पास्टर कुनै संस्थाको अध्यक्ष, सचिव र सदस्य हुनु हुदैंन l

पास्टर कुनै संस्थाको अध्यक्ष, सचिव र सदस्य हुनु हुदैंन l

पास्टर दान वि.. अमेरिकामा बस्ने नेपाली इसाईहरूका लागि कुुनै नौलो नाम भने अवश्य पनि होइन् नेपालको लमजुङ्ग जिल्लामा जन्मनु भएका वि.. सन् २००१ देखि सयुक्त राज्य अमेरिकामा नेपाली कम्युनिटि चर्चको पास्टरको रूपमा नेपालीहरूको बीचमा सेवकाई गर्दै आउनु भएको उहाँले नै अमेरिकामा पहिलो पटक नेपाली चर्च स्थापना गर्नु भएको हो उहाँका एक छोरा एक छोरी एक श्रीमती हुनुहुन्छ उहाँ आफ्नो परिवारको साथमा अमेरिकामा वस्दै आउनु भएको उहाँ केही महिना अघि नेपाल आउनु भएको अवसरमा अत्यन्त व्यस्तताका बाबजुत पनि तुरहीका लागि रातको बाहृ बजे अन्तर्वार्ता दिन भ्याउनु भएको थियो अब प्रस्तुत , तुरही सम्पादकले उहाँसँग गर्नुभएको वार्ता :
अमेरिका कहिले पुग्नु भयो ? के गर्नु भयो त्यहाँ पुगेर ?
सन् २००१ मा बाइबल अध्ययनको लागि अमेरीकामा पुगें २००६ मा प्रभुले नै मलाई एउटा बोलावट दिनुभयो सेवाकाई गर्नका लागि, जहाँ लाख भन्दा बढी नेपाली छन मेरो भिजन परिवर्तन भयो कतिपयको वुझाइमा कुनै पनि अगुवा वा पास्टर विदेश गएपछि संस्था लिएर आउछन् भन्ने हुन्छ तर वास्तवमा , कुनै संस्था ल्याएँ  केही कमाउन नै गएको थिएँ  
पछिल्लो  पटक नेपालमा हुनुहुन्छ कस्तो अनुभुति भइरहेको ?
नेपालभरि नै प्रभुको काम तीव्र गतीमा बढ्दै गइरहेको देख्दा साह्रै खुशी लागेको बिशेष गरेर प्रभुका जनहरु तीव्र गतीमा बृद्घि भएको देख्दा ज्यादै खुसी लाग्यो उता बस्ने बानी भएर होला याहाँको धुलो धुवाँले भने अत्यास लाग्दो रहेछ अर्को कुरा नेपालका अगुवाहरू धेरै संस्थामुखी , ब्यातिबादी भएका छन् तर उनीहरूमा मेलमिलाप नभएको जस्तो लाग्यो
कति जना विदेश गएर पढाई पुरा गरे पछि फेरी नेपालमै आएर सेवाकाई गर्दैनन् तर तपाई आज भन्दा ११ बर्ष अघि अमेरिका गएर पनि किन नेपालमा सेवाकाईका लागि नेपाल आइ राख्नुहुन्छ ?
चाहिँ पर्दा पछाडि रहेर सेवाकाई गर्ने मान्छे हो नेपालमा नव जीवन चर्च अन्तर्गत झन्डै १९३३ बाट १९९७/९८ सम्म पुरा समय सेवाकाई गरेको हुँ तर यहाँ पुरा समय सेवाकाई गर्ने मेरो दर्शन थिएन तर आफैले केही काम गरेर मण्डलीमै सहायता गर्ने लक्ष्य थियो तर १९९३ मा पुरा समय सेवाकार्ई गर्ने जुन अगुवाई भयो त्यस अन्तर्गत  घरेलु जवान संगतिमा अनुभुव गर्न पाँए
तपाईको बीचारमा पाष्टरको काम के हो ? उनीहरू कस्तो हुनुपर्छ ?
