को हुन जोन डिक खवास ?? ईशाई जगतमा नुन झैं विलाएको जीवन ।

ईशाई जगतमा हामीले धेरै मिठा मिठा जीवन परिवर्तन गर्ने खालका भजन गितहरु सुनेका छौ । कतिपय भजन हामी दिनै गुनगुनाउछौं, तर कहिल्यै सोचेका छौं ? ति कसले लेखे ? कतिपय मानिसहरुको जीवन नुन जस्तैहुन्छ । आफु विलाएर अरुलाई स्वाद दिईराख्ने । उनीहरु पर्दा पछाडी पनि बिलाईरहेका हुन्छन जसको उपस्थिती नभएको भए अहिले हामीले ईशाई जीवनमा परमेश्वलाई दिईने आदार, प्रंशसा र महिमा सायद यति चखिलो हुन्थिएन । उनिहरु कहिल्यै चम्किन चाहेनन । कतिपय हामीहरु दुई लाईनको सायरी लेख्दा पनि तल बोल्ड अक्षरमा आफ्नो नाम लेखीहल्छौं । तर हामीले गाएका सयौं भजन, कोरस, गितहरु छन जसका लेखक को हुन भनेर हामीलाई थाहै छैन । जसले सँधै आफुलाई लुकाई ख्रीष्ट येशूलाई चम्काईराखे । नेपाली इसाई जगतमा अपरिचित व्यक्ति तर उनले रचना गरेका भजन गितहरु सबै माझ परिचित ति व्यक्तिको एउटा नाउँ हो जोन डिक खवास ।

जोन डिक खवास, जो दार्जि्लिङको कालिपोङग निवासी हुन् । जसले ९ वर्षको उमेरमा आफ्ना दुबै आँखाका ज्योती गुमाएका थिए । उनले आँखाको ज्योति गुमाउनुको कारण यस्तो थियोे । जब उनि ९ वर्षको हुँदा बिरामी भएका थिए । त्यसबेला उनका बुवा भाँक्र्री थिए । अनि उनले छोरालाई झारफूक गरे तर जोन चाहिँ निको हुन सकेनन् । त्यसपछि जोनको बुवालाई एकजना साथीले कागजमा धुलो दिएर यो धुलो लगेर तिम्रो छोराको आँखामा हालिदेउ अनि तिम्रो छोराको आँखा निको हुन्छ भने पछि जोनको बुवाले त्यसै गरे । तर जोनको आँखा भने ठिक भएन झन पूर्णरुपमा आँखा नदेख्ने बन्न पुगे । पछि गएर थाहा भयो, त्यो धुलो त सिसा पिसेर बनाएको रहेछ । यसरी जोनले अन्धविश्वासको कारण आफ्ना दुवै आँखा गुमाउन पुगे । जोनले आफ्ना दुवै आँखा गुमाएता पनि हरेश खाएनन् तर जीवनलाई असल तरिकाले जीउन चाहे । उनीले शारिरिक आँखा गुमाए, तर उनका आत्मिक आँखा चाहिँ खुले । उनले आफ्नो अध्ययन लाई निरन्तर गरे । जसकारण आज उनले दर्शनशास्त्र र शिक्षामा मास्टर डिग्री गरिसकेका छन् । उनले मिस युनिभरसिटि अफ इन्डिया सित विवाह गरे । हाल उनका २ जना छोराछोरी र ५ जना नातिनातिनाहरु छन् । उनले ३४ वर्षसम्म साल्भेसन आर्मी मर्सी स्कुल अफ व्लाइन्डमा केही समय शिक्षक र पछि गएर प्रधानाध्यापको रुपमा काम गरे । हाल उनको उमेर ८३ वर्षको भईसकेको छ । 
उनले आफ्नो सम्पूर्ण जीवन ख्रीष्ट येशूमा समर्पण गरे । जसकारण उनले १ सय भन्दा बढी भजन गितहरु रचना गरे, साथै ति गितहरुमा सङ्गीत दिएका छन् । उनले रचना गरेका भजन गितहरु नेपाली भाषी मण्डलीहरुमा लामो समय देखी गुञ्जीदै आइरहेका छन् । तर थुप्रै नेपाली भाषी इसाईहरुको विचमा जोन डिक खवास भने अपरिचीत नै छन् । उनले रचना गरेका भजन गितहरुले नेपाली भाषी इसाईहरुलाई परमेश्वरलाई नजीक बाट चिन्न, परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा थाहा गर्न साथै आत्मिक जीवनमा हुर्कन मद्दत पु¥याउदै आइरहेका छन् । थुप्रै मानिसहरुले उनका रचनाबाट ख्रिष्ट येशूलाई चिन्न सकेका छन् । उनले रचना गरेको पहिलो गित हो, प्रभुजी तिमिलाई के चढाउ ? त्यसरी नै अन्य गितहरु हुन, ख्रीष्ट मेरो मुक्तिदाता, साँझ बिहान थाहा गर्छु, तोडफोड गरी जुड्नुहोस फेरी, आज भोली भरे भन्दै, सम्पूर्ण जीवन मेरो इत्यादि । गितहरु रहेका छन् । उनि सङ्गीतकार मात्र नभई एक कुशल प्रचारक पनि हुन् । उनले नेपाली भाषी इसाईहरु माझ भारतमा प्रचारकको सेवाकाई पनी गर्दै आएका छन् । उनले १० वटा भन्दा बढी बाजाहरु बजाउन सक्छन् । हाल जोन डी खवास भारतको दिल्लीमा बस्दै आएका छन् । उनका गितहरु कुन– कुन हुन भनेर युटुव मार्फत पनि थाहा गर्न सकिन्छ ।
काठमाडौंमा भएको एउटा कार्यक्रमा उहाँले गाउनुभएको एउटा गित :

Source:  http://hamropusta.com 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...