विश्वासीले घुस लिन मिल्छ त?

बाइबल कलेजका एक विधार्थीले एकदिन मलाई प्रश्न गरे, “के विश्वासीले घुस दिन वा घुस लिन मिल्छ  ?” उनको प्रश्नले म स्तब्ध भएँ । कारण मण्डलीको अगुवा र बाइबल कलेजको शिक्षक भएको नाताले यो प्रश्नको जवाफ मसंग हुनु आवश्यक थियो । वास्तवमा केहीवर्षअघिमात्र त्यस विधार्थीको मण्डलीका एक विश्वासीले धेरै रकम गल्लावाललाई घुस दिएर आफनो छोरालाई ब्रिटीस आर्मीमा भर्ति गराएका थिए । अर्का परिवारले छोराको उमेर ढाँटेर नागरिकता बनाई सेनामा भर्ती गराएका थिए भने अर्का एक परिवारले उनिहरुको छोराले एस.एल.सी. पास नै नगरी पैसा खर्च गरेर भारतबाट र्सर्टिफिकेट ल्याएर जागिर लगाए । एक मण्डलीका अगुवाले मोटरर्साईकलको लाईसेन्सको निकाल्नका निम्ति रु ५००० तिरेर नभए पछि पैसा लिने ठगाहहरुसंग भनाभन भईरहेको पाइयो । के एउटा मण्डलीको अगुवाले घुस दिएर लाईसेन्स निकाल्न खोज्नु जायज हो ? हुनसक्छ यो प्रश्न त्यो भाईको मात्र प्रश्न नभएर हामी सबै नेपाली विश्वासीहरुको प्रश्न हो ।
यो त एक सानो उदाहरणहरु मात्र हुन । कयौं उदाहरणहरु छन, जो मैले यहँ राखे भने एउटा पुस्तक नै तयार हुन सक्छ । आज नेपाली मण्डली इतिहासको ५० औ वर्षम्म आईपुग्दासम्म नेपाली मण्डलीहरुमा यस विषयमा सठिक धारणा र शिक्षा नदिईनुले हामी सबै यस कुरामा दोधारमा भएको भान हुन्छ । घुसको सवालमा यसलाई “सहयोग” गरेको भनेर सम्झनेहरु कम छैनन्। हुन त घुस दिनेहरुको निम्ति काम सहज, छिटो, कम जोखिम भएको देखिन्छ भने घुस लिनेहरुले परिवार पाल्न सरकारले, कम्पनी, या संस्थाले कम तलब दिएको कारण यो गर्न बाध्य भएको बहाना गर्ने गरेको पाईन्छ । धेरैको निम्ति यो सामाजिक प्रचलन नै बनेको छ । यो कार्य बिना समाज चल्दैन भन्ने मनमा दृढता भएकाहरु पनि छन् ।  यो भूमि आज यहि घूस दिने र लिने संस्कृतिको थलो बनेको कारण नै धनीहरु असाध्य धनी र गरीबहरु असाध्य गरीब भएका छन । सामान्य मानिसहरुको निम्ति कार्यलयमा गएर काम गराउन धेरै कठीन बनेको छ । नेपाल एकिकरणका पिता पृथ्वीनारायण शाहले एकपटक भनेका थिए, “घुस लिने र दिने दुबै राष्ट्रका शत्रु हुन् ” ।
वर्तमान मण्डलीहरुको यस विषयमा के दृष्टिकोण छ त? घुसको सम्बन्धमा हामी ख्रीष्टियनहरुले कस्तो शिक्षा वर्तमान र आउने पूस्ताको निम्ति दिने हो ? के हामी हाम्रो संस्कृती नै यस्तै हो, सबैले यसै गर्छन, हामी चाँही किन नगर्ने नि भनेर त्यसै भइरहन दिने हो त ? बाइबलमा घूस दिने बिषयमा के भनिएको छ?
इस्रायलीहरुको प्रथम अगुवा मोशाले घुस दिने र लिने बारेमा यसरी लेखेका छन, “न्याय भ्रस्ट नगर, पक्षपात नगर । घुस नलेओ, किनकी घुसखोरीले समझदारीको आँखा बन्द गरिदिन्छ र धर्मीजनको वचन बङ्ग्याइदिन्छ” -व्यावस्था १६:१९) ।
राजा सुलेमान भन्नुहुन्छ, “करकापले बुद्धिमान् मानिसलाई पनि मुर्ख बनाउछ, र घुसले ह्रदयलाई भ्रष्ट पार्छ” -उपदेशक ७:७) ।
सोलोमन अझै भन्छन, “लोभी मानिसले आफ्नो परिवारमा संकट ल्याउछ, तर जसले घुसलाई घृणा गर्छ, ऊ जिउनेछ” -हितोपदेश १५:२७) ।
उनि अझै भन्छन “दुष्ट मानिसले न्याय विगार्न र गुप्तमा घुस स्वीकार गर्छ”
-हितोपदेश १७:२३)
एलिहुले अयुबलाई यसरी सल्लाह दिएका थिए, “होशियार हुनुहोस, कसैले तपाईलाई धनले नलोभ्याओस, घुसले तपाईलाई नभर्माआओस” -अयुव ३६:१८) ।
पुरानो करारमा न्यायकर्ता शमुएलका छोराहरुले घुस लिएर परमेश्वरको दृष्टिमा न्याय विगारेका थिए -१ शमुएल ८:३), जसको कारण इस्रायलमा न्यायकर्ताको साटो इस्रायलीहरुले राजाको माग गरे ।
