कुन प्रेरितको मृत्यु कहाँ र कसरी भयो ?

१. याकुबः याकुब युहन्ना दाजु थिए, प्रेरितहरुमध्ये सबैभन्दा पहिले मारिने प्रेरित यिनी नै थिए। ई.स. ४४ मा याकुबलाई मिश्रमा हेरोदले तरवारले काटेर मृत्युदण्ड दिए। उनी यतिसम्म प्रचार गर्दथे कि उनको पहराको लागी खटाइएको रोमी सिपाहीलाई समेत उनले ख्रीष्टियन बनाइसकेका थिए। उनको मृत्युदण्डको दिन त्यस सिपाहीलाई तरवार उठाएर याकुबमाथि प्रहार गर्न भनियो। उसले तरवार उठायो तर उसको तरवार रोकियो। उसले याकुबको पहरामा बिताएको समयमा आफुपनि ख्रीष्टियन भएको कुरा सबैका सामु स्विकार गर्यो। हेरोदले त्यो सिपाहीलाई पनि याकुबसँगै मृत्युदण्ड दिने आज्ञा दिए। र दुवैको शिर काटियो। शिर काट्ने तयारी हुदा याकुबले त्यो सिपाहीलाई भने, भाई केही क्षणमा नै अमरत्वको देशमा भेटौला ।
२. अन्द्रियासः अन्द्रियास पत्रुसको भाई थिए, यीनले इथियोपिया, साइथियन र सेसीमा सुसमाचार प्रचार गरेका थिए। उनले यि क्षेत्रहरुमा जबरजस्त तरिकामा ख्रीष्टका प्रचार गरे। थुप्रै मानिसहरुलाई प्रभुमा ल्याएँ। मण्डलीहरु सुरु गरे। उनलाई एडेसिजका राज्यपाल एजीयसले सुसमाचार प्रचार नगर्न चेतावनी दिएँ। तर उनले उनको चेतावनीको परवाह गरेनन् । उनले निरन्तर रुपमा प्रचार कार्य जारी राखे। राज्यपाले अन्द्रियासलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आदेश दिए। जब उनलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिनलाई लगिदैथियो, उनले टाँढाबाट क्रुसलाई देखे र यसो भने, “लामो समयदेखी मैले प्रतिक्षा गरिरहेको हे क्रुस तिमीलाई स्वागत छ। क्रुसमा चढ्ने ब्यक्तीकै चेला भएकोले म खुशीसाथ, आनन्दले र स्वइच्छाले तिमीकहाँ आउदैछु। म् तिम्रो प्रेमी हुँ। तिमीलाई अङ्गाल्नु मेरो सौभाग्य हो।” त्यहाँ उनले क्रुसलाई अङ्गालो हाले र उनलाई त्यसपछि क्रुसमा टाँगियो। उनले क्रुसको पिडादायी स्थीतीमा पनि त्यहाँ रहेका मानिहसरुलाई प्रचार गरिरहे सिपाहीहरुले उनी चाडै मरेका होउन भनि उल्टो क्रुसमा टाँगे। तर उनी अझै पनि प्रचार गरिरहे। अन्तिममा सिपाहीले बञ्चरोले उनको टाउकोमा हिर्काए र उनलाई मारिदिए।
३. मर्कुस : मर्कुस पत्रुसका दोभाषे थिए। पत्रुस कम पढेलेखेका मानिस भएको हुनाले उनलाई त्यसबेलाका कति भाषाहरुको ज्ञान थिएन। त्यसकारण अनुवादको लागी पत्रुसले मर्कुसलाई साथमा लिएर जाने गर्दथे। पत्रुसबाट उनले येशुका कथाहरु सुने र त्यसैलाई पुस्तकको रुपमा तयार गरे। जो बाइबलमा मर्कुसको सुसमाचारको रुपमा प्रख्यात छ। परम्परा अनुसार मर्कुस मिश्रको अलेक्जेन्ड्रियामा गएर सुसमाचार प्रचार गरे। त्यहाँका मानिसहरुले उनलाई रथमा टाँगेर जमिनमा धसारेर मारे। उनले त्यहाँ कप्टिक मण्डली पनि स्थापना गरे जो अहिले इजिप्टको सबैभन्दा ठुलो ख्रीष्टियन सँगठन हो। उनका हड्डीहरु अझैपनि इजिप्टको कुनै चर्चले सुरुक्षीत राखेको छ ।
