सट्टामा –दृष्टान्त

सट्टामाः
दुई जना दाजुभाई हुन्छन । एउटा मोटरबाईक छ । दाजुको मोटरबाइक चलाउने अनुमती पत्र अर्थात लाईसेन्स छ तर भाईको छैन । दुवैलाई बाईक चलाउन आउछ । एकदिन संयोगबस भाईले  बाईक चलाएको बेला एक्सिडेन्टमा पर्छ र एकजना मान्छे धेरैनै घाइते हुन्छ । धेरै मान्छे जम्मा हुन्छन । प्रहरी आएर भाइलाई पक्राउ गर्न खोज्छन । भाई त्याहा बाट बच्ने अनेक उपाय गर्छ तर कुनै उपाय हुन्न । घरमा बसिराखेको दाईले सो घटना थाहा पाउछ । भाईसँग लाईसेन्स नभएकोले प्रहरीले पक्राउ गरे जेल जाने तथा धेरै महँगो सजाय पाउने निश्चित छ । त्यसकारण दाई तुरुन्तै आएर प्रहरी सामु आफुले बाईक चलाएको स्वीकार गर्छ, अर्थात भाईको सारा गल्ती आफुले स्वीकार गर्छ । प्रहरीले दाईलाई पक्राउ गरेर लान्छन । लगभाग एक दिनको थुना पछि घाईतेको उपचार गर्ने र सामान्य जरिवाना तिरेर दाई छुट्छ । यसरी भाईले गरेको गल्ती आफुले स्वीकार गरेर भाईलाई सजायको भागीदार हुनदेखी बचाउछ र आफु पनि सुरक्षित हुन्छ । 
प्रसंगः जब मानिस जाति स्वभावैले पापी र अधर्मि थिए, पापको कारण मृत्यु निश्चित थियो । जसको परिणाम अनन्तको नरकीय दण्ड अनिवार्य र निश्चत थियो । यो सन्दर्भमा परमेश्वरले मानिस जातीलाई बचाउने एउटै विकल्प प्रयोग गर्नुभयो कि प्रभु येशू ख्रीष्टलाई सारा मानिस जातिको पापको दण्डको निम्ति आफुलाई क्रुसमा अर्पण गर्नु भयो किनकी उहाँ सँग जीवन र मृत्युको अधिकार थियो र धर्मशास्त्रको वचन अनुसार कन्यद्धारा जनमनुभयो, क्रुसमा दुःख भोग्नुभयो, मारिनुभयो, गागिनुभयो र तेस्रो दिनमा मरेकाहरुबाट बौरी उठ्नु भयो । यूहनना ३ः१६ अनुसार आज जतिले उहाँ अर्थात येशू ख्रीष्टलाई विश्वास गर्छन । ती सबैलाई उहाँले बचाउनु हुन्छ । किनकी मानिसको पापको मोल उहाँले तिरीसक्नु भएको छ ।
–सन्जय कुमार बर्माशाखा

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...