मेरो बीचारमा कुनै पनि एउटा पास्टरको एउटै मात्र पोजिसन हुनु पर्छ पास्टरले आफ्नो सेवाकार्ई भन्दा बाहिरको कुरामा ध्यान लगाउनु हुँदैन  पास्टरले आफ्नो बोलावट के हो, त्यो भुल्नु हुँदैन् किनकि परमेश्वरले पास्टरलाई गोठालो हुन बोलाउनु भएको हो उसको पहिलो दायित्व मण्डलीका सदस्यहरूको संरक्षण गर्नु हो
तपाई त्यहाँ के गर्नुहुन्छ ?
त्यहाँ स्थित नेपाली कम्यूनिटी चर्चको पास्टरको रुपमा सेवारत छु यो चर्च सन् २००१ स्थापना भएको अमेरिकाको पहिलो नेपाली चर्च हो अमेरीकामाChurch planting को सेवा गर्दैछु हामीले त्यहाँ करिब एक दर्जन जति नेपाली मण्डली स्थापना गर्यौं   अझै प्रभुको सेवामा निरन्तर छौं २००६ बाट मेरो बोलावट पास्टर हो भन्ने थाहा गरेपछि, मैले पुर्णकालिन सेवाकाईमा लागि रहेको छु मेरो मान्यता पास्टरको सेवामा मात्र हुनुपर्छ संस्थाको हाकिम, अध्यक्ष, सचिव सदस्य हुनुहुदैंन् ।यदि कोही व्यक्ति पास्टर होे भने पास्टरीय सेवामा मात्र हुनुपर्छ
त्यहाँ गएर के अध्ययन गर्नु भयो दैनिक जिवन कसरी बित्दै आइरहेको ?सन २००१ मा पढाइको सिलसिलामा अमेरिका पुगें मैले साउर्थन व्याप्टिस्ट बाइबल कलेजम माAddmission पाँए त्यहाँ स्थित बिल्ली ग्राम स्कुल अफ मिनिष्ट्रिमा अध्ययन गर्ने मौका पाँए अध्ययनका क्रममा मैले काम पनि गरेरै अध्ययन गरे बर्ष काम गरे पछि २००७ मा मैले आफ्नो पढाई पुरा गरे
अहिले नेपालीहरुको बिचमा त्यहाँ सेवाकाई गर्दै हुनुहुन्छ त्यहि नै नेपालीहरुको बिचमा सेवाकाई गर्नुपर्छ भन्ने दर्शनचाँहि कहाँबाट किन आयो ?
धेरै राम्रो प्रश्न गर्नुभयो सन् २००६ मा बाइबल कलेज पढ्दै गर्दा बर्ष बाँकी थियो मेरो पढाई सकिनु त्यस बेला Theology मा Phd गर्ने इच्छा थियो २००६ मा पढने बेलामा बिल्लि ग्राम स्कुल मिसनले एउटा सम्मेलनको आयोजना ¥यो त्यो समयमा त्यहाँ हुँदा प्रभु एक वक्ता  मार्फत बोल्नु भएर भन्नुभयो ,‘ तिमीलाई जहाँ इच्छा लाग्छ त्यहाँ तिमी जाने होइन, तर तिमीलाई जहाँ इच्छा गर्दछु त्यहाँ तिमी जानु पर्दछभन्ने एउटा बचन आयो अनि त्यो बचन मेरो लागि हो की होइन भन्ने अन्यौल भयो तर धेरै प्रार्थना पछि मैले यो निश्चय गरेकी यो चाहिँ प्रभुको इच्छा हो भन्ने भयो मेरो मान्यताचाँहि आफ्नो पढाई सकेर बिशेष नेपालमा गएर बाइबल स्कुल कलेजमा शिक्षा दिनेछु भन्ने थियो नेपालमा चर्च उबिलतष्लन गर्ने थियो तर २००६को त्यो सम्मेलनले मेरो भिजनलाई परिवर्तन गरिदियो हाल अमेरीकामै प्रभुृले दिनुभएको भिजनद्वारा सेवा पुरा गर्दैछु
नेपाली मण्डलीहरुको अवस्था कस्तो त्यहाँ अहिले ? त्यो मण्डली पहिलो पटक कसरी स्थापना भयो ?
