दुईवटै मृगौला फेल भएकी सुश्री रुपा येशूमा निको भईन

दुईवटै मृगौला फेल भएकी सुश्री रुपा येशूमा निको भईन

तुरही संवाददाता,
पत्याउन मुस्किल पर्ला २५ वर्षिया रुपा नेपालीको दुईवटै मृगौला फेल भएर काम नलाग्ने अवस्थामा पुगेंपछि मुक्तिदाता येशूमा विश्वास गरेर हाल उनले नयाँ जीवन पाँएकी छन् हाल उनको दुइवटै मृगौलाको अवस्था सामान्य मानिस सरह भएको दुईवटै मृगौलाले काम गर्न थालेका छन्
कुरा के भने रामेछाप मन्थली स्थित तामाकोशी सेवा समिति अस्पतालमा सामान्य उपचारमा जाँदा एकाएक त्यहाँको मेडिकल चेकअपले रुपाका दुईवटै मृगौला क्रिटिकल अवस्थामा रहेको रिपोर्ट दियो त्यहाँका डाक्टरले उनलाई तुरुन्त काठमाडौंको टिचिङ्ग अस्पतालमा रिफर गरे यो कुरा थियो ०६९ असारको पहिलो साता
उनी पछिल्लो दिन आफन्तसँग काठमाडौं लागिन पुगिंन डाक्टरी चेकअपको लागि गंगालाल हृदय केन्द्र अस्पतालमा त्यहाँका डाक्टरले रुपालाई सिधै विर अस्पताल रिफर गरिदिए
विर अस्पताल पुग्ने दिनसम्म रुपाको मृगौलाहरु एकदमै क्रिटिकल अवस्थामा पुगिंसकेका थिए आफैं हिड्न सक्ने अवस्थामा थिइनन् उनी अविवाहित रुपा आफन्तको सहारामा रामेछापदेखि काठमाडौं अस्पतालसम्म पगिन त्यहाँका डाक्टरले पनी उनलाई अव तपाईको उपचार छैन l तपाई दुईटै मृगौला काम नलाग्ने अवस्थामा पुगिं सके भनेर भने मेडिकल चेकअपमा निष्कर्ष निकाले विर अस्पतालका डाक्टरले उनको रिपोर्ट हेरेर तपाईंको अवस्था धेरै नाजुक भनेर के भनेका थिए रुपाको हंशले ठाउँ नै छोड्यो उनी आफू अव यस संसारवाट मर्ने भए भन्ने सोच्न थालिन विचलनमा परिन २५ वर्षको लाउलाखाउला उमेरमा शरिरमा भएको मृगौलाले काम गर्न छोडेपछि उनका लागि कुनै आशा थिएन उनमा अब बाँच्छु भन्ने आशा हरायो हातका औंलामा दिन गन्ती गर्न थालिन मृत्यूका
तर उनमा कताकता एउटा झिनो आशा भने त्यती वेला पलायो जव उनलाई काठमाडौंका डाक्टरले उनको मेडिकल रिपोर्ट अनुसार, “अव तिम्रो वाँच्ने कुनै आशा छैन डाक्टरले यती भनिसक्दा उनमा एकाएक फेरी येशूख्रीष्टमा हराएको आशा नयाँ पालुवा झैं पलायो किन भन्दा उनी रोग लाग्नु पूर्व अफ्नो स्थायी घर रामेछापमा, उनी आधा मनले मात्र चर्चमा जाने गर्थिन मण्डलीमा जान्थीन तर सम्पूर्ण हृदयले परमेश्वरलाई पुकारा गर्न सकेकी थिइनन् परमेश्वरलाई वास्था गर्ने गर्थिन
विर अस्पतालसम्म उपचार गराउँदासम्म जे खायो त्यही वान्ता गर्ने, खाएको कुनै पनि थोक नपच्ने भई सकेको थियो मृगौलाको डायोलोसिस गुर्नपर्ने स्टजमा पुगिं सकेको थियो रोग नलाग्नू पूर्व उनको शरिरको तौल ४३ के.जी. थियो तर रोग लागेपछि शरिर सुन्निएर उनको तौल एकाएक ७५के.जी.पुग्यो आफ्नो शरिरको अवस्थादेखे पछि अव झन उनमा वाँच्ने कुनै आशा हरायो विर अस्पतालवाट आफन्तको डेरामा फर्केपछि उनले परमेश्वरलाई साँचो हृदयले पुकारा गर्न थालिन भन्न थालिन प्रभु तपाईमात्र अव मरो सहारा हो रोएर प्रार्थना गरिन, प्रभुसँग विलौना गरिनप्रभु हिजोसम्म तपाईलाई राम्ररी चिनिन तपाईंसम्म आज क्षमा माग्छु भनि क्षमा मागिन, हृदयसहितको पुकारामा प्रार्थना गर्न थालिन त्यसैवेला रुपालाई परमेश्वरले दर्शन दिनुभयोः परमेश्वरले उनलाई भजनसंग्रह ४१ अध्यायको पद पढ्नलाई प्रेरणा दिनुभयो, “परमप्रभुले त्यसलाई त्यसको योछ्यानमा सम्हाल्नुहुनेछ, अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ l ”
यो पदले उनमा अव परमेश्वरले वाँच्छु भन्ने साहास वढ्दै गयो उनी भन्छन्, त्यसवेला एक्लै झनझन प्रार्थना गर्दै रहे प्रार्थना गरेको केही घण्टापछि मेरो तौल सात केजी घटको थाहा पाँए पछिल्लो दिन अनी निको भए उनी पछि विनिप्र सेवकाइ ललितपुरमा गएर वक्ता चेत खरेलले प्रार्थना गरेपछि निको भएको बताउँछिन्
उनी हाल सामान्य मानिससरह भएकी छन् उनका फेल भएका मृगौलाको फेरी चेकअप गर्दा डाक्टरसमेत छक्क परेको कुरा रुपा नेपालीले तुरहीलाई बताइन् मृगौलाले काम गर्न थालेका छन्
रोग लागेको एक वर्ष पछि उनी येशूमा प्रार्थना गरेपछि पूर्णतयाः निको भइन हाल उनमा परमेश्वरप्रतिको विश्वास झन गाढा भएको रोग लाग्दा रामेछाप स्थित एक एनजिओमा काम गर्थिन भने परमेश्वरमा निको भएर नयाँ जीवन पाँएपछि उनले त्यो काम छोडेर आफ्नो घर रामेछाप वावियाखर्कमा सानो झुण्ड संचालन गरेर फुल टाइम प्रभुको सेवा गर्दै आएकी छन् यो गवाही आफू जस्तै विरामीकोमा पुगेंर वाड्ने गर्छिन येशूमा विश्वास गुर्नहोु्स् तपाईहरुले हरेक रोगव्याथावाट छुटकारा पाउनुहुनेछ भनेर सुनाइहाल्छिन् नपत्याए सोध्नूहोस् रुपा नेपालीलाई मो. नं. ९८४४०९५६१४ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...