टीका र सिंदुरलाई क्रिश्चियनले ईन्कार गर्नुपर्ने कारण के हो ? अथवा किन ईशाईहरु सिंदुर टिका लगाउँदैनन ?

विशेष गरी नयाँ विश्वासी र ईशाई आस्था सम्बन्धि नबुझेकाहरु धेरैले गर्ने प्रश्न हो यो । यस भिडियोमा हामी यसै विषयमा चर्चा गर्नेछौं । कृपया भिडियो अन्त सम्म हेर्नुहोला अन्याथा आशय या बुझाई अपुरो हुनेछ । मन परेको खण्डमा वा अरुलाई बाँडनु परेमा शेयर गर्न नभुल्नु होला ।

शुरु गरौः टीका र सिंदुरलाई क्रिश्चियनले ईन्कार गर्नुपर्ने कारण के हो ? अथवा किन ईशाईहरु सिंदुर टिका लगाउँदैनन ?
हिन्दुहरुको महान मानिने पर्व दशैं तिहार नजिकै छ । वर्षमा एक पटक यो पर्व धुमधाम मनाईन्छ । यो परिवेशमा भर्खर ख्रिष्टमा विश्वास गरेका र विश्वास गरेर पनि पुर्ण बाइबलिय ज्ञान नबुझेका कतिपय ईशाईहरुलाई आफुले मान्दै आएको पुराना गतिविध प्रति चाहाना जाग्नु स्वभाविकै हो । तर मनमा तिव्र चाहना हुँदाहुदै पनि पाष्टर अगुवाहरुले गरेको बन्देजका कारण वा ईशाईहरुले सिंदुर टिका लाउनु हँदैन भन्ने कथनका कारण बाध्य भएर मन मारेर बस्नु परेको यर्थात व्यप्त छन । हिन्दु पृष्ठभुमिबाट ख्रिष्टमा विश्वास गरेकाहरुलाई यो एउटा गाह्रो र परिक्षाको विषय हो
कतिपय अवस्थामा सुसमाचार सुनाउन जाने क्रममा प्रायः धेरैले भन्ने गर्छन, “मलाई टीका एकदमै मनपर्छ । म सबैथोक छोड्न सक्छु तर यो टीका छोड्न सक्तिन ।” उनीहरुको स्पस्ट संकेत परमेस्वरलाई ग्रहण गरेपछि टीका लागाउन पाइदैन भन्ने तिर नै हो ।
हो, बुझेर होस या नबुझेर टीका कतिपयको लागि मन पर्ने, मान प्रतिष्ठा, रमाइलो खुशी र घमण्डको बिषय पनि हुन सक्छ । शाएद यसै कारण आजसम्म पनि पास्टर र बिश्वासीहरु प्रायजसोले “खीष्टियनहरुले किन टीका लगाउन हुदैन ? किन सिंदुर लगाउन हुदैन ? भन्ने जस्ता धेरै प्रश्नहरुको सामना गरिरहनुपर्दछ ।
अनि त्यतिबेला क्रिस्टीयनहरुलाई यो टीका र सिंदुर के हो भन्ने बारेमा अलिकति ज्ञान भएन भने उनीहरुलाई यस बारेमा उत्तर दिन निकै गाह्रो पर्न सक्छ । दशै तिहार जस्ता हिन्दुहरुको टीका लगाउने चाड पनि वरिपरि नै भएको कारण नयाँ बिश्वासीहरु तथा यस्ता प्रश्नहरुको जवाफ खोजिरहनुभएका सबै जनालाई लाभ पुगोस भनेर टीका र सिंदुरलाई क्रिश्चियनले ईन्कार गर्नुपर्ने कारण के हो ? भन्ने विषय सम्बन्धि यस भिडियोमा केही चर्चा गर्न लागिएको हो ।
के साँच्चै ईशाईहरुले सिंदुर टिका लगाउनै हुँदैन त ?
टीका किन लगाउन हुदैन भनेर भन्नुभन्दा पहिला टीका के हो र यो कसले र किन लगाउँछन भनेर जानकारी राख्नु राम्रो हुनेछ । टीका लगाउन हिन्दुहरु नै हुनुपर्छ भन्ने होइन । राजनीतिक सिद्धान्त मान्नेहरुले पनि टीका लगाउँछन । भलै यसलाई उनीहरुले आफ्नै तरिकाले व्याख्या गर्न सक्लान । कम्युनिष्टहरुले कुनै इश्वर मान्दैनन तरपनि अविरका राता टीका लगाउँछन । कुनै कार्यक्रममा विजयी हुँदा रातो अविरले विजेतालाई पुज्ने गरिन्छ । हाली खेल्दा रातो रंग लगाएत अरु धेरै रंगको प्रयोग गरिन्छन । दक्षिण भारत तिरका दलितहरुले निलो टीका लगाउँदारहेछन । यसको मुख्य कारण आफुँलाई धरतीपुत्र पुत्री मान्नु र निलो आकासलाई घरको छानो मान्नु रहेछ । यसरी विभिन्न देशमा विभिन्न परिवेसका मानिसहरुले आ–आफ्नै सिद्धान्त र तरीका अनुसार विभिन्न रंग र आकार का टिका सिंदुर प्रयोगमा ल्याएको पाईन्छ ।
नेपाली शब्दकोषको परिभाषा अनुसार टीकालाई निधारमा लगाइने चन्दन, अबिर, सिंदुर, तिलक, टिको आदि विभिन्न नाम दिईएको पाईन्छ । हिन्दु धर्म अनुसार टीकाका थुप्रै अर्थहरु छन । उनीहरुले यसलाई भगवानको प्रसाद, आषिश, सुरक्षा, बिजय, संमृद्धि आदि मान्दछन । मृत संस्कारमा बाहेक प्राय सबै चाडपर्वमा हिन्दुहरुले टीका लगाउँछन । यस कुराले टीकाको पवित्रतालाई संकेत गर्छ । यो पुरुष र स्त्री दुवैले लगाउन मिल्छ । चाडपर्व, चलन, संस्कार वा जातजाति अनुसार टीकाको रंग फरक फरक पनि हुन सक्छ ।
नेपालमा जनजातिहरु दशैं वा अन्य पर्वको समयमा प्राय सेतो टीका लगाउछन भने बाहुन छेत्रिहरु प्राय रातो टीका लगाउछन । कुनै महिला बिधवा हो कि सधवा भनेर टीका वा सिंदुरबाट सजिलै थाहा पाउन सकिन्छ । विबाहिता महिलाको मुख्य प्रमाण सिंदुर हो । सिंदुरले विबाहिता, स्थापित, सुरक्षित, पुरुषको अधिनस्त आदि भएको जनाउँछ । त्यसकारण विधवाले रातो टीका वा सिन्दुर लागाउदैनन ।
प्राय हिन्दु नारीहरु आफ्नो लोग्नेलाई पतिदेवको रुपमा मान्दछन । टीकालाई समानार्थी शव्दमा अक्षता भनेर पनि चिनिन्छ । हिन्दु संस्कारमा अक्षता लगाएर भगवान वा देवीदेवतालाई निधारमा चढाइन्छ । किनभने माहादेवको तेस्रो नेत्र अनि ज्ञानको वीचभाग पनि यही निधार हो भन्ने उनीहरु बिश्वास गर्छन ।
टीका परिस्थिती अनुसार शरिरको अन्य भागमा पनि लगाईन्छ । दशैको टिका प्राय निधार भरि लगाउँछन । अनि तिहारको टीका निधारको बिचमा ठाडो धर्सो पारेर धेरै रंगमा लगाईन्छ । नानीबाबुहरुलाई घरदेखी बाहिर कतै लानपर्दा चिउँडो या गालातिर कालो थोप्ला टीका लगाउने चलन पनि हुन्छ । यसको कारण बालकको सुन्दर अनुहारमा कुनै भूतप्रेत या दुषादको आखाँ नलागोस र बालक सुरक्षित होस भन्ने हो । दशै या तिहारतिर लगाईने टीकाले पनि विजय या सुरक्षाको अर्थ राख्दछ ।
बिगतका समयमा ईशाईहरुलाई टीका लगाएर, टाउको मुडेर, मूर्र्तीलाई ढोग्न लगाएर फेरी हिन्दु बन्न लगाइन्थ्यो रे । कतिले यसो गर्न नमान्दा, टीकाकै कारण सास्ती पनि खेपे होलान । यसो गर्दा कुनै व्यक्ति हिन्दुमा परिणत हुन्छ भन्ने उनीहरुको गलत बिश्वासले पनि यसो गर्न प्रेरित गरेको होला । हो, कतिपयले चलन वा सस्कार छोड्न नमानेर पनि टीका ग्रहण गरे होलान । यसरी अझैसम्म पनि टीका एउटा राजनीतिक या धार्मिक अश्त्र, क्रिस्टियन र हिन्दु विश्वास भएको परिवार भित्र समस्या र किचलोको बीऊ जस्तो पनि भएको छ ।
समग्रमा टिकाको सिधा सम्वन्ध मूर्र्ती या मूर्र्तीपूजा अथवा देवीदेवतासँग जोडिएको हुन्छ ।
टीकाको बारेका यतिका कुरा थाहा पाएपछि अब हामी बाईबलले के भन्छ हेरौं ।
बाइबलले भन्दछः
म के भन्न लागिरहेछु त ? के मुर्तीलाई चढाएको थोक केही हो र ? अथवा मुर्ति नै केही चीज हो र ? त्यसो होइन, तर म यही भन्न लागिरहेछु, कि मुर्तीपुजकहरुले जो बलि चढाउँछन्, त्यो परमेश्वरलाई होइन, तर भूतप्रेतलाई चढाउँछन्, र तिमीहरु भूतप्रेतसँग सहभागी होओ भन्ने म चाहन्नँ । तिमीहरु प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरु प्रभुको टेबल र भूतप्रेतको टेबल दुवैबाट खान सक्दैनौ । के हामीले प्रभुलाई डाही तुल्याउने ? के हामी उहाँभन्दा शक्तिशाली छौं र ? –१ कोरिन्थी १०ः१९–२२
अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम–योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर । –
फिलिप्पि ४ः८
माथिका कुरामा मन लगाओ । पृथ्वीमा भएका कुरामा होइन । –कलस्सिी ३ः२
यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ–दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस । यीचाहिँ आउने कुराका छाया मात्र हुन, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ । आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अडिएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस । –कलस्सि २ः१६–१८

