जीवनको चुनौतीहरुमा पनि कसरी परमेश्वर प्रति इमान्दार रहने?

जीवनको चुनौतीहरुमा पनि कसरी परमेश्वर प्रति इमान्दार रहने?


From Nepali Christian dot com :……
त्यो मानिस धन्यको हो, जो आपतविपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरुलाई दिने प्रतिज्ञा गर्नुभएको छ – याकुब १:१२
तपाई र म जीएको युग साँच्चै एक प्रकारले बडो तनावपुर्ण युग छ । यहाँ प्रतिस्पर्धा छ, अशान्ति छ अनि सफलता पाउन, नाम कमाउन, दाम कमाउन निकै कठिन छ । कहिले काँही तपाई म संलग्न भएको काम वा जिम्मेवारी त्यागेर छोडन् हामीलाई मन हुन्छ । काँहीले काँही त हामी हाम्रो विस्वासलाई पक्डी राख्न नसकेर हामी पछाडी जान पनि चाहन्छौ । कतिपय अवस्थामा हामी जीम्मेवारी निभाउन वा लिन पनि चाहदैनौ । अझ हामीले सकेसम्म मानिसको भलाईको काम गर्दागर्दै वा असल काम गर्दा पनि जस नपाउदात बडो निराशाले छाउदछ, लुत राम्रो गर्दा नहुने बरु यसै गरिदिन्छु भन्ने विचार पनि आउछ । अनि कति अवस्थामा हाम्रो जीवनमा आएको चुनौती र समस्याहरुले गर्दा विस्वासयोग्य वा इमान्दार रहन निकै हम्मे हामीलाई पर्दछ । तर आज हामीलाई जस्तो सुकै परिस्थितमा पनि परमेश्वरप्रति इमान्दार रहन जोशले भरिएको जीवन्त वचन हामीलाई दिनुभएको छ ।
यो विस्वासयोग्य वा इमान्दारिताको कुरा गर्दा मलाई एउटा कथाको याद आउछ ।
एकजना राजालाई एकदम विस्वासीलो सेवकको आवश्याक्ता थियो र दुईजना उमेद्ववारबाट छनौट गर्नुपर्नेभयो । राजाले दुबैलाई निश्चित ज्याला तोके र एउटा बाल्टिनमा नजिकैको इनारबाट पानि भर्नुपर्ने काम दिए र बेलुका दुबैको काम हेर्न आउछु भनि राजा त्याहाँ बाट गए । एक दुई बाल्टिन पानी भरे पछि एकजना मानिसले भन्यो “यस्तो प्रकारको काम गरेर के फाईदा हुन्छ ? जब कि हामीले बाल्टिनमा पानी भर्ने साथ एकातिर बाट चुहिएर सकिन्छ” ।तर अर्कोले भन्छ, “तर हामीले ज्याला पाएका छौ नी, होईनर ? प्रयोग गर्ने मालिकको काम हो, हाम्रो होईन । उहाँ ज्ञानी राजा हुनुहुन्छ, र सायद यसको केही उदेश्य होला जुन हामी बुझ्न सक्दैनौ।”त्यस शिकायत गर्नेले भन्यो “म यो मुर्खले गर्ने जस्तो काम गर्दिन होई ।” उसले आफ्नो बाल्टिन फाल्यो र त्याहाँबाट गईहाल्यो । तर अर्को मानिसले इनारको पानि सुकुन्जेल आफ्नो काम निरन्तर गरिरह्यो र तल हेर्दा पिधमा उसले केही चम्किलो वस्तु देख्यो । र त्यो चाहिँ हिराको औठी थियो । अचम्म मान्दै त्यसले भन्यो, “बाल्टिमा पानी खन्याउनुको महत्व मैले अहिले देखे!” यदि इनारमा पानी सुक्नु भन्दा अगि बाल्टिमा पानी खन्याउदा औठी आएको भए त्यो पानी खनाईएको बाल्टिमा छानिन्थ्यो । राजाले आफ्नो औठी खोजीरहनुभएको थियो । हाम्रो काम अर्थहिन थिएन ।” अब राजाले एकदमै विस्वासिलो यानेकी भरपर्दो सेवक पायो । यसको अर्थ चाहि, हाम्रो जीवनमा पनि नचाहेको घटनाहरु वा कामहरु हुन्छन् वा हुनेछ र परमेश्वरले मात्र किन यो हुदैछ भनि जान्नुहुन्छ । यस्तो परिस्थितिमा पनि हामीले एउटै कुरा गरिरहनुपर्छ र त्यो चाहिँ हो इमान्दार र विस्वासिलो गरि अडिग रहनुपर्दछ । अनि हाम्रो जीवनमा यस्तो चुनौति किन आएको रहेछ थाहा पाउनेछौ ।
