मान्छेले मान्छेमा सार्न सकिने वरदानहरु कसको नियन्त्रणमा होला ?

कसैले वरदानहरूलाई अभिषेक गरेर सारी दिन्छु भन्छभने, त्यो बोक्सिविधा जस्तै हो
अन्यभाषाको वरदान पाएकाहरूले धेरैचोटी आफूलाई अरुहरू भन्दा धार्मिक, पावित्र ठान्दछन् थुप्रै ठाउँमायस्ता आत्मिकठान्ने ख्रीष्टियनलेअरू सोझा उनीहरूजस्तैगरीजिब्रोहरूद्वाराप्रस्तुतहुन् नजान्नेइसाईहरूलाईबाहिर चोककोइसाईहरूकोदर्जा दिएकोमैले देखेकोछु
परमेश्वरको छेउमा जाने उहाँलाईप्रशंसा चढाउने व्यक्ति चाहे मिठोमिठो शब्दहरूमा प्रार्थना गर्न नजान्ने व्यक्ति होस्, चाहे विभिन्न वरदानहरूले भरेका कुनै मानिस होस्, परमेश्वरको दृष्टिमा सबै बराबर हुन्छन्
एकजना जर्ज मेलोन भन्ने व्यक्ति जसले आफै अन्यभाषामा प्रार्थना गर्दछ उनलेआफ्नो पुस्तकती विवादस्पद वरदानहरूमा अन्यभाषाको चर्चा गर्दै यसलाईख्रीष्टियन मित्रता एकता तोड्ने शताब्दीकै सबैभन्दा ठुलो विषयभनि मानिलिएका छन् तर यसलाई अझ गम्भीररुपमा परमेश्वरको उपस्थिति बिथोल्ने समस्या ठान्दछु
मलाई पटकपटक थुप्रै अन्यभाषा बोल्ने साथीहरूले तिमी आत्मिकख्रीष्टियन होइन रहेछ भनेर भनेका छन् इसाई विश्वासमा आउदै गर्दा एउटा झुण्डले मलाई अन्यभाषाको वरदान प्राप्त गर्नुहोस् भनेर मेरो वरिपरी उभिएर जोडजोडले , , , भनेर कराउन लगाएको थियो नयाँ थिए, उनीहरूको पछिपछि कराएँ श्रवन भाइलाई आत्माले छुयो भनेर उनीहरूले तालि बजायो वास्तवमा मलाई मुर्ख बनाएर उनीहरूले परमेश्वरको आत्माद्वारा प्राप्त हुने विशेष वरदानलाई कण्ठस्त गराउने अभ्यास गर्दै थियो जुन आजपनि काठमाडौं नेपालभित्रका थुप्रै मण्डलीमा अभ्यासका रुपमा चल्दै आएको
केहि हप्ता अगाडि एउटासाम्प्रदायिक मण्डलीमा संगतिमा गएको थिएँ स्तुति प्रशंसा हुँदै गर्दा बीचमा मौन बस्न लगाईयो केहीछिन मौन बसेपछि आउनुहोस् हामी सबैजना मिलेर अन्यभाषामा प्रार्थना गरौँ भन्नुभयो त्यस् मण्डलीमा भएका लगभग सबैले अन्यभाषामा प्रार्थना गरे मैले गर्न सकिन त्यहाँ थुप्रै जनाको अगाडि आत्मिकी इसाई बन्न सकिनँ किनकि मैले यो वरदान पाएको छैन संगति संचालकले अन्यभाषामा प्रार्थना गरौँ भन्ने बित्तिकै सबैले एकसाथ गर्न थालेका अन्यभाषाको शब्दहरू कसबाट नियन्त्रित गरिएको भन्ने कुरामा प्रश्न गर्न सकिन्छ के मान्छेले अन्य भाषामा प्रार्थना गरौँ भन्ने वित्तिकै परमेश्वरको आत्मालाई तुरुन्तै मानिसहरूले आफ्नो नियन्त्रणमा ल्याउन सकिन्छ ?