४. पत्रुस : पत्रुसले रोममा प्रचार कार्य गरे। ई।स। ६८ मा रोमी सम्राट नेरोले यिनलाई पक्राउ गरे। नेरो अति नै दुष्ट सम्राट थिए। उनले पत्रुसलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने आज्ञा दिए। तर पत्रुसले आफु येशु ख्रीष्ट झै सुल्टो क्रुसमा टाँगिन योग्यको नभएको भन्दै उल्टो क्रुसमा टाँग्ने आग्रह गरे। अन्त्यमा सिपाहीहरुले उनलाई उल्टो क्रुसमा टाँगे र उनको मृत्यु भयो। उनको चिहान अझै पनि सेन्ट पिटर्स चर्च को बेदि मुनी रोममा सुरुक्षीत छ। रोमन क्याथोलिक मण्डलीका पोपले सम्बोधन गर्नका निम्ती बनाइएको स्थान मुनि पत्रुसको हड्डीहरु छन् भन्ने बिश्वास गरिन्छ।
५. फिलीपः फिलीप र उनका दुई छोरीहरुलाई हिरापोलिसमा शहिद बनाइयो । तर उनलाइ कसरी मारियो भन्ने बारेमा कुनै स्पष्ट एतिहासीक प्रमाणहरु भने छैनन् ।
६. बारथोलोमाई : परम्परा अनुसार उनले इराकमा र भारतको उत्तर–पश्चिम भुभागहरुमा प्रचार गरेका थिए। उनले भारतमा त्यहाँको स्थानिय भाषामा मत्तीको सुसमाचारलाई पनि अनुवाद गरेका थिए। उनलाई आरमेनिया देशमा क्रुसमा उल्टो पारेर टाँगेर हत्या गरियो।
७. अल्फयासको छोरा याकुब : अल्फयासको छोरा याकुब परम्परा अनुसार उनले स्पेनसम्म गएर प्रचार गरेका थिए। उनलाई पक्कै पनि मारिएको थियो। तर कहाँ र कसरी मारियो भन्ने बारेमा कुनै निश्चयता छैन।
८. सिमोन कनानी : यीनले बेलायतमा गएर प्रचार कार्य गरे र थुप्रै मण्डलीहरु स्थापना गरे। उनलाई त्यही नै मारेर शहिद बनाइयो भन्ने कुरा परम्पराले हामीलाई बताउँदछ।
९. कर उठाउने मत्ती : परम्परा अनुसार उनले इथियोपियामा गए र त्यहाँ सुसमाचार प्रचार गर्ने कार्य गरे। उनल थुप्रै इथियोपियाली र मिश्रीहरुलाई प्रभुमा ल्याएँ। त्यहाँका राजा हेरकेनश मत्तीसँगै साह्ै क्रोधित भए र उनलाई भालाले हानेर मार्ने आदेश दिए। उनले येशुको जीवनी लेखेका छन् जो मत्तीको सुसमाचारको नाउँले बाइबलमा प्रख्यात छ।
१०. येशुका भाई याकुब : यिनी मण्डली इतिहासमा प्रार्थनाका योद्धा भनेर चिनीन्छन्। मण्डली इतिहासकारहरुको भनाई अनुसार उनले यति समय प्रार्थनामा बिताउँथे कि उनको घुडाको छाला ऊटको छाला जस्तो भएको थियो। उनलाई येरुशलेमका प्रधान पुजाहारीहरुले पक्रे र येशुलाई अस्विकार गर्न आज्ञा गरे। याकुबले अस्विकार गरेपछि उनलाई मन्दिरको टुप्पोमा लिएर राखे र फेरी पनि अस्विकार गरे त्यहाँबाट धकेलिदिने चेतावनी दिएँ। याकुब मन्दिरको टुप्पामा गए र येशु नै मशिह हुनुहुन्छ भन्दै आफै हाम फाले। उनी अझैपनि जिवितै थिए तर पछि भिडले उनी माथि ढुङ्गा बर्सायो र उनको मृत्यु भयो।
