पास्टर भोजराज भट्टको जीवनका आरोह-अवरोहहरू -१

समाजिक संजालका मेरा हजारौं मित्रहरूलाई अभिवादन!
आज मलाई अली वैराग लागेको छ। यो वैरागको कारण तल धेरै ब्यक्तिहरूको नाम पनि सुन्नुहुनेछ; दु:ख दिने र सहायता गर्ने दुबैको। दशकौं देखी मनमा लुकाई राखेका वेदनाहरू पोख्न मन लागेको छ। कतिपटक त धुरीबाटै कराउन पनि मन लाग्छ कारण यो सामन्ती संसारमा तीमैको छोरो बर्तीमै जस्ता असहायहरूको आवाजलाई उसको नजिकैबाट भएर गैरहेको भिडको आवाजले डुवाउन खोजेझैं मेरो आवाजलाई पनि धेरै पटक डुवाईएको छ र अँझै पनि डुवाउने प्रयास गरिएको देखिन्छ।

यदी मार्क जुकरवर्गले फेसबुकको आविस्कार नगरेको भए यति सजिलै र छिटै मेरो आवाजलाई नेपाली ईसाई जगतमा पुर्‍याउन सक्ने थिएन होला कारण फेसबुक पुर्व केवल सामन्ती र शक्तिसालिले मात्रै पत्रिका, रेडियो र टिभीबाट उनिहरूको आवाजलाई दुनियाँमाथि लाद्‍नसक्थे र हामी जस्ता असहायहरूले मन मारेरै ती पढ्नु पर्थ्यो, सुन्नुपर्थ्यो र हेर्नुपर्थ्यो। बाटोमा भेट्दा, सभासम्मेलनमा जाँदा, चोक चौतारीमा पुग्दा सामन्तीकै गुणगान, सामन्तीकै विजयको धून हामीलाई वाध्यभएर सुन्नुपर्ने पारिन्थ्यो। उनिहरूको आवाजलाई खण्डन गर्नेसक्ने नत हामीसँग ताकत, नकुनै माध्यम थियो। सभासम्मेलन र चोक चौतारीमा आवाज उठाउन खोज्दा जिउज्यान बचाउनै गाह्रो हुन्थ्यो; सामन्तीका भरौटेहरूले लखेटीहाल्थ्ये। यूरोको रोमेनिया भन्ने देसबाट ढल्न थालेको सामन्ती सासनलाई जुकरवर्ग जस्ता व्यक्तिले फेसबुकको आविस्कार गरेर आज हाम्रा चोक चौतारीका सामन्तीहरूको हैकम्वादलाई ढालि छाडे। तपाईँ र म जस्ता असहायहरूलाई पनि सामन्तीको पन्जाबाट उम्कन मदत गरे कारण सुचना नै शक्ति हो भन्ने सिद्धान्तलाई उनले सावित गरिदिए। सामन्तीहरू अन्धकारमा मात्रै अरूलाई दमन गर्नसक्छन्।

त्यसैकारण मित्र, जुकरवर्गलाई धन्यवाद दिँदै मेरो आवाजलाई, मेरा वेदनालाई र मेरा विचारलाई तपाईँको औंलाको टुप्पोमा र आँखाको साम्मनेमा ल्याउन चहान्छु। म किन यो गर्न चहान्छु भने मित्र, यूट्यूब र फेसबुमा यहाँहरू मध्य धेरैले लाखौंपटक मैले बोलेका वचनहरू सुन्नुभाको छ र कतिपटक त मेरो अनुहार पनि देख्नु भाको छ। तर वास्तम्मा मलाई चिन्नुभाको छैन। यो मानिस को होला भन्ने खुल्दुली धेरैको मा छ र सयौं पटक भन्दापनि बढी धेरैले “सर को घर काँ?” जस्ता प्रश्न गरेको तर ति सबैको जवाफ पनि दिन नसकेको अवस्था छ। सायँद यसपटक कतिपय ती उत्तर दिन नसकेका प्रश्नको जवाफ यहाँहरूले पाऊनु हुनेछ। तपाईँले सुनेको आवाज र देखेको अनुहार पछाडिको व्यक्तिलाई केही हदसम्म भए पनि चिन्न सकेमा ती बोलेका र लेखेका वचनहरूले पनि आफ्नै माने राख्नेछन्। भनिन्छ, सुखले भन्दा दु:खले नै मानिसलाई बनाउँछ। सायद आज म जस्तो छु त्यस्तै मानिस बनाउनकै लागि होला, दु:खले जन्मेको दिन देखि साथ दिँदै आएको छ तर ख्रीष्टमा त्यो हारेको छ, रोकीएको छ। सुन्नुहोस है त मित्रहरू:

