प्रभु तपाईंलाई भेट्न आउनुहुन्छ

बानी कसरी हुन्छ थाहा छ तपाईंलाई ? एकपल्ट मात्र गरेकोले बानी बस्ने होइन । एकपल्ट मात्र संगति नजानाले संगति नजाने बानी बस्ने होइन । तर एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ गर्दै संगतिमा नगएपछि संगति नजाने बानी हुन्छ । एकपल्ट मानिसले अल्छि गर्छ, दोश्रो पल्ट अल्छि गर्छ, अनि उसले वहाना गर्न थाल्छ, त्यसपछि उसले संगतिको वास्ता गर्न छोड्छ अनि उसलाई संगति नजाने बानी बस्छ । अनि विस्तारै उसले क्रिश्चियनहरूको संगत गर्न पनि छाड्छ र प्रभुदेखि टाढा हुन्छ । यसकारण संगति जानको लागि हामीले एक अर्कालाई उत्साह दिनुपर्छ । किनकि “प्रभुको दिन झन–झन नजीक आइरहेको छ ।” के तपाईंले आÇनो संगी विश्वासीलाई, “आउनुहोस हामी चर्च जाऊ, प्रार्थना गरौं, संगति गरौं भन्नुभएको छ ?” के तपाईंले प्रभुसँग संगति गर्नको लागि
कसैलाई उत्साह दिनुभएको छ ?


तपाईंलाई थोमाको घटना याद छ कि छैन ¤ येशू प्रभु मृतकबाट बौरिएपछि चेलाहरूकहाँ देखापर्नुभयो, त्यतिबेला थोमाचाहिँ
चेलाहरूको संगतिमा थिएनन् । अनि अरु चेलाहरूले तिनलाई भने हामीले येशू प्रभुलाई देख्यौं, उहाँ त बौरी उठ्नुभएको छ, हामीले उहाँसँग संगति ग¥यौं (यूहन्ना २०ः१९–२३) । तर थोमाले उनीहरूको कुरामा विश्वास गरेनन् उनले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन ” (यूहन्न २०ः२५ ) ।”
वास्तवमा हामीले कसैलाई पनि प्रार्थना सभामा जाऊँ भन्दैनौ । हामीले चर्चमा प्रभुलाई भेट्यौं भनेर भन्दैनौ । तर हामीले साथीहरूलाई भन्नुपर्छ । जसरी चेलाहरूले येशू प्रभुलाई भेटेका कुरा बताएका थिए । तपाईं कता गएर आउनुभयो भनेर कसैले सोध्यो भने मात्र हामी बताउँछौ वा भन्न पनि लाज मान्छौ । हामी जसले प्रभुलाई भेटेका छौं हामीले अरुहरूलाई पनि बताउनैपर्छ । उनीहरूले विश्वास गरुन् वा शंका गरुन् तर बताउने काम हाम्रो हो ।
चेलाहरूले येशूलाई भेटेको कुरा बताए, तर थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा
राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन ” (यूहन्न २०ः२५ ) ।”किन थोमाले यसो भनेका थिए ? किनकि तिनको चित्त दुखेको थियो, तिनी निराश भएका थिए, तिनले शंका गरे र प्रभु येशू बौरी उठ्नु भएको कुरामा विश्वास गरेनन् । कतिपयले थोमालाई शंकालु थोमा भनेर पनि चिन्छन् । मत्तीको पुस्तक २८ः १६–१७ मा कसै–कसैले शंका गरे भनेर लेखिएको छ तर शंका गर्ने थोमा मात्रै हो कि अरु पनि थिए भनेर चाहिँ लेखिएको छैन ।
तर कतिले शंका गरे भन्दा अरुहरू पनि थिए होलान् तैपनि किन थोमालाई मात्रै शंकागर्ने थोमा भनिएको होला | थोमालाई मात्र शंकालु भन्दा कहिलेकाही अन्याय गरिएको जस्तो पनि लाग्छ मलाई ¤ लाजरस विरामी छन् भन्ने खबर सुनेर येशू प्रभु तिनलाई भेट्न यहूदियमा जान लाग्नुभयो, चेलाहरूले उहाँलाई भने, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन
