यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन्

यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन् 
यस लेखमा संसारका बिभिन्न देशहरुका साथसाथै नेपालमा पनि बिस्तारै बिस्तारै फैलंदै गरेको झुटा शिक्षावर्ल्ड मिसन सोसाइटि चर्च अफ गडअर्थात माता परमेश्वर मान्नेहरुको बारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं सुरुमा हामी त्यस समुहको सामान्य परिचय तर्फ लाग्नेछौं उनिहरु सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात सन् १९४८ मा सेभेन्थ डेज एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एकजना कोरियन नागरिक आङ सान होंग लाई नै दोश्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन त्यस्तै उनकी अबैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन उनीहरु आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् उनीहरुले पितायहोवे, पुत्रयेशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन उनीहरु क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ् मनाँउछन मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाह को फोटो झुण्ड्याँउछन उनीहरुले अहिलेसम्म पटक सन् १९६७, १९८८ २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् अब हामीहरु बाइबलबाट केहि यस्ता प्रमाणहरु हेर्नेछौं, जसले सिधै आङ सान होंग दोश्रो पटक आउनुभएका ख्रीष्ट हुन सक्दैनन् भनेर बताउँछन्
प्रमाण : येशूको दोश्रो आगमन कसरि हुन्छ ? बाइबलले यस बारेमा के भन्छ अनि आङ सान होंग ले त्यो अगमवानी पुरा गरे या गरेनन् ?
यो कुरालाई हामी तुलनात्मक ढंगले हेर्नेछौं बाइबलले भन्दछःयेशू जसरि जानुभएको थियो, त्यसरी नै आउनुहुनेछ हामी एकपटक प्रेरित अध्यायको ११ पद हेरौं येशू आकाशमा उचालिनुभएर बादलमा तिनीहरुका दृष्टिबाट लोप हुनुभएपछि आकाशतिरै हेरेर बसेका गालीलका मानिसहरुलाई दुईजना स्वर्गदुतहरुले भनेको कुरा यो पदमा उल्लेख गरिएको यहाँ यसरि लेखिएको छःगालीलका मानिस हो, तिमीहरु किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यहि येशू, जो तिमीहरुबाट स्वर्गमा लगिनुभयो, अहिले जसरि तिमीहरुले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ यो खण्डबाट हामी जान्न सक्दछौं कि जुन येशू स्वर्गमा उचालिनुभएको थियो, त्यहि येशू नै आउनुहुनेछ उहाँ जसरि स्वर्गतिर उचालिनुभएको थियो त्यसरी नै अर्थात आकाशको बादल हुदैं फेरि आउनुहुनेछ मत्ती २४ अध्यायको २७ पदमा यसरि लेखिएको छःकिनकि जसरि बिजुली पूर्वबाट चम्कदा पश्चिम सम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ नता आङ सान होंग उही उचालिनुभएका ख्रीष्ट हुन्, नता उनि येशू उचालिनुभएझैं गरि आकाशको बादल हुदैं आए, नता उनि आँउदा बिजुली चम्कदा झैं पूर्ब पश्चिमका सबैले थाहा पाउने गरि आए त्यसकारण हामी यो जान्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट होइनन्
प्रमाण : के परमेश्वरले मूर्तिपूजा गर्नुभयो ? के स्वर्गका परमेश्वरले पनि कहिल्यै मूर्तिपूजा गर्नुहोला ?
 हामी बाइबलबाट केहि खण्डहरु हेर्नेछौं प्रस्थान २० को , मा यसरि लेखिएको छः बाहेक अरु कुनै देवता देवीहरु नमान्नु ………… मूर्तिहरुको सामु ननिहुरिनु, तिनीहरुको पूजा नगर्नु, किनकि तिमीहरुका परमप्रभु डाह गर्ने परमेश्वर हुँ यो खण्डबाट हामी सजिलै बुझ्न सक्दछौं कि परमेश्वर मूर्तिपूजादेखि कति घिन मान्नुहुन्छ भन्ने कुरा परमेश्वरले हामीहरुलाई मूर्तिपूजा नगर्नलाई यति कडा चेतावनी सहितको आज्ञा दिनुहुन्छ भने के उहाँ आफैंले कहिल्यै मूर्तिपूजा गर्नुहोला ? बाइबलमा अन्य कयौं खण्डहरु भेटिन्छन, जसले स्पष्ट रुपमा परमेश्वरले मुर्तिपुजालाई घृणा गर्ने कुरा बताउँछन् आङ सान होंग ३० बर्षको उमेरसम्म बुद्धिष्ट थिए उनको परिवार एउटा कट्टर बुद्धिष्ट परिवार थियो उनले यस अवधिमा थुप्रै पटक बुद्ध भगवानको पुजा पनि गरेका थिए अब हामी सहजै अनुमान लगाउन सक्दछौं, के स्वर्गका परमेश्वरले कोरियामा आएर बुद्ध भगवानको पुजा गर्नुभयो होला ? अवश्य गर्नुभएन त्यसकारण आङ सान होंग पिता वा पुत्र वा पवित्र आत्मा कोहि पनि हुन सक्दैनन्
प्रमाण : के ख्रीष्टले पनि बिवाह गरेर घरजम गर्नुहोला ?