बाइबलले शारीरिक आत्मिकख्रीष्टियनको कुरा गर्दछ, तर विशेष वरदानहरूका कारण शारीरिकबाट आत्मिक हुन्छ भनेर बाइबलले भन्दैन पश्चात्तापद्वारा आत्मिकता कमाउने कुरा बाइबलले गर्दछ
पवित्रआत्माको वरदानलाई झुठो ठहराउनेगरी थुप्रै मण्डली त्यसकाअभ्यासले धेरैचोटी आफ्नो भावनात्मक उत्तेजनालाई पवित्र आत्माको काम भन्ने गरेका छन् हरेक ख्रीष्टियनले यो बुझ्नु पर्दछ किपवित्र आत्माले भावनाहरू उत्पन्न गर्नुहुन्छ, तर भावनाहरूले पवित्र आत्मालाई ल्याउन सकिदैन
१कोरन्थी १२:१३ पदले हामीलाई स्पष्ट बताउँछ किहामी सबैले एउटै पवित्र आत्माद्वारा वप्तिस्मा पाएका छौं तरअन्यभाषा बोल्ने केहि मानिसहरूले यो कुरालाई नकारेर अन्यभाषाका वरदान नभएकाहरूलाई आत्माको वप्तिस्मा लिनुपर्छ भनेर उक्साउने गर्दछ बाइबलले प्रष्ट भन्दछ कि अन्यभाषा बोल्नु आत्माको वप्तिस्मा दुई फरक कुराहरू हुन् यो याद गर्नुहोस् पवित्र आत्मा पाएपछि कसैले पनिपवित्र आत्माको वप्तिस्मापाएको कुनै घटना छैन
पवित्र आत्माको वप्तिस्मा नै विश्वासीको जीवनको पहिलो कदम हो यसलेख्रीष्टको मृत्युमा हामी पनि उहाँसँगै गाडिएको, ख्रीष्टको देहको अङ्गहरू भएको , उहाँसँगै नयाँ जीवनमा बौरी उठेको कुरा बुझाउँछ पवित्र आत्माको बप्तिस्मा दुइवटा , तीनवटा भन्ने खालका शिक्षा अबाइबलीय हो अन्यभाषा बोल्नु नै पवित्र आत्माको बप्तिस्मा भन्ने शिक्षा बाइबल विपरित हो
अन्यभाषा नबोल्दा तिमीले आत्माको वप्तिस्मा पाएका छैनौं रहेछ भन्नेखालका आरोपहरूलाई पन्छ्याउन आफूलाईधर्मी देखाउनकै निम्ति थुप्रै इसाईहरूले नाटकियरुपमा अन्यभाषाको अभिनय गरिरहेका छन् जुन आजभन्दा केहि वर्ष अगाडि मैले पनि झन्डै गरेको थिएँ आत्माको वप्तिस्मा वरदानहरू फरक कुरा हुन् अन्यभाषा वप्तिस्मा होइन, एउटा वरदान हो अन्यभाषा कसैबाट सिकेर, घोकेर बोल्ने कुरा होइन
परमेश्वरमा कुनैपनि कुरा प्रदर्शनी देखावटीहुँदैन यसकारण कसैले कसैको शिरमा हात राखेर पवित्रआत्मा दिने आट गर्दछ वा परमेश्वरलाई आज्ञा गर्छ भने, उसले आफैलाई परमेश्वरको ठाउँमा उभ्याउने चेष्ट गरिरहेका हुन्छन् बाइबलले कहिँ पनि मानिसहरूलाई छुट्टै विधिगतरुपमा पवित्र आत्माको वप्तिस्मा दिनु भन्ने आज्ञा दिएको छैन येशूको बारेमा मात्र उहाँ बप्तिस्मा दिने व्यक्ति हुनुहुन्छ भनेर भनिएको यो काम कुनै मानिसलाई वा कुनै प्रचारकलाई दिइएको छैन
गम्भीर सत्यता यो होकी कसैमाथि हात राख्नु, शरीरको अंगहरू छुन हतार गर्नु परमेश्वराबाट आउनेवरदानहरूलाई आफैले मानिसहरूलाई अभिषेक गरेर शारी दिन्छु भन्नु बोक्सिविधा जस्तै हो कसैले पनि आफ्नो हातको माध्यमद्वारा अर्को व्यक्तिलाई पवित्र आत्मा दिईएको भान गर्छ भने, उसले परमेश्वरलाई आफ्नो अधिनमा राखेर अर्कै शक्तिबाट काम गरेको बुझ्नु पर्दछ