पढ्दा पढ्दै २००६ मा आफ्नो भिजन अनुसारले मैले त्यहाँ नेपालीहरुको बीचमा सेवाकाई शुरु गरेँ भन्दा अगाडि अरु पास्टर तथा अगुवाहरु हुनुहुन्छ भन्ने सुन्छु, कति अहीले पनि हुनुहुन्छ कति नेपालीहरु त्यहाँ पुगेर पनी आउनु भएको त्यहाँको अर्को शहर गएँ त्यहाँ लगभग १०,००० नेपालीहरु रहेछन् नेपालीहरु अमेरीकामा रहेर पनि आफ्नै ब्यातिmगत काममा, कोहि पढाईमा, कोहि अन्य कुरामा ब्यस्त थिए २००६मा नै हामीले घरेलू संगति शुरु ¥यौ (उद्दव चिमोरीयासंग मिलेर ) आफ्नो पढाई पश्चात बोस्टन शहरमा सरे त्यहाँ पनि हामीले पहिलो पटम घरेलु संगति शुरु ¥र्यौ संगति शुुरु गरेको पाँच महिना भित्रमा ४० जना नयाँ आत्मा प्रभुले मलाई दिनुभयो झन जोश भरिदै गयो त्यहाँ धेरै टाढादेखि पनि भुटानी दाजु भाईहरु आउनु हुन्थ्यो संगतिका लागि
तपाई परीवार सँगै अमेरीकामा रहेर पुरा समय मिसनरीको रुपमा सेवा गर्दे हुनुहुन्छ , के कस्ता चुनौती छन त्याहाँ ?
मेरो मान्यता जीवनको पुरा समय प्रभुलाई नै दिनु पर्छ भन्ने होइन् यसको मतलब पुरा समय सेवाकाईमा लाग्नु पर्छ भन्ने होइन यदि मेरो परिवारमा मेलमिलाप छैन् , व्यक्तिगत सम्बन्ध राम्रो छैन् यदि मेरो परिवारसँगको सम्बन्ध राम्रो भएन भने, मैले परमेश्वरसँग कहाँ असल सम्बन्ध बनाउन सक्छु ? अघि सोध्नु भएको प्रश्न अनुसार , चर्चमा यहि भोलेन्टर का रुपमा फाउन्डर पोष्टर सिनीयर पाष्टरको रुपमा काम गर्दछौ हामि प्राथना गर्दछौ की यो सेवा कार्यमा अर्को एक जना अगुवा भाई दिनु भएको होस भनेर मण्डली यता मेसीनरी सेवामा ब्यस्त भएता पनि परिवारमा पनि समय दिनुपर्छ परिवार हुर्काउनको लागि l
अमेरिकामा रहेर नेपाली मण्डलीको लागि के गर्नु भएको ?
मेरो एउटा मात्र बोलावट मैले अघि मात्र भने मेरो पास्टरको एक मात्र बोलावट हुनुपर्छ भनेर  मलाई प्रभुले विदेशको सेवाकाईका लागि राख्नु भएको पुर्वाञ्चलमको झापा जिल्लामा गएर करिब एक सय जती अगुवालाई, चितवनमा पनि करिब पाँच सयलाई काठमाडौंमा पनि नवँ जीवन चर्चमा दिनको तालिम तथा सेमिनारको आयोजना ¥यौं अरु केही गरेका छैनौं मैले सायद नेपालको मण्डलीका लागि मैले केही गरेको छैन् अर्को कुरा मेरो दर्शन नेपालमा सेवाकाई गर्ने होइन् नेपालमा आएर चर्च स्थापना संस्था स्थापना गर्ने होइन् अहिलेको दर्शन होइन् तर भविष्यमा मैले नेपालका लागि केही गर्नुपर्छ नेपालका मण्डलीमा हामीले पास्टर अगुवालाई ठिक प्रकारको शिक्षा दिनुपर्छ ।त्यसका लागि तालिमको आयोजना गर्न सकिन्छ
कस्तो व्यक्ति पास्टरको सेवाकाईमा आउनु पर्छ ?
