छलको शिकार भएका छन् । तिनीहरू आपूmले अरूलाई क्षमा दिइसकेको भनी विचार गर्छन् तर वास्तवमा तिनीहरू क्षमा नगर्ने आत्माको बन्धनमै छन् । जो व्यक्ति आपूmले नजानेको केही कुरा छ भनी स्वीकार गर्दछ, उसलाई सिकाउन सकिन्छ । तर, जो व्यक्ति आपूmले सबै कुरा जानेको छु भनी सोच्दछ, उसलाई सिकाउन सकिँदैन । धेरै ख्रीष्टियनहरूको दुःखलाग्दो अवस्था यही छ । तिनीहरूले प्रभु भोजमा नियमित भाग लिएर भन्नसक्लान्, “मेरो कसैको विरूद्धमा केही छैन । ” तर, जब तिनीहरूले कुनै मौका पाउँछन् तब आपूmलाई अरूले गरेको व्यवहारको बारेमा बताउन तिनीहरू मुख खोलिहाल्छन् । अनि एकै सासमा फेरि, “मैले तिनीहरूलाई क्षमा गरेको छु , तिनीहरू कस्तो खालका मानिसहरू हुन् भनेर मात्र बताउन खोजेको हुँ ” भनी भन्छन् । एउटा दुःखलाग्दो कुरा यो छ कि कोही परमेश्वरका मानिसहरू नै व्यवहारिक रुपमा शैतानका कारिन्दाहरू अर्थात् भाइहरूलाई दोष्याउने हुन्छन् । धेरै चर्च तथा परिवारहरूले विभाजन तथा अन्यौलताको सामना गरिरहेका छन् किनकि ख्रीष्टियन जीवनको सबैभन्दा महत्वपूर्ण पाठलाई तिनीहरूले बेवास्ता गरेका छन् ः “कुनै मानिसको बारेमा खराबी नबोल । ” याद राखांै, जुनबेला अरूले तपाईंलाई गरेको व्यवहारको बारेमा तपार्इं कसैलाई बताउनुहुन्छ , त्यही बेला क्षमा नदिने शैतानको आत्माले तपाईंको जीवनमा प्रवेश गर्नेछ र तपाईंको परिवार , विवाह, असल विवेक, शान्ति, आनन्द अनि यस जीवन तथा आउने जीवनको हरेक असल थोकलाई नष्ट गर्नेछ ।


२. एकपल्ट हामीले कसैलाई क्षमा गरिसकेपछि गल्ती गर्ने त्यो व्यक्ति दोषी विवेकद्वारा सताइएको हामी चाहनेछैनौं । त्यस व्यक्तिले आफैलाई पनि क्षमा गर्न सकोस् भनेर उसलाई हामी सक्दो सहायता गर्नेछांै । यद्यपि युसूफले तिनका दाइहरूलाई क्षमा गरिसकेको भएतापनि तिनीहरूले युसूफलाई क्षमा दिएका थिएनन् । यदि तिनीहरूसित युसूफको निम्ति थोरै माया भएको भए, तिनीहरूले उसको खोजी गर्ने थिए तर तिनीहरूले त्यसो गरेनन् । त्यसैकारण जब तिनीहरूले उसलाई बीस वर्षपछि देखे, तब उसलाई देखेर तिनीहरू डराए (उत्पत्ति ४५ः३) हाम्रो विरूद्ध गल्ती गर्नेहरूलाई जब हामी क्षमा गर्न र प्रेम गर्न असफल हुन्छौं , तब शैतानले सबै प्रकारका नकारात्मक डरहरूले हाम्रो हृदय भरिदिनेछ । “प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ । ” “डरमा यातना हुन्छ ” भनी प्रेरित यूहन्ना भन्छन् ( १ यूहन्ना ४ः१८ ) । यसैले अरूलाई क्षमा गर्न नसक्ने व्यक्तिलाई केही कुराले सताइरहेको हुन्छ । प्राय : अरुलाई क्षमा गर्न नसक्नेहरूको जीवनमा गुप्त पापहरू हुन्छन् । त्यसैले , जोसित गुप्त पापहरू हुन्छन् , तिनीहरूलाई डरले सताइरहेको हुन्छ । सबै नकारात्मक डरहरू शैतानबाटको हो र त्यसबाट तपार्इंले तुरुन्तै छुटकारा पाउन सक्नुहुनेछ । आपूmले गरेको गुप्त पापहरूदेखि तपाईंले पश्चाताप गर्नुभयो र आफूलाई दुःखीत तुल्याउने हरेकलाई क्षमा गर्नुभयो भने डर ल्याउने शैतानलाई सम्पूर्ण अधिकारसहित येशूको नाउँमा हकार्ने अधिकार तपार्इंले पाउनुहुनेछ । “शैतानको विरोध गर र त्यो भाग्नेछ ।” (याकूब ४ः७) । “परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर प्रेम, शक्ति र आत्मसंयमको आत्मा दिनुभएको छ । (२ तिमोथी १ः७) । अर्काेतर्फ, त्रसित तिनका दाइहरूलाई युसूफले कस्तो व्यवहार देखाए ? “तिमीहरूले मलाई बेचेकोमा दुःखित नहोऊ” तिनले भने, “आफैलाई दोषी नतुल्याऊ । ” क्षमाको वास्तविक आत्मा यही नै हो । यदि तपाईले साँच्चिकै क्षमा दिनसक्नुभएको छैन भने, तपाईंले यस्तो भन्नुहुनेछ , “हो मैले तिमीहरूलाई क्षमा गरेको छु तर तिमीहरूले एउटा पाठ सिक्नुपरेको छ । आज तिमीहरूले कष्ट भोगिरहेका छौ , किनकि तिमीहरूले मेरो विरूद्धमा गल्ती गरेका थियौ । ” यो ख्रीष्टको आत्मा होइन । यदि कसैले हाम्रो विरुद्ध पाप गरेको छ भने, त्यो व्यक्तिको जीवनमा कुनै खराबी नआओस् भनी सम्पूर्ण हृदयले हामी प्रार्थना गर्नुपर्छ र , यदि उसको जीवनमा कुनै खराबी आइहाल्यो भने पनि उसको छुटकाराको निम्ति हामीले परमेश्वरमा पुकारा गर्नुपर्दछ ।

यो लेख “क्षमा : स्वर्गका एक पूर्वस्वाद” नामक पुस्तकबाट उद्धृत गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...