अहिले मण्डलीहरूमा दोस्रो वप्तिस्मा अन्यभाषाको नाउँमाझुटा आत्मा बोकेर हिडेकाहरूले आफूले प्राप्त गरेको शक्ति अरुहरूलाई सार्न प्रेरित गरिरहेका छन् पवित्र आत्मा, वा कुनैपनि वरदान एक व्यक्तिले अर्को व्यक्तिमा सार्न सकिने कुरा होइन वरदानहरूमध्ये सबैभन्दा कम प्रभाव रहेका अन्यभाषालाई आज अचम्मै ठुलो पारिएको यसले केहि कुरा गलत भइरहेको संकेत गर्दछ अन्यभाषालाई नै पहिलो पंतिमा राख्ने मण्डलीहरूमा परमेश्वरको महत्वले ठाउँ नपाईरहेको अवस्था देखाएको अन्यभाषाको नाउँमा, मण्डलीमा चिच्याउने, कराउने, लड्ने, अनियन्त्रित, काम्ने आत्मा संयममा बस्न नसक्ने जस्ता आत्माको प्रभाव दिनहुँ बढ्नुले यो बाइबलीय नभएको पुष्टि पार्दै आएको
धेरैजनाले अरुहरूलाई प्रभाव पार्नका निम्ति सुन्दर वरदानहरू प्राप्त गर्न चाहान्छन् यस्ताहरूलाई बाइबलीयस्पष्टीकरणको धारमा जाने सल्लाह दियौं भने उल्टै हामीलाई पवित्र आत्मा सम्वन्धि सिद्धान्तलाई गलत बुझेका,प्रेम नभएको इसाई, नआत्मिक भन्ने आरोप लगाइन्छ सबैले यो याद गरौँ कि झुटको पिताद्वारा अभिप्रेरितहरूले मात्र पवित्र बाइबलसँग नमिल्ने घटनाहरू, वरदानहरू, अन्यभाषाका अभ्यास गलत कुराहरूसँग सम्झौता गर्छ
बाइबललाई सहीरुपमा दाँजेर हेर्ने होभने, थुप्रै वर्तमान मण्डलीहरूमा अन्य भाषा, चिन्हरू शक्तिकाकामहरूको प्रलोभन देखाएर शैतानले आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् किनकि मानिसहरू चिन्ह देख्न चाहान्छन् अनौठो गुणहरू देखाउन चाहान्छन् शक्तिहरू प्रदर्शन गर्न चाहन्छन्, तर परमेश्वरको मापदण्ड विपरित चालिएका कामहरूप्रति ध्यान दिदैनन् यसैले गर्दा मानिसले मानिसलाई शक्तिका काम , अनौठो चिन्हका वरदानहरू बाँडीरहेका छन्, जुन अबाइबलीय
तपाईं आफै सोच्नुहोस् मान्छेले मान्छेमा सार्न सकिने वरदानहरू कसको नियन्त्रणमा होला ? मान्छेले मान्छेलाई बोल भन्दा, झ्वाट्ट बोल्न थाल्ने अन्य भाषाका वरदानहरू कसको शक्तिमा केन्द्रित होला ?
मत्ति २४:२४

किनकि झुटा ख्रीष्टहरू झुटा अगमवक्ताहरू खडा हुनेछन्, हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूलाठूला चिन्हहरू आश्चर्यका कामहरू देखाउनेछन् याद राख मैले तिमीहरूलाई अघि बाटै भनिदिएको छु
(बाइबलमा आत्मा वा पवित्र आत्माद्वारा बप्तिस्मा हुनु भन्ने कुरा सात पल्ट भेटिन्छ, पवित्रआत्माले भरिने कुरा चैधा पल्ट देख्न सकिन्छ )
श्रवन बोम्जन 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...