ख्रीष्टले संसारमा आएर बिवाह गर्नुहुनेछ भनेर बाइबलमा कहीं कतै उल्लेख गरेको छैन यसै अनुसार येशू प्रभुले पनि बिवाह गर्नुभएन यसको ठ्याक्कै उल्टो आङ सान होंगले बहुबिवाह गरे यस बिचमा उनले ब्याभिचारको कारण बाहेक पनि बिवाह बिच्छेद गरे जब कि मत्ती १९: मा येशू प्रभुले सिधै भन्नुभएको कि व्याभिचारको कारण बाहेक सम्बन्ध बिच्छेद गर्ने जो कसैले पनि व्याभिचार नै गर्दछ पहिलो आगमनमा यस्तो कुरा गर्ने येशूले आफैं दोश्रो आगमनमा चाहीं व्याभिचारको कारण बिना नै पनि बिवाह बिच्छेद गर्नुभयो होला ? स्वर्ग पृथ्वी बितेर जानेछन तर मेरा बचन कहिल्यै बित्नेछैनन भनेर उहाँले भन्नुभएको होइन ? यसै कारणले गर्दा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन्
प्रमाण : के ख्रीष्टलाई पनि कुनै रोग लाग्ला ? के ख्रीष्टले पनि आँखा कमजोर भएर चस्मा लगाउनुपर्ने अवस्था आउला ?
सुसमाचारको पुस्तकहरुको बिभिन्न खण्डहरुमा हामी देख्न सक्दछौं, येशूले हजारौं हजारलाई रोगमुक्त गराउनुभएको, जन्मैको अन्धालाई दृष्टि दिनुभएको अनि मरेको मान्छेलाई पनि जीवित पार्नुभएको कुरा आङ सान होंगको उपलब्ध सबै फोटोहरुमा हामी देख्न सक्दछौं कि उनी चस्मा लगाँउथे उनको आँखा निकै नै कमजोर भएका कारण उनले उच्च पावरको चस्मा लगाउनुपरेको थियो उनको मृत्यू उच्च रक्तचापको समस्याको कारणले भएको थियो बाइबलले उही पहिलाको शक्तिशाली येशू अझैं शक्तिशाली भएर आउनुहुने अगमवाणी गरेको होइन ? के आङ सान होंग नै ख्रीष्ट भएको भए साच्चैं ख्रीष्टले चस्मा लगाउनुपर्ने भएकै होला ? के ख्रीष्टलाई पनि उच्च रक्तचापको समस्याले सतायो होला ? के ख्रीष्टको मृत्यूको कारण पनि कुनै रोग भयो होला ? अवस्य भएन त्यसैकारण हामी सजिलै भन्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट हुन सक्दैनन्
प्रमाण : के ख्रीष्टको दोश्रो आगमनमा उहाँको मृत्यू हुन्छ वा उहाँ एकपटक मरेपछि फेरि मर्नुहुन्न ?