थुप्रै पास्टर अगुवाहरूले आफुलाई लाहुरेको मानसिक्ताले अघि हिडेका छन् उनीहरू लाहुरे पारामा नेपालमा सेवकाई गरिरहेका छन् गएकोले नेपाली पास्टरहरूले जब सम्म एउटा पास्टरले आफ्नो परिवारका सदस्य तथा श्रीमतीलाई समय दिएको छैन भने सेवाकाई गर्न  गाह्रो  हुन्छ नेपाली
जव सम्म पास्टरले आफ्नो परिवारलाई समय दिन सक्दैन् पास्टरले जहिलेपनि समय बाहिर मात्र दिएको भने परिवार वरिन्टेड हाम्रो सेवाकाई हुनुपर्छ  जुन चर्चमा पास्टर लामो समयसम्म रह्यो भने त्यो पास्टरले प्रभावकारी रुपमा सेवाकाई गर्न सक्छ l
नेपालको मण्डलीमा केकस्ता समस्या देख्नु हुन्छ ?
थ्योलोजीको विधार्थी भएकोले मेरो अवलोकनमा सकारात्मक रुपमा भन्नु पर्दा हामी आफै पनि कन्भर्टेड विश्वासी हौं अझ पनि हामीसँग हिन्दु लिडर्सिप बौद्ध लिडर्सिप हावी भइ रहेको त्यो आइडिया भएकोले हामीले नक्कल गरिरहेका हुन्छौं नेपाली मण्डलीमा मेलमिलाप छैन् फुटहरु कति नेपाली मण्डलीहरूले असल गरि रहेका छन् कतीपय हाम्रा पास्टर अगुवाहरू १६ घण्टा बाहिर बस्छन्, सुत्ने बेलामा मात्र घरमा आउँछन् तर आफ्नो परिवारलाई समय नै दिदैंनन यदि पास्टरले आफ्ना परिवारलाई समय दिएन भने परिवारमा समस्या आउँछ पहिले पास्टरले आफ्नो परिवारलाई सन्तुलित प्रकारले राख्नु पर्छ अनि मात्र सेवकाईमा असल गवाही दिन सक्छ नेपालका केही मण्डलीका एकजना पास्टर व्यक्ति दश वटा संस्थाको हाकिम छन् , सस्थामुखि हुनुहुदैंन् लाहुरे पारामा सेवाकाईमा लाग्नु नेपालका मण्डलीको समस्या
अमेरिकाबाट नेपालमा हेर्दा नेपाली मण्डली कता गइ रहेको देख्नु भा ?
नेपाली चर्च ग्रोथमा अघि तर नेपाली मण्डलीको कमजोर पक्ष भनेको नेपाली मण्डलीहरू संस्थामुखि भइ राखेको छन् नेपालमा मण्डली वृद्धि भइरहेको छन् गाउँ गाउँमा नेपालका हरेक जिल्लामा चर्चहरू स्थापना भएका छन् ।।वास्तवमा नेपालमा संख्यामा मण्डलीहरु वृद्धि भएको भने तर क्वान्टिटिमा वृद्धि भएको छैन् जस्तो
तपाई जस्तो व्यक्ति नेपालमा आइ पास्टरीय सेवकाईमा लाग्नु पर्छ भन्यो भने गल्ती हुन्छ ?
परमेश्वरको बोलावट भयो भने नेपालमा आई पास्टरीय सेवाकाईमा लाग्नु रमाइलो नै हुन्छ यदि मेरो बोलावट भने जानु पर्छ बोलावट के हो त्यो राम्ररी जानेको हुनुपर्छ नेपालले अब अरू राष्ट्रमा पनि मिशनेरी पठाउनु पर्छ
अझै कति वर्ष त्यहाँ रहनुहुन्छ ?
मेरो अनिश्चित धेरै समय त्यहाँ रहन्छु होला सायद
पास्टरको जीवन कस्तो हुनुपर्छ ?
पास्टर एकदमै अध्ययनशिल हुनुपर्छ एप्रोचएबल हुनुपर्छ पक्षपाती व्यक्ति हुनु हुदंैन् पास्टरलाई भेटनका लागि अपोनमेन्ट लिनुपर्छ भन्ने होइन्, मण्डलीका सदस्यका लागि उपलब्ध हुनुप¥यो पास्टर आत्मिक लिडर हो त्यसकारण पास्टरको जीवन असल हुनुपर्छ पास्टर हरेक कुरामा अपडेट हुनुपर्छ मण्डलीका सदस्यलाई सिकाउनका लागि पास्टरले थ्योलोजीको अध्ययन गरेको हुनुपर्छ समाजमा रहेका हरेक घटना प्रति जानकार हुनुपर्छ

 Source: www.turahi.com 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...