किन धेरै टिक्दैनन् ईशाई पत्रिका र वेवसाईट

ख्रीष्टियन मिडिया कर्मी धेरै टिक्न नसक्नुको कारण धेरै नै छन । जसमा मिडिया कर्मी आफ्नै कमजोरी पनि प्रशस्त छन । विज्ञापन दाताको कुनै दोष छैन । विज्ञापन गर्ने जो कोहीले पनि फाईदा हेर्छ, सामान्य  हो । मिडिया कर्मीकै दोष र कमजोरी छ । 
पहिला कुरा समाचार फेसबुक वालमा पोष्ट गर्ने नै हैन । समाचार कि पत्रिका कि वेबसाईट मार्फत प्रकाशन हुनु पर्छ । अनि मिडियाको भ्यालु बढछ । सोसल साईट भनेको फोटो र लिङक मार्फत छोटो जानकारी दिने हो । यदि पत्रिका र वेवसाईटको भ्यालु नै छैन भने किन विज्ञापनमा पैसा किन खर्च गर्ने? सामान्य तर्क हो । सेकुलर कुनैपनि न्युज हेर्नुस बेवसाईटमा न्युज हुन्छ अनि सोसल साईट हरुमा लिङक दिएर छोटो जानकारी मात्र हुन्छ । ईशाईहरुको त ठुला र पुराना मिडियाकर्मीहरुले नै फेसबुकमा समाचार पोष्ट गरिदिन्छन । मैले बुझे अनुसार यहाँ केही सिमित मिडियाकर्मी हरुले थोरै पैसामा विज्ञापन र समाचारको ठेक्का लिने अनि फेसबुकको वालमा पोष्ट गर्दिने गर्छन । त्यसो हुँदा पत्रिका र वेबसाईट मारमा पर्छन । उहाँहरु कसरी चलिराख्नु भा छ ? थाहा छैन तर मेरो बिचारमा यो प्रक्रिया ले उहाँहरु लाई पनि र आउने नयाँ मिडियाकर्मीहरु लाई पनि समस्या हुन्छ । 
भर्खरै एकजना मेरो साथिको एउटा फेसबुक पेजको लगभा एक लाख लाईक पुगेको छ । ईशाई बजारमा फेसबुक पेजको लाईक त्यती पुग्नु भनेको धेरै राम्रो स्थान हो । त्यो पेजमा म पनि इडिटर छु र साथै अरु धेरै इडिटरहरु छन । अहिले त्यो पेजमा दैनिक सयौ पोष्ट हुन्छन । अनि मैले उहाँलाई सोधे “यो पेजका इडिटर हरुले तपाँईलाई विज्ञापन अर्थात सुचना प्रवाह गरे बापत केही हिस्सा दिन्छन ?” उहाले हाँस्दै भन्नु भो “अँ हँ ? छैन त, कसले दिन्छन र ।” हो यहाँ साधनको गलत प्रयोग भै राखेको छ । यहाँ ति इडिटरहरुले नै पैसा पाईराखेका छैनन् त कहाँबाट पाउने एडमिनले ? 
अर्को कुरा यहाँ संघ संस्था अफैले न्युज प्रकाशन गर्छन । अस्ति भर्खर महासंघले विज्ञप्ति र समाचार आफ्ने फेसबुक वालमा प्रकाशन गर्यो । यदि संघ संस्था आफैले न्युज प्रकाशन गर्ने हो भने यतिका ईशाई पत्रिका र वेवसाईट के काम । सबै समाचार फेसबुक र ट्वीटरमा पढन पाए पछि कसले हेर्ने वेवसाईट र पत्रिका । अनि किन दिने नचलेको पत्रिका र वेवसाईट मा विज्ञापन । कुनै पनि संघ संस्था वा व्यापरीले आफै सुचना प्रवाह गर्न मिल्दैन र हुँदैन, अनिवार्य मिडिया मार्फत जानुपर्छ । त्यसो हो भने मात्र मिडिया टिक्न सक्छ । नत्र त्यही हो, उम्लेर आउँछन १,२ अकं प्रकाशन गर्छन, अनी बेपत्ता ।
अर्को महत्व पुर्ण कुरा नेपालमा विश्वासीहरु लाई नै थाहा छैन कति पत्रिका छन , कुन कुन छन । कुन वेवसाईट ईशाई हो भन्ने । अस्ति एउटा कन्फरेन्समा १० औं वर्ष देखि लगातार प्रकाशन भैराखेको पत्रिका पनि एक जना विश्वासीले अचम्म मान्दै भन्दै थ्यो “ओ हो ख्रीष्टियन पत्रिका नि छ । कहिले देखी ?” रे अझ । म नजिकै थें सोधिहाले “हजुरले विश्वास गर्नु भा कति भो ?” उहाँले भन्नु भो “पुरानै हुँ, भयो २०,२२ वर्ष जति ।” यसले के देखाउँछ भने हाम्रा मण्डलीहरुमा सुचना को कमी छ । अगुवाहरुले मण्डलीमा ईशाई पत्रिका र वेवसाईटको बारेमा जानकारी नै दिदैनन् । जसले गर्दा विश्वासीहरु उचीत सुचनाबाट वञ्चित हुन्छन भने मिडियाहरु नचलेर खुम्चिनु पर्ने हुन्छ ।
अनि लेखक, रचनाकार, वक्ता, कलाकार, सृजनाकारहरुले पनि आफ्नो ब्यक्तिगत बाटो भन्दा मिडिया मार्फत जानुभयो भने उहाँहरुको सृजना धरैमाझ प्रवाह हुन्छ । यसले दुवै पक्षलाई उचित मुल्य प्राप्त हुन्छ ।

ईशाई विश्वसीहरुले पनि पत्रिकाहरु पढने बानी बसाल्नु पर्छ । मिडियालाई फाईदा हुने काम गर्नु पर्छ । पत्रिका किनेर पढने, ईशाईहरुले चलाएको फेसबुक पेज लाईक गर्ने, ईशाई ग्रुपमा जोइन हुने, युटयूव च्यानलहरु सब्सक्राईब गर्ने, टविटरमा फ्लो गर्ने आदि कार्य गर्नाले मिडिया चल्न सजिलो हुन्छ । आफुले पनि धेरे सुचना तथा ज्ञानको भागीदार भईन्छ । यसो भयो भने संघ सस्था, लेखक, रचनाकार, विज्ञापन दाता, पब्लिक अर्थात विश्वासी, मिडिया कर्मी सबैलाई फाईदा हुन्छ ।

ईशाई मिडिया चल्ने भनेकै ईशाई बजारमा मात्र हो । सेकुलरमा त सम्भव नै छैन । अनि मिडिया चल्ने भनेको विज्ञापन दाता र पब्लिकको साथले हो । अब हामी मिडिया कर्मीमा एकताको आवश्यक्ता छ । एकता भएमा आउने विज्ञापनको हिस्सा सबैले पाउँछन । दाता हरुले पनि विज्ञापनमा राम्रो हिस्सा खर्च गर्न तयार हुन्छन । सुचना प्रहाव गर्ने अवसर सबैले पाउँछन । त्यसो हुँदा सबैतिर सुचना र विज्ञापन प्रवाह हुन्छ । जब धेरै अर्थात पुरै ईशाई बजारमा चल्न थाल्छ । अनि ईशाई मिडिाया राम्रो सँग टिक्ने अवस्था आउँछ ।
धन्यवाद । संजय बर्मा  #MeroGod

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...