पवित्र धर्मशास्त्र बाइबलको रोमी : मा यसरि लेखिएको , “हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरुबाट जीवित भएर फेरि मर्नुहुनेछैन अब उसो उहाँमाथि मृत्यूको राज्य हुदैन त्यसैगरी प्रकाश :१७ १८ मा येशू प्रभु स्वयमले यसरि भन्नुभएको छःनडराउ, आदि अन्त्य नै हु मरेको थिएँ हेर, सदा सर्बदाको निम्ति जीवित छु, अनि मृत्यू पातालका साँचाहरु संग छन् ख्रीष्ट येशू एकपटक मर्नुभएपछी अब उप्रान्त कहिल्यै पनि मर्नुहुनेछैन भनेर बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुले स्पष्टसंग बताएका छन यदि त्यसो हो भने सन् १९८५ मा ६७ बर्षको उमेरमा अर्थात बुढेसकालमा रोग लागेर मरेका कोरियन नागरिक आङ सान होंग ख्रीष्ट हुन सक्छन ? जो कसैले पनि सहजै अनुमान लगाउन सक्छः पक्कै सक्दैनन् माथि उल्लेख गरिएका यी पांच अकाट्य प्रमाणहरुले यो प्रमाणित गर्दछन कि आङ सान होंग कुनै पनि अर्थमा ख्रीष्ट हुन सक्दैनन् उनि बरु बाइबल धर्मशास्त्रले अगमवाणी गरेका झुटा ख्रीष्टहरु मध्येका एक हुन् यदि धर्मशास्त्रलाई खोतल्दै जाने हो भने आङ सान होंग दोश्रो ख्रिष्ट हुन् भन्ने गलत तर्कलाई खारेज गर्ने अरु दर्जनौं प्रमाणहरु भेटिन्छन
यदि यस लेखमा उल्लेख गरिएका कुराहरुको बारेमा यहाहरुसंग कुनै प्रश्न, जिज्ञासा वा चित्त नबुझेको कुरा भने निसंकोच हामीहरुको फेसबुक पेजहामीहरुका सेनापति येशू हुन्, हामी उनको पाइला पछयाउदछौ“” मा लेख्न सक्नुहुन्छ यस पेजको लिंक यसप्रकार छः www.facebook.com/hamiharukasenapati थप प्रतिक्रियाको निम्तिः jagadish_pok@yahoo.com
नोटः यस खण्डका सबै विवरणहरु छोटकरीमा प्रस्तुत गरिएका छन् बुझ्न कठिन भएको खण्डमा आफ्ना अगुवाजनहरुसँग छलफल गर्नुहोला
अक्सर सोधिने प्रश्नहरुः
 ) प्रभुको मृत्यूको सम्झनाको भोज अर्थात प्रभु भोजमा (उनीहरु यसलाई निस्तार चाड नै भन्दछन्) बर्षमा एकपटक सहभागी हुने कि पटक पटक? उनीहरुले दावी गर्छन्ः बर्षमा एकपटक पुरानो नियमको आधारमा हिब्रु क्यालेन्डर अनुसार निशान महिनाको १४ औं दिनमा मात्र प्रभुको मृत्यूको सम्झनामा रोटि भाँच्ने कचौराबाट पिउने काम गरिनुपर्छ तर बाइबल धर्मशास्त्रको कोरिन्थी ११ ः२५ मा यसरि लेखिएको : …………………..जहिले जहिले तिमीहरु यो पिंउछौ मेरो सम्झनामा यो अक्सर गर यो अक्सर शब्दको अर्थ बिश्वबिख्यात विक्सनेरीलेप्रायःवाधेरैजसोभनेर लगाएको यसबाट हामी प्रष्ट हुन सक्दछौं कि बर्षमा एकपटक मात्रै मनाइनु पर्ने भन्ने उनीहरुको दावी बाइबल बिपरित ne.wiktionary.org/wiki/अक्सर
) प्रकाश २२:१७ मा उल्लेखितदुलहीले कसलाई जनाँउछ ? उनीहरु दावी गर्दछन् कि प्रकाश २२ :१७ मा भएकोदुलहीले परमेश्वरको श्रीमतीलाई जनाँउछ यो पनि दावी गर्दछन् परमेश्वरकी श्रीमती अहिले कोरियामा जीवित रहेकी झाङग गिल जाह हुन्, जो ख्रीष्ट भनिएका आङ सान होंगकी अबैधानिक श्रीमती थिइन् तर बाइबलले स्पष्ट अर्थमा बताँउछ की ख्रीष्टकी दुलही चाँहि कोहि एक महिला नभएर मण्डली हो पढ्नुहोसः कोरिन्थी ११:,,
) क्रिसमस वा इष्टर मान्न मिल्ने की नमिल्ने ? उनीहरुले भन्छन्ः क्रिसमस वा इष्टर मान्नु बाइबल बिपरित , यो मान्नु मुतिर्पुजा गर्नुजस्तै हो मर्कुस :३८,३९,४० लाई छलफल गर्ने हो भने हामी बुझ्न सक्दछौं की येशूको शिक्षाको बिरोध नगर्ने कुराहरुलाई येशूले कहिल्यै पनि रोक्नुहुन्न त्यसप्रकारका कुराहरुलाई उहाँले सहजै स्वीकार गर्नुहुन्छ येशूले अह्राउदै नअह्राउनुभएको ब्यक्तिले येशूको नाममा भुत धपाँउदा उहाँले त्यसलाई नरोक्न अह्राउनुभयो किनकि त्यस कामबाट प्रभुको नै महिमा हुनेवाला थियो त्यसरी नै बाइबलमा नलेखिएकै भए पनि परमेश्वरको मानवलाई पापमुक्त गराउने अद्भुत प्रेमपूर्ण योजनाको सम्झनामा हामीहरु उहाँकै महिमाको निम्ति क्रिसमस वा इष्टर मनाउछौं
धन्यवाद ††† नोटः यस लेखलाई फोटोकपी गरेर बाँड्न सकिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...