हरेक घुस दिने र लिनेहरुमाथि परमेश्वरको क्रोध आउनेछ । परमेश्वर भन्नुहुन्छ, “….परमप्रभु अन्याय, पक्षपात र घुस लिएको सहनुहुन्न” -२ इतिहास १९:७) ।
घुसलाइ  इन्कार गर्नेहरुलाई परमेश्वरको प्रतिज्ञा छ, “जो धार्मिकतासाथ हिँड्दछ र ठीक कुरा गर्दछ, करकापसित लिएको नाफा इन्कार गर्छ, जसले घुस लिन आफनो हात बढाउदैन, …..त्यहि मानिस उच्चमा बस्नेछ, जसको शरणस्थान पहाडको किल्ला हुनेछ । त्यसको भोजन त्यसलाई दिइनेछ र त्यसलाई पानीले धोका दिनेछैन” -यशैया ३३: १५,१६) ।
धेरैचोटी विश्वासीहरुले परमेश्वरलाई समेत घुस दिन खोज्छन । कसरी हामी परमेश्वरलाई घुस दिन्छौ त? हामी भन्ने गर्छौ परमेश्वरले मेरो प्रार्थना सुनेर मलाई संस्थामा काम मिलाई दिनुभयो भने म दंशास दिनेछु, अथवा मेरो काम पाए भने म धन्यबादी भेटी चढाउनेछु ।”
घुस लिन र दिन हुन्न भन्ने विषयमा यति धेरै परमेश्वरका आज्ञाहरु र घुस नलिनेहरुलाई परमेश्वरका प्रसस्त प्रतिज्ञाहरु दिईएको भएता पनि यि सबै कुराहरु उद्धार पाएका घरानाहरुमा पनि भइरहन्छ भने त्यो विडम्बना नै हुन जान्छ । तपाइ र मसंग भएको सबै धनहरु मलाई परमेश्वरबाट मिलेको परिश्रमको फल हो कि घुस या त झुटबाट कमाएका धन । के उद्धार पाएर पनि घुस लिएर तपाइ र हामी परिवार पाल्दैछौं – आजै निर्णय गरौं । प्रार्थना सहीत अर्को कुनै काम खोज्नु राम्रो हो । घुस दिदैछौँ भने  परमेश्वरमा यि वचनहरु मनन गरौँ र ति बाटोहरु त्यागौं । एकदिन हामी सबैले आ-आफनो लेखा बुझाउनै पर्छ । हाम्रो बोलावट सफलताको निम्ति हैन तर इमान्दारिताको निम्ति हो । हरेक घुस लिने र दिने विश्वासीले सोच्नपर्छ कि, हामीले लिएको घुसको कारण कतै न्याय बिग्रेको र सत्य कुरा झुटमा परिवर्तन भएको त छैन? के त्यसले ख्रीष्टिय गवाही बिग्रेको त छैन ?  के तपाइको यस कार्यले ख्रीष्टको नाउ कलङ्िकत त भएको छैन ? के हामीले घुस पैसा हातमा बोकेर के हामी त्यो रात परमेश्वरलाई धन्यबाद भन्न सक्छौ – घुस लिदाँ र दिँदा हाम्रो विवेकले हामीलाई के भन्छ?  पावल भन्नुहुन्छ, “आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन विताएको छु” -प्रेरित २३:१) । अयुब भन्छन, “म बाँचुन्जेल मेरो विवेकले मलाई दोष दिनेछैन” -अयुब २७:६)। के तपाइ  र मेरो विवेकले यस विषयमा आफैलाई दोषाएको त छैन ?
हामी आफनो प्रयासले यस प्रकारको बानीहरुलाई हटाउन सक्दैनौँ  केवल परमेश्वरको वचनले मात्र बदल्न सक्छ । हामीले सबै दुष्ट विचारहरुलाई येशुमा इन्कार गर्नुपर्छ ।  कहिले काही हाम्रो मनमा प्रश्न आउनसक्छ, यो समाजमा सबैले घुस लिन्छन, मैले मात्र नलिएर के पो हुन्छ त ? हामी निराशाबादी हैनौँ तर आशाबादी हौँ । यो काम हामी एकलैले गर्न सक्दैनौँ होला तर सानै भएपनि थालनी गर्नुछ । यो समाजलाई बदल्नु छ त शुरुवात आफैबाट गर्नु छ । लियो टोल्सटोयले भनेका छन, “सबैले संसारलाई बदल्न चाहन्छन, तर कसैले आफैलाई बदल्ने कुरा सोच्दैन्न ।” नोबेल पुरस्कार बिजेता अर्ल्बर्ट आईन्सर्टाईनले भनेका छन, “परिवर्तन कठीन छ तर्सथ थोरैले मात्र परिवर्तन गर्छन ।” पावल भन्नुहुन्छ, “म उहाँमा सब कुरा गर्नसक्छु, जसले मलाई शक्तिदिनुहुन्छ” -फिलिप्पी ४:१३) ।
By: पा. लाजरस थुलुङ

ज्योति ग्रेट कमीसन फेलोसीप – चर्च


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...