म यसपल्ट नेपाल ३१ महिनाको अन्तरालमा फर्किए । मैले मेरो मित्र, भाई बहिनीहरु र नातेदारहरु सँग छोटो तर ज्यादै राम्रो समय विताए । हाम्रो सम्बन्ध, प्रेम र योजनाहरु बलियो बन्यो । हाम्रो देश नेपालमा यो भएन त्यो भएन भन्ने धेरै सुनिन्छ तर साँच्चै राम्रो आँखाले हेरेमा हाम्रो देशमा धेरै परिवर्तन भएको मैले पाए । हामीले कोरीया, अमेरीका सँग तुलना गर्यौ भने त नराम्रो देखिन्छ तर हामीले नाम गर्ने मापदण्डलाई परिवर्तन गर्नुपर्दछ । साँच्चै हाम्रो देशलाई तपाई र हाम्रो खाँचौ छ । देश निर्माण, सामाजिक विकास र परमेश्वरको काम गर्न हामीहरुको खाँचो छ । हामी एक्लैले गरेर के हुन्छ भन्ने भावनालाई त्यागौ सायद कति जनालाई थाहा होला । नेपालमा एकदमै चलेको सपिङ्ग मलको नाम भाट भटेनी हो जुन चाहि एक साधारण व्यक्ति मिन बहादुर गुरुङ्ग जो खोटाङ्गबाट आएर काठमान्डौमा कोल्ड स्टोर खोलेर व्यापारीक पेशा शुरु गरेका थिए । र उनले सामाजिक जिम्मेवारी निभाउदै क्यान्सर अस्पताल खोल्न सहायता गरेका छन् आज काठमान्डौंमा यस मलका ठुला ठुला भवनहरु बनिरहेका छन् |
आज तपाई र म पनि आर्थिक, समाजिक तथा शैक्षिक विकास, मण्डली विकास र परमेश्वरको सेवाकाई गर्नमा साँच्चै लागि पर्नुपर्दछ । यदि तपाईलाई कमजोर छु भन्ने लागेको छ की ? होइन है विचलन नभईकना हामी अगि बढनुपर्दछ । हामीलाई हितोपदेश ३०:२५ ले भन्दछ कमिला थोरै बल भएका प्राणीहरु हुन् तापनि ग्रीष्म ऋतुमा नै तिनीहरु आफ्नो भोजन सञ्चय गर्दछन् । मलाई मेरो बाबुले यस्तो गर वा नगर भनेर प्रत्यक्ष रुपमा भन्नुहुन्न उहाँले कुनै उदाहारण वा भनाई प्रयोग गर्नुहुन्छ । सायद अझ छोरो साहसी र बलियो होस र राम्रो लक्ष पुरा गरोस भनेर होला यो पटक उहाँले लेख्दै गर्नुभएको सानो पुस्तकको पहिलो पाना पढन दिनुभयो । जसमा गाउँ घरमा भनिने जनश्र्रुतीको कथा थियो र त्यो पनि कमिलाको बारेमा थियो । हाम्रो गाउँमा धेरै प्रकारको कमिलाहरु छन तर नाम जानेको कमिला चाहिँ ७ प्रकारका छन र ति हुन चोर कमिला, लाटो, बाठो, सात चोटे, टाउके, घिउ कमिला, त्राकालेपा यो अन्तिम नामको चाहिँ रुखमा बस्छ र अरु चाहिँ माटोमा बस्छ । उनीहरु फिलिप्पि २:२ मा लेखिएको कुरालाई ज्यादै पालन गर्दछन् बडो मिलनसार हुन्छन् ।
एक दिनको कुरा रुखको फेदमा धेरै फटेङ्ग्राहरु भेला भई उफ्रदै कोही गाउने कोही नाच्ने र हाँस्दै बडो मजा गरिरहेका रहेछन् । त्यही समयमा तिनीहरुले बडो मेहनतले परिश्र्रम गरिरहेका कमिलाहरुलाई देखेछन् र इश्र्या गर्दै फटेङ्ग्राहरुले भन्यो तिमीहरु के काम गरिरहेको हो आउ हामी सँग रमाऊ कहिले काँही त मोज पनि गर्नुपर्दछ भनि बोलाए तर कमिलाहरु मानेनन् । कमिलाहरुले भन्यो किन इश्र्या गर्छौ तिमीहरुको सकिएको बुद्दि काम गर नत्र अनिकालमा थाहा पाउलौ । बुद्दिमान र लगनशिल कमिलाहरुले सिजनको बेला अनाज भण्डार गरेर आफ्नो जीवन बचाए तर निर्बुद्दि फटेङ्ग्राहरु हिउदमा न बाँस न कपास भए ।
पिताले लेख्नुभएको यो परिमार्जित कथाले हामीले पहिला देखिनै सुनिआएको शन्देशको याद गराउदछ तर पनि केही निश्चित पाठहरु मैले सिके र यसलाई निकै ध्यान दिएको छु ।
१. लगनसिल, सहनसिल र इमान्दार
२. इश्र्या नगर्ने
३. ठिक समय वा ऋतुको सदुपयोग गर्ने
त्यसैले प्रभुमा प्रिय दाजु भाई तर दिदीबहिनीहरु म तपाईहरुलाई अन्तमा भन्दछु यी मेरा भनाइहरु होइनन् तर बाइबलका खण्डहरु हुन । भलाई गर्ने काममा हामी नथाकौ, किनभने यदि हिम्मत हारेनौ भने ठीक समयमा हामी कटनी गर्नेछौ –गलाती ६:९ । परमप्रभुको प्रतिक्षा गरौ । बलिया होआऊ, र हाम्रो हृदय साहसिलो होस् र परमप्रभुकै प्रतीक्षा गरौ (भजनसंग्रह २७:१४)। परमप्रभु र उहाँको शक्तिको निरन्तर खोजी गरौ, उहाँको दर्शन निरन्तर खोजौ (१ इतिहास १६:११) र हामी जस्तो सुकै अवस्थामा पनि इमान्दार, विस्वासीलो रहन सक्नेछौ र पाउनु पर्ने इनाम पाउनेछौ र जीवनमा सफलता पनि पाउनेछौ । परमेश्वरको धार्मिक्ता खोजौ र हामीलाई सबै थोक थपिनेछ ।
जोनाथन राई

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...