समग्रमा धर्मशास्त्र बाईबलका यि बचनहरु राम्रो सँग बुझ्ने हो भने क्रिश्चियन बिश्वासीहरुको लागि आषिश, सुरक्षा, सफलता, विजय सबै केवल परमेश्वर हुनुहुन्छ । यी सबै थोकको लागि टीका चाहिँदैन । शरिरमा कुनै थोक दल्नु, धस्नु, टाँस्नु वा शरीरलाई कष्ट दिनु पनि पर्दैन ।
किनकी क्रिस्टियनहरु भूतप्रेत या देवीदेवताको अधिनमा छैनन । ख्रीष्टियन विबाहिता महिलालाई सिंदुरको आवास्यकता नै छैन । किनकि ईशाई आस्था अनुसार उसको पति देवता हुन सक्दैन । तर उ परमेस्वरको अधिनमा हुन्छ ।
कसैले साजसञ्जा या फेसनको रुपमा पनि टीका या सिंदुर लगाउन सक्लान । यो चलन र सस्कार मात्र हो पनि भन्लान । तर खोतल्दै गयो भने यसको सिधा सम्वन्ध मूर्र्ती या मूर्र्तीपूजा अथवा देवीदेवतासँग जोडिएको हुन्छ । यसलाई इन्कार गनुपर्ने मुख्य कारण पनि यही हो ।
यी कुराहरु पनि याद गरौ कि कुनै व्यक्ति टीका या सिंदुर लगाएर मण्डलीभित्र आयो भने बिरोध गरिहाल्नु पर्दैन । के टीका या सिंदुर नलगाउँदैमा, जाँड या रक्सी नखादैमा, पूजापाठ नगर्दैमा, प्रसाद नखादैमा कोही साँचो ख्रीष्टियन बन्न सक्छ र ? कसैलाई जर्वजस्ती टीका लगाइदिए भनेपनि त्यसको बिश्वास पतन नहोस । बिश्वास हृदयबाट गरिन्छ । प्रभुलाई हृदयमा राख्ने हो । क्रूस बनाएर निधारमा उतार्नु या घाटीमा झुण्याउनु पनि पर्दैन । न त शरीरमा कुनै कुरा घस्नु या टीका लगाउनुपर्छ ।
ख्रिष्ट येसुमा भएको आषिश, सुरक्षा, जीवन, समृद्धि, विजय आदिलाई शरीरबाट प्रकट गरिरहनु पर्दैन । वचनमा यस्तो लेखिएको छ, “यसकारण खान र पिउनमा बा पर्वको दिन, वा औसीं या शवाथदिन मान्ने विषयमा कुनै मानिसले तिमीहरुलाई दोष नदिओस । यी चाही आउने कुराका छाँया मात्र हुन । तर वास्तबिकता चाहिँ ख्रीष्ट हुनुहुन्छ । (कलस्सी २ः१६,१७) ।
त्यसकारण यस विषयमा कसैलाई दोष लगाईरहन यसकारण खान र पिउनमा बा पर्वको दिन, वा औसीं या शवाथदिन मान्ने विषयमा कुनै मानिसले तिमीहरुलाई दोष नदिओस । यी चाही आउने कुराका छाँया मात्र हुन । तर वास्तबिकता चाहिँ ख्रीष्ट हुनुहुन्छ । (कलस्सी २ः१६,१७) हुदैन पनि । यस विषयमा यति कुरा बुझिसकेपछि कसैले पनि टीका या सिंदुर जस्ता कुराहरुलाई ग्रहण गरिरहनु पर्ने आवश्यक ठान्दैन । उसले आफै नै ख्रीष्टमा अबदेखि यी कुनै कुराको आबास्यकता छैन भनेर बुझ्ने छ र इन्कार गर्न सक्नेछ ।
आमिन ।

-Sanjay Barma

Source:

https://lalpost.com  

https://www.academia.edu

https://www.ucanews.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...