११. थोमा : थोमा प्रचार गर्न भारतमा आए। उनी भारतमा ई।स। ५१ मा आएका थिए। उनले मद्रासको मलावार क्षेत्रमा सुसमाचार प्रचार गर्ने काम गरे। उनले त्यहाँ येशुको नाउँमा आश्चर्यकर्महरु गरे र मृतकहरुलाई पनि जिवित तुल्याएँ। उनले त्यहाँ ७ वटा ठुला ठुला मण्डलीहरु स्थापना गरे र एल्डरहरु नियुक्त गरे। अन्त्यमा उनलाई त्यहाँका राजाले मार्ने आदेश दिइयो र उनलाई भालाले घोचेर मारियो। उनको चिहान अहिले पनि दक्षिण भारतको मद्रासको चेन्नईमा सुरुक्षीत छ।
१२. प्रेरित पावल : प्रेरित पावल पहिलो रोमी कैदबाट छुटे र केही बर्ष प्रचार कार्य गरे। सम्राट नेरोले ई.स. ६८ मा उनलाई पुनःपक्राउ गरे र रोम शहरको बाहिर त्रेफोनतेन (त्रेतन फुहाराहरु) भन्ने ठाउँमा शिर काटेर मृत्युदण्ड दिइयो। त्यस ठाउँको नाउँ पहिले अर्कै थियो तर पावलको शिर काटेपछि उनको छिनालिएको टाउँको तिन पटक उफ्रेको र उनको शरिरबाट ३ पटक ठुला ठुला रगतका धारा बगेको कारणले त्यस ठाउँको तिन फुहाराहरु राखियो। पछि तेस्रो शताब्दीमा सम्राट कन्टन्टाइनले उनको चिहानमा मण्डली बनाएँ जो सेन्ट पौल चर्च हो। पावलको अवशेष अहिले पनि सेन्ट पौल चर्च रोमको बेदी मुनी सुरुक्षीत छन्।
१३. युहन्ना : येशुका चेलाहरुमध्ये कालगतीले मर्ने चेलाहरुमा युहन्ना मात्र पर्दथे। तर उनले थुप्रै यातनाहरु सहनुपरेको थियो। सम्राट डोमिसियनले उनलाई उम्लैदै गरेको तेलको कराहीमा हालिदिएको थिए तर उनी त्यहाँपनि बाँच्न सफल भए। त्यसपछि उनी कठोर परिश्रम गरेर मरुन् भनेर पत्मोस टापुमा लगियो तर उनले त्यहाँ येशु ख्रीष्टबाट प्रकाश पाए र प्रकाशको पुस्तक लेखियो। परम्परा अनुसार उनले येशुकी आमा मरियमलाई लिएर एफिससमा गएर बसेका थिए। पछि त्यही नै येशुकी आमा मरियमको मृत्युभयो। यहुन्ना पनि उमेर खाएर मरे। भनिन्छ उनी मानिसहरुलाई देख्न पनि सक्दैनथे र मण्डलीका भाईहरुले उनलाई बोकेर सङ्गतीमा ल्याउने र लैजाने गर्दथे।
अन्त्यमा, सबै चेलाहरुले बिभीन्न ठाउँमा गएर प्रचार कार्य गरे र तिनीहरु येशुको निम्ती मारिए पनि। सुसमाचार समृद्धी र आशिशको सुसमाचार हो तर त्यो भन्दा बढ्ता यो त्याग र बलिदानको सुसमाचार पनि हो।

Reference: www.christianity.com

www.sunstar.com.ph

Main urce: Bachan Patrika

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...