चाहन्छन् । जो केही अघि भएको थियो । तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्” (यूहन्ना ११ः८ ) येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंड्छ भने ऊ ठोक्किने छैन र लड्ने छैन । किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ । तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ । किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन” (यूहन्ना ११ः८) ।”त्यसबेला थोमाले यस्तो उत्सासहपूर्ण प्रतिक्रिया जनाएका थिए, “हामी पनि जानेछौं अनि येशूसँगै यहूदियामा मर्नेछौं ” (यूहन्ना ११ः१६ ) ।
मृतकबाट बौरिएपछि आÇना चेलाहरूलाई दोश्रो भेट दिन येशू आठ दिनपछि फेरि आउनुभयो । वास्तवमा प्रभु त्यतिबेला थोमालाई भेट्न मात्रै आउनुभएको थियो । प्रश्न उठ्न सक्छ, प्रभु किन एकजना थोमालाई मात्र भेट्न आउनुभएको होला ? किनकि अरुको मनमा शंका थिएन तर थोमाको मनमा मात्र शंका थियो । प्रभु तपाईंको लागि मात्रै आउनुहुन्छ, तपाईं एकजनाको लागि मात्रै प्रभु
आउनुहुन्छ । तपाईंलाई भेट्न मात्रै प्रभु आउनुहुन्छ किनकि प्रभुको लागि तपाईं महत्वपूर्ण हुनुहुन्छ र तपाईंलाई प्रेम गर्नुहुन्छ । प्रभु सयवटा भेडाहरूलाई छाडेर तपाईंलाई खोज्न आउनुभएको छ ।
कसैले भन्न सक्छ, एकजनाको लागि किन दुःख गर्ने अरु बाँकी भेडाहरू त छँदैछन् नि? तर त्यसो होइन प्रभु तपाईं एकजनाको लागि आउनुहुन्छ । तपाईं मरियमले जस्तै गरी प्रभुलाई खोजीरहेको हुन सक्नुहुन्छ । जसरी मरियमले उहाँलाई खोजेकी थिई । ऊ चिहानमा गइ र आशु बगाएर रुन थाली । प्रभु छेऊमै आएर सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?” (यूहन्ना २०ः१५) । तपाईंले प्रभुको चाहना गर्नुपर्छ, जसरी मरियमले प्रभुलाई खोजेकी थिई, ऊ चिहानमा गई र रुन थाली आँसु बगाइ र प्रभुुलाई खोजी प्रभु छेऊमा आउनुभयो र भन्नुभयो नारी तिमी कसलाई खोन्दैछौ किन रुँदै छौं तर उसले प्रभुलाई चिन्न सकिन । प्रिय हो हामी पनि आँसु बगाउँछौं र प्रभुलाई खोजी गर्छाैं प्रभु छेऊमै हुनुहुन्छ तर पनि हामी उहाँलाई चिन्न सक्दैनौ जसरी मरियमले चिन्न सकेकी थिइन । प्रिय हो प्रभु हाम्रो छेऊमै हुनुहुन्छ र भन्नुहुन्छ छोरा÷छोरी म तिम्रो छेउमै छु ।
पत्रुसले प्रभुलाई तीनपल्ट इन्कार गरेका थिए । यसकारण उनले आपूmलाई येशूका चेला हुनको लागि अयोग्य ठानेका थिए होला । तर जब स्त्रीहरूले चिहानमा स्वर्गदूतलाई भेटे तब स्वर्गदूतले उनीहरूलाई यसो भने, “अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर । अनि पत्रुसलाई पनि
भनिदेऊ । तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ ।
तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ । उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ””(मकूर्स १६ः७) ।
किन प्रभुले पत्रुसको नाउँ लिनुभयो, मेरा चेलाहरूलाई मात्र भनेर किन भन्नुभएन ? किनकि पत्रुसले सोचेका थिए । म प्रभुको चेला हुन योग्यको छैन । यदि मेरा चेलाहरूलाई मात्र भनेर भनेको भए, पत्रुसले विचार गर्थे होला मलाई भनेको होइन किनकि मैले त प्रभुलाई तीनपल्ट इन्कार गरिसकेको छु । तर अरुलाई मात्र भन्नुभएको हो । यसैकारण प्रभुले उनलाई नामै काढेर खबर पठाउनुभयो । यसकारण तपाईंलाई पनि प्रभुले नामै काढेर बोलाउनुहुन्छ ।
अब प्रश्न उठ्न सक्छ, प्रभुलाई मैले कहिले इन्कार गरेको छु र ? प्रिय हो जब तपार्इं रक्सीको बोतल पिउँदै हुनुहुन्छ, व्यभिचार गर्दै हुनुहुन्छ, झगडा गर्नुहुन्छ, इन्टरनेटबाट नराम्रा सिनहरू हेर्नुहुन्छ तब तपाईंले पनि भनिराख्नुभएको छ, ‘म प्रभुलाई चिन्दिन ।’ अनि तपाईंले सोच्दै हुनुहुन्छ होला म प्रभुको चेला हुन योग्यको छैन । तर प्रभुले तपाईंलाई व्यक्तिगत रुपमा वास्ता गर्नुहुन्छ र नामै लिएर भन्नुहुन्छ । तिमी मेरा चेला हौ । मेरा छोरा छोरी हौ । म तिमीलाई माया गर्छु । तिमीले मेरो काम गर्नुपर्छ । त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ । मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ । शंका गर्न छोड अनि विश्वास गर्न थाल ”(यूहन्ना २०ः२७) । पद २८ मा थोमा यसो भनेर जवाफ दिन्छन्, “मेरा प्रभु र मेरा परमेश्वर”” तर प्रभुले भन्नुभयो , “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ । ती मानिसहरू धन्य हुन् जस–जसले मलाई नदेखिकनै विश्वास गरे” पद २९।” तपाईंहरूले प्रभुलाई देख्नुभएको छ ? मैले प्रभुलाई विश्वास गरेको ७० वर्ष भयो तर मैले एकपल्ट पनि प्रभुलाई देखेको छैन । तर पनि म प्रभुमा विश्वास गर्छु । हामी नदेखेरै पनि हामी उहाँलाई विश्वास गर्छांै र प्रेम गर्छांै (१पत्रुस १ः८) । के तपाईं नदेखेर पनि प्रभुलाई विश्वास गर्नुहुन्छ ? थोमाका जन्म्ल्याहा दाजुभाइ वा दिदीबहिनी कोही पनि थिएनन् तर पनि थोमाको अर्थ जुम्ल्याहा हुन्छ । किन भयो त जुम्ल्याहा ? वास्तवमा तपाईं पनि जुम्ल्याहा हुनुहुन्छ, तपाईंभित्र पनि दुईवटा थोमा छ । एउटा असल थोमा र अर्काे खराब थोमा, असल थोमाले भन्छ, चर्च जाऊ, प्रार्थना गर, संगति गर । तर अर्काे थोमाले भन्दछ, किन जानुप¥यो चर्च ? बाइबल पढ्नु पर्दैन ¤ अनि त्यसले अभैm खराब व्यक्तिहरूको संगत गर्न सिकाउँछ । शरीरका अभिलाषाहरू पूरा गर्न सिकाउँछ ।
रोमी ७ मा पावल भन्दछन्, म भित्र दुईवटा व्यवस्थाले काम गरेको म पाउँछ । एउटा थोमाले शंका गर्छ, निराश हुन्छ, त्यसलाई सेवामा जान मन पर्दैन, जो जाँड रक्सि खान मन पराउँछ, नराम्रो काम गर्न मन पराउँछ । नराम्रो पुस्तक पुस्तिकाहरू पढ्न मन पराउँछ । तपाईंको मनमा आउँन सक्छ, मैले प्रार्थना गरेको हो तर पनि खोइ त, मेरो प्रार्थनाको उत्तर ? मेरा बाबुको लागि, आमाको लागि, छोरा र छोरीहरूको लागि गरेका प्रार्थना, श्रीमानको लागि श्रीमातीको लागि प्रार्थना गरेकै हो, खोइ त सुनुवाई भएको छ ? हो यस्तै शंका गर्ने थुमाकहाँ प्रभु आइरहनुभएको छ ।
यसकारण थोमा जस्तै शंका गर्ने र गल्ति गर्ने मानिस हुनुहुन्छ भने पनि अब चिन्ता नलिनुहोस् प्रभु तपाईंकहाँ आउँदैहुनुहुन्छ ।

Source: Bachan Patrika

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...