डाँडाको टापुमा बस्ने एउटा बुढो मानिस- कथा

डाँडाको टापुमा बस्ने एउटा बुढो मानिसले तल बेसि अथवा समुद्र किनारमा ठुलो बगर निर्माण गरेछ जहाँ मानिसहरु रमाइलो गर्थे, खेल्थे त्याहा विभिन्न भोज भतेरको आयोजना हुन्थ्यो त्यो एउटा सबै भन्दा रमणीय ठाउँ थियो
यसै क्रममा एक दिन एक्कासी पर बाट ठुलो भयंकर समुद्री आँधी सबैलाइ नाश गर्ने गरी आउँदै थियो यो बस्तविक बिनाश डाडामा बस्ने बुढो मानिस बाहेक अरु कसैले देखेको थिएन बगरका सबै मानिसहरु मनोरन्जनमा व्यस्त थिए बुढो मानिसलाई जसरी पनि बगरका मानिसहरुलाई बचाउनु थियो तर यहाँ कुनै विकल्प थिएन बुढो मानिस चर्को स्वरले करायो तर बगरका कसैले सुनेनन् अन्त्यमा बुढो मानिसले एउटा विकल्प निकाल्यो उसले आफ्नै घरमा आगो लगाउने विचार ¥यो जुन घर उसको अति नै प्यारो थियो तर आफरले निर्माण गरेको बगरका मानिसहरुलाई बचाउने अरु विकल्प पनि थिएन यसैले उसले अरु धेरै नसोचि ठिक समयमा आफ्नो घरमा आगो लगाइदियो जब आगो धुँवाको ठुलो मुस्लाकासाथ दनदनि बल्न थाल्यो, तल बगरमा रमाइलो गर्दै गरेकाहरुले यो देखे, तब धरैले डाडाँको आगो निभाउन उकालो चढे, कति धरैले अझ पनि वास्ता गरेनन् तर जतिले उकालो चढे ति सबै बाँचे अरु सबै नै समुद्री आँधिले लग्यो मरे
मैले जोड्न खोजेको प्रसंग :
डाँडा : (स्वर्ग) मा बस्ने बुढो मानिस : (जो परमेश्वर हुनुहुन्थ्यो) अनि बगर : (पृथ्वी वा परमेश्वरको सबै सृष्टि) मानिसहरु : (यो संसारका हामी सबै मानिसहरु) आफ्नै धुनमा मस्त थियौ अझै कति छौ जब यो सबै राम्रा कुरा शैतानलाई मन परेन उसले परमेश्वरको विरुद्ध काम गर्ने उदेश्यले समुद्र (शैतान) ले समुद्री आँधी : (पाप) ल्यायो, जसले सारा मानिसलाई नष्ट गथ्र्यो तब परमेश्वरले एउटै विकल्पमा डाँडाको आफ्नै घर :(येशू ख्रीष्ट) लाई आगो लगाईदिनु भयो (अर्थात हाम्रो पाप क्षमाको निम्ति मर्न दिनु भयो जो क्रूसको अत्यन्त कष्ट सहि मर्नुभयो) यो देखेर आज जतिले उकालो चढे (अथवा विश्वास गरे) तिनिहरु बाँचे अरु सबै नै समुद्री आँधि (पाप) ले लग्यो मरे
यूहन्ना  (3:16)  हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।
आमेन ।। 
-संजय कुमार बर्माशाखा (शब्दमा)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...