मेरो बुबाको निधन भएको झण्डै २ महिना हुनलागिसक्यो त्यसकारण उहाँलाई अब मैले लेखेका र बोलेका कुराहरूले चित्त दुखाउन पनि सक्ने छैनन्। आज सम्म उहाँलाई चोट नपरोस भनेर नै मैले मेरा वेदनालाई मुटुमै थन्काएर राखेको थिए। बुबाले पनि कहिल्यै सोध्नुभएन मलाई कस्तो छ भनेर। सायद यो हाम्रो संस्क्रिती नै होला कि बुबाले जतिसुकै अन्याय गरेपनि छोरासँग माफ माग्नु उचित हुँदैन। अर्कोपट्टी केही गन्यमान्य ईसाई अगुवाहरूले म प्रति गरेको दुर्व्यवहारलाई जवाफ दिनको लागि ठिक समय पनि आएको थिएन। आज आएको छ। आज आएको छ, किनभने उहाँहरूले आज सम्म आफु चुकेको कुरालाई स्वीकार गर्नु भएको छैन। सबै दोष पिडितकै टाउकोमा थुपार्नेकाम अँझै जारीनै छ। कहिले काहिँ भन्छन् रे “विगतका कुरा विर्सनुपर्छ”।

मेरो जन्म २०२४ साल बैशाख २० गते डोटीको छतिवन गाविसमा भयो। ३ जना छोरी पछि जन्मेको छोराको निम्ती तुरन्तै ज्योतिषी बोलाईयो, लामो चिना पनि बनाईयो तर बुबाको लागि बडो दु:खद खबर। म त मूल नक्षेत्रमा जन्मे छु। मेरो कारण बुबाको निधन निश्चित। उपाए एउटा थियो। छोरालाई सदाको लागि ढल्काउनु। ढल्काउनुको धेरै अर्थलाग्न सक्छ। तर मुख्य कुरा, बाबु छोराको द्रिष्टी एकार्कामा कहिल्यै नपर्नु। परेमा बाबुको म ृत्यु निश्चित। बडो धर्मसंकट पर्‍यो। आमाले दुधै नख्वाएर मर्न दिनेकी डाँडा कटाएर कुनैलाई धर्मपुत्र वा देउबा बन्नको लागि दिने?

त्यसबेला सम्म आमाको स्थान परिवारमा धेरै दु:खदाई थियो। बुबाले पिटेर धेरै चोटी मरणासन्न पारिसकेको। कति हड्डिहरू भाँचिएका। सासुले पनि नाती जन्माएन भनेर हेलाँ र छोरालाई दोस्रो विवाहाको दवाव। अन्तिम्मा मुल्याहा छोरो जन्माएर घरमा अभिषाप, यी सबैको दोष आमाको टाउकोमा थुपारियो। छोरालाई मात्रै नभएर श्रीमतीलाई समेत ढल्काउने निर्णय मेरा पिताजीले गर्नुभयो र मलाई र म माथी कि एक दिदीलाई बोकेर आमाले मामाघर लानुभयो। मामाघर पुगेको केही महिनामै दिदी बित्नुभयो (दु:खलाग्दो कथा छ त्यसको पनि)। आमाको दु:खमा दु:ख। छ महिना नहुँदै घरबाट आमालाई फिर्ताहुने अाज्ञा आउँछ कारण बुबाले नयाँ विवाहा गर्नसक्नुभएन। अवला नारी, के गरून्। माईतीमा पनि कति बस्ने? म छ महिनाको नहुँदै मलाई बज्यैको हातमा आमाले छोडिन् र झन ठुलो दु:खको भुमरीमै फर्किन्।

११ बर्षपछि अर्को एउटा ज्योतिषीले मेरो चिना पढेछ र भन्छ कि पहिलाको ले चिना कोर्न गल्ती गरेछ! तेरीखाने पाजी, त कस्तो ज्योतिषी! घर त ल्याईयो तर मेरो कलिलो मगजमा पहिल्यै धेरै घाउहरू लागिसकेका थिए। तैपनि, आमा बाबु छन्, भाई बैनी र दिदीहरू छन् भन्ने कुरा सुन्दा एक किसमको नयाँ आशाका पालुवाहरू पनि पलाएका थिए त्यो सुकिसकेको दिमागको डालीमा। तर के गर्ने, आएको एक बर्ष सम्म बुबाले न त नजरमा नजर लाएर हेर्नुभयो न मुख खोलेर बोल्नुभयो। जीवन अँध्यारोबाट निष्पट अन्धकारतिर धकेलियो। भाई-बैनीहरूसँग उहाँ सारै राम्रो। म पछि १ भाई २ बहिनिहरू छन्। १ बर्षपछि बाबुको स्पर्ष पिटाईबाट थाहा पाएँ, बोली गालीबाट।

१६ बर्षको उमेर सम्म घरमा बस्दा मेरो मानसिक श्वास्थ्य चकनाचुर भैसकेको थियो। जीवन एक बोक्नै नसक्ने भारी भयो। देवी देउता सबै खोजे। केही नलागेर कम्यूनिस्ट पनि भए। तर जीवन एक थेग्नै नसकिने भार बन्दै गयो। म ृत्युले मलाई सारै लोभ्यायो। म मर्दा रूने कोइ छ भनेर सोद्दा सारा जंगलका रूखहरूले गिज्याउँदै भन्न थाले “तँ त प ृथ्वीको भार होस्”।

म ृत्युलाई अँगाल्नु भन्दा पहिला बदलाको भावनाले पनि मेरो केही समय लियो। कस्तो अचम्म भनौं, त्यही बेला “सबैको साथी” नामक पुस्तक मेरो हातमा पर्‍यो। यसले त मलाई मार्छ कि क्याहो भन्ने डरले बुबाले मेरो भेनालाई समझाईदिनुहोस् भनेको कारण भेना धनगढीबाट भेट्न जोरायल आउनुभएकै बेला उहाँले त्यो किताब दिनुभाको थियो। पास्टर हुनुहुँदो रहेछ, आफुलाई के थाहा। भेटभाको त यो पहिलो पटक। भेटको एक घण्टामै उहाँ आफ्नो बाटो लाग्नुभयो। त्यो कितावको गन्ध अहिले सम्म मेरो नाकमा ताजै छ (केही बर्ष पहिला पनि त्यो किताब मैले आफैले स्कूलमा किनेको थिए; त्यो छुट्टै कथा छ बुवाले के गर्नुभयो त्यसको वारेमा)! सारै मायाँ लाग्छ त्यो कितावको तर के गर्ने छापाखानाले छाप्नै छोडेछ त्यसलाई।

दुई तीन चोटी पढेपछि डोटी जोरायलको रावल गाउँको एक जना सरकारी जागीरे (खड्दार साप भन्थे उन्लाई) रावल दाईलाई त्यो किताबले बताएको येशूको बारेमा सोध्न गए। जागीरे मान्छेलाई पक्कै थाहा होला भन्ठाने। “काँ बाट सुनिस् यो नाऊँ?” भनेर जङ्गिय दाई त। किताब देखाएँ। मेरो हातबाट लिने वित्तिक्कै च्यातेर धुजा धुजा बनाएर आकासमा उडाई दिनुभयो। सारै चित्त दुख्यो कारण त्यो किताबको येशू सबैको मात्रै नभएर मेरो पनि साथी जस्तो लाग्न थालिसकेको थियो घरी घरीको पढाईले।

१० कक्षा घरमा बसेर पढ्न सकिने अवस्था थिएन बाबुसँगको तनाबका कारण। त्यसैकारण स्कूल छाडेर काम गर्दै कम्यूनिस्ट आन्दोलनतिर लाग्ने निर्णय गरेकै बेला भिनाको निमन्त्रणा आउँछ; “एसएलसी पास गर्ने मन छ भने धनगढी मेरोमा आएर बस्, म पढाई दिन्छु”। भाँडा माझ्ने केटो चाहिएकोरहेछ उहाँलाई। एसएलसीको लोभ लाग्यो। आएँ। त्यो त उहाँको चर्च पो रहेछ! लामो कथा; येशूले मलाई जीवन दिनुभयो। मर्ने र मार्ने मन कता गयो गयो। एसएलसीमा येशूले गर्नुभएको चमत्कारले त मेरो होसै हरायो र पुर्ण जीवन येशूको सेवामा विताउने निर्णय गरे।

मेरो भेना र पश्चिमकै अर्का पास्टरको नाम नेपालमा त्यो बेला निकै चलेको रहेछ। धनगढीको चर्चको जग्गा जमिन पनि उहाँहरूकै नाममा रहेछ। बडो गर्वका साथ मैले उहाँहरूलाई, म पनि येशूको सेवा गर्छु भन्दा, “तँ जस्ताले सेवा गर्छन्?” भन्ने चित्कारले म खुत्रुक्कै भए। हो पनि। म मा केनै पो थियो र। जाबो उनिहरूकै भाँडा माझेर खाइराकोले सेवा गर्ने आँट गर्नु पनि कति ठुलो मुर्खता! एक चोटी भेनाले नाईकीको रातो टीसर्ट लाउन दिनुभाको थियो तर केही दिनपछी “तिम्रो शरीरमा महँगो लुगा सुहाएन” भनेर फिर्ता लानुभयो। घनगढी हिउँदमा जाडो नै हुन्छ। क्रिष्मसको क्यारोल कि ग्यारोल पनि राती राती पुषको महिनामा खेल्दा रछन्; देउसी भनौन हाम्रो भाषामा। डेउडा गाएक भोजराज भट्ट पनि हुनुहुन्थ्यो त्यो दिन। चर्चमा कुनै गोराले उसको ल्याण्डरोभर जुत्ता कसैले लाओस भनेर छोडेको रहेछ र ती गाएक मित्रले, “तपाईँको जुत्ता छैन, अध्यारोमा हिँड्नुपर्छ, आजलाई त्यो जुत्ता लाउनुहोस्” भन्नुभयो। जुत्तापनि कति मिलेको खुट्टामा, लोभै लाग्दो छाला। आरामदाईको त कुरै नगरौं। लाएर हिँडे कसैको घरमा गाउने टोलीसँगै। चर्चमा फर्केपछिको अवस्थाको कुरै नगरौँ। दामपत्य जीवनमा कुनै दिन मैले यो कुरा श्रीमतीलाई सुनाए। त्यो दिन देखी खोजी खोजी ल्यान्डरोभर जुत्ता ल्याउँछे मेरो लागि तर आफु भने फुटपाथकै चप्पलमा। नाईकीका टीसर्ट त्यति राम्रा लाग्दैनन् मलाई।

मेरो शरीरमा महँगो लुगा र जुत्ता नसुहाए पनि मेरो मनमा येशू सारै सुहाउँदै हुनुहुन्थ्यो तर त्यो कुराको कसलाई के मतलब। कुनै एक बेलायँती गोरा प्रभुका दासले चर्चको लागि भनेर घनगढीको मुख्य ठाउँमा किनिदिएको १ बिघा (२० कट्ठा) भन्दा बढी जग्गामानै त्याहाँ भएका अगुवाहरूको आँखा रहेछन्। भागबन्डाको कुरा निस्क्यो। यस्तो गर्न पाईँदैन भन्ने आँट गर्दा मण्डलीबाटै निस्कासन गर्नुभयो मलाई उहाँहरू सबै मिलेर। मलाई निकाल्दाखेरी, “तिमी मण्डलीको लागि क्यान्सर हौ” भन्ने मित्र आज ईसाई जगतको ठुलै व्यक्तित्व बन्नुभाको छ तर उहाँले त्यो जग्गाको भाग चाहिँ पाउँन सक्नुभएनछ। मलाई निकाले पछि पनि क्यान्सर त निको भएन छ। म निस्केको १ बर्षभित्रै मारा मार, मुद्दा मामिला आदि ईत्यादि भएछन् तर ती २ नाम चलेका पास्टरले सम्पुर्ण जग्गा आफ्नै नाममा राख्न सफल भए; अरू कसैले केही पाएनन् र त्यो मण्डली सदाको लागि हराएछ।

त्यतिबेला धनगढीमै ऐश्वर्य विध्या निकेतन भन्ने स्कूलमा म शिक्षकको काम गर्दै थिए। त्यो स्कूलको हेडमास्टर मलाई निस्कासन गर्ने चर्चकै सदस्य हुनुहुन्थ्यो। उनी दार्जीलिङ्का ख्रीष्टीयन थिए। उनलाई पनि म सँग रिस उठेछ। मैले शिक्षक र विध्यार्थिलाई दिएका सुसमाचारका पर्चाहरू बटुलेर, सुसमाचार सुनाएका प्रमाणहरू जमा गरेर, धर्मप्रचारको आरोपमा उनले पनि मलाई पाउनुपर्ने २ महिनाको तलबै नदिएर स्कूलबाट निकालिदिए। न निस्केको भए ३ बर्ष जेल पक्का थियो। घर फर्किने कुनै अवस्था थिएन बाबुको कारण। चर्चले पनि निकालेको, स्कूलले पनि निकालेको। बेरोजगार। टुहुरो जस्तै लाग्न थाल्यो फेरी जिन्दगी। येशू सँग पनि रिस उठ्न थाल्यो। तर मैले उहाँलाई कहिल्यै दोष दिनसकिन कारण उहाँको अपार अनुग्रह र प्रेमको स्वाद मैले पाईसकेको थिए। जोन बनियानको “तिर्थ यात्री” अथवा “पिलग्रिम्स् प्रोग्रेस” नामक किताब पनि पढिसकेको थिए। बनियानको पात्र “ख्रीष्टीयन” कै पाईलामा टेकेर अन्धकारको घाँटी पार गर्ने अठोट गरे।

हुनत त्यतिबेला सम्म धनगढीमै भएको अर्को चर्च सँग पनि म परिचित हुन थालेको थिए। त्यो चर्च सन्तोषीटोलमा थियो भने मलाई निकाल्ने चर्च तारानगरमा। तारानगर र सन्तोषीटोल बिचको दुष्मनी र प्रतिस्पर्दाबारे म अनभिज्ञ थिए। मैले सोचेको थिए, येशूका चेलाहरू सबै राम्रै हुनुपर्छ। म कति लाटो। तारानगरले मलाई निकालेको खबर पाए पछि सन्तोषीटोल मेरो उद्धारको लागि अघि सर्‍यो र लाग्यो, यिनीहरूले साँच्चै मलाई प्रेम गर्छन् कि क्या हो? स्कूलबाट पनि निकालिएपछि यसले के नाप्दो रहेछ भनेर पर्खिरहेको तारानगरलाई त्यो सह्यै भएन। उद्धार मात्रै नभएर सन्तोषीटोलले मलाई महिनाको रू ३०० मा “फुलटाईम” सेवक मै नियुक्ति गरिदियो। स्कूलमा म रू १००० पाउँथे त्यो बेलामा। तारानगरको घाउमा नुन थपेको रहेछ, मलाई के थाहा, म त प्रभुलाई धन्यवाद दिएर लागे समर्पित सेवामा। यो थाहा पाएपछि तारानगर पुरै उल्टेर लाठि लौरा हातमा लिएर सन्तोषीटोलका पास्टरलाई आक्रमण गर्न चर्चमै पुगेको द ृस्य ताजै छ मेरो नजरमा। पिट्न त पिटेनन् पास्टर दