Anandaban Mission Hospital हिन्दुकाे हस्तक्षेप विरुद्ध स्थानीय,कर्मचारी,बिमारीले स्वर उचाले

Anandaban Mission Hospital हिन्दुकाे हस्तक्षेप विरुद्ध स्थानीय,कर्मचारी,बिमारीले स्वर उचाले |

Report By: Thomas Bogaty  (2076/03/02)

गत शनिबार केही अतिवादी हिन्दु संस्था सागोरा नेपाल र शिवसेनाका कार्यकर्ताहरू ललितपुरको लेल अवस्थित आनन्दबन अस्पतालमा विना कसैको अनुमति विभिन्न वार्डमा छिरेर हुलदङ्गा मचाइएको जानकारी स्थानीय वासिन्दा, कर्मचारी र बिरामीहरूले बताएकाछन् । 
शिवसेना र सागोरा नेपालको संयोजकतामा गरिएको सो अतिवादी हिन्दु हर्कतले अस्पतालेका स्थानीय कर्मचारीहरूलाई समेत आक्रोसित तुल्याएको छ । उनीहरूको अनुसार केही १५ देखि १६ जना मानिसहरू त्यत्तिकै एक हुल हुरुरु आई बिरामी तथा कर्मचारीलाई प्रश्न सोधेको घटना विवरण आइपुगेको छ । 
शनिबार बिदाको दिनलाई अस्पतालमा कर्मचारी कम हुने र बिरामीहरू मात्र प्राय हुने भएकोले मौका छोप्दै यी हिन्दु अतिवादीहरू कुष्ठरोग तथा विभिन्न रोग लागेर औषधी उपचारको क्रममा ओच्छयान् विश्राम गरिरहेको अवस्थामा अचानक आई तिनीहरू माथि विभिन्न प्रश्नहरू सोधे यहाँसम्म कि हुँदै नभएको र कुनै आधार नै नहुने गरी प्रश्नहरू सोधे । बिरामीहरूलाई अस्पतालमा पनि त्यस्तो हर्कत देखेर जायज लागिरहेको छैन । एक कुष्ठरोगी बिरामीले भने, “अस्पतालको प्रशासनबाट अनुमति नलिई शनिबारको दिन सुटुक्क आई अमानवीय व्यवहार गर्नु चाहिँ बिल्कुलै गलत थियो । तर हामीलाई डर लागेको थिएन । हामीले सहजै तिनीहरूको खण्डन गर्यौं र उत्तर दियौँ ।”
बिरामी र कर्मचारीहरूका अनुसार तिनीहरू आफलाई एक अनुगमणको नाटक रची ख्रीष्टियान विरुद्धका प्रश्नहरू सोधिरहेका थिए । त्यस्ता केही भिडियो पनि समाजिक सञ्जालमा हालेका पनि छन् जसको कुनै औचित्य छैन तर देशलाई सिधैँ खरायोका दुलोतिर पसाउने किसिमको छ । तिनीहरूले केही ख्रीष्टियान पर्चाहरू लिएर गई जलाएका फोटो पनि सार्वजनिक गराएकाछन् । 
उता कर्मचारीहरूको पनि कुरा नसुनेको गुनासो पाइएको छ । एक कर्मचारीले तिनीहरूलाई रोक्न खोज्दा उल्टो चर्को स्वरमा हिन्दुवादी गाली दिएको साक्षी दिएकाछन् । कर्मचारीलाई ख्रीष्टियानको पैसा खाएको, बेचिएको जस्तो आरोप लगाएर घरिघरि निहुँ खोजेको र एकदम तल्लो नीच सडके व्यवहार प्रस्तुत गरेको जानकार हातमा लागेको छ । प्रार्थना गर्न लाउने, बाइबल पढ्न लाउने, भजन गाउन लाउने जस्तो क्रियाकलापहरू ख्रीष्टियानहरूले बिरामी, कर्मचारी, स्थानीयवासीमाथि लादेको दोष दिँदै ती कर्मचारीलाई ती क्रियाकलापमा दोष दिएपछि उनले यसो भनी जवाफ फकाएको बताए, “तपाईं पनि हिन्दु, म पनि हिन्दु । हामीलाई यहाँ जबरजस्ती बाइबल पढ्न, भजन गाउन र प्रार्थना गर्न लगाइन्न न त बिरामीलाई त्यसो गर्न लगाइन्छ । हामी यहाँ अस्पतालमा धेरै धर्मका छौँ ।” 
एक बिरामीले यसरी जवाफ दिएको दाबी गरे, “मैले तिनीहरूलाई यसरी जवाफ दिएँ कि धर्म त मानिसको रोजाइको कुरा हो । कसैको दबाबको कुरा होइन बुभ्mया हो ?” उनले जोड दिए कि तिनीहरूसँग उनलाई पटक्कै डर लागेका थिएन तर अर्को एक जनाले भने कि उनको नजिक रहेका एउटा बाइबलीय पर्चा लिएर ती अतिवादीहरूले लगे, भित्ताको नक्शा पनि च्यातिदिएर, ठूलो स्वरमा आवाज निकाल्दै र बकबकाउँदै गइहाले । 
आनन्दबन पुग्नुभन्दा अघि एउटा घुम्तीमा प्रतिक्षालय छ र त्यहीँ ती हिन्दू अतिवादीले जलाएर फ्यालेको पर्चा फेला परेको छ । ती हिन्दु अतिवादीका वेबसाइटमा केही मलम, मास्क, कागज र बाइबलीय पुस्तक टोकरीमा राखिएको नक्शासमेत पाइन्छ । 
हिन्दू अतिवादीको यस्तो व्यवहार पश्चात्त अस्पतालको प्रशासनले छिट्टै कानुनी उपचार मार्पmत लाग्ने वचन दिएको छ र त्यसको साथै सुरक्षाको लागि महत्वपूर्ण सिसिटिभि क्यामरा जडाने गर्ने योजना समेता अगाडि सारिरहेको छ । 
यस घटनाका प्रत्यक्ष दर्शीले बताए अनुसार स्थानीय वासिन्दाहरू ती अतिवादी हिन्दूहरूसँग बेखुसी छन् र यदि त्यसबेला ती अतिवादीको विषयमा राम्री थाहा पाएको भए मुठभेट हुनसक्ने जानकारी दिए । अर्को चोटी यसो गरेमा स्थानीय वासिन्दाहरूबाट सामना गर्नुपर्ने परिणाम ती हिन्दुवादीलाई ठीक नहुनेसमेत सचेतना उनले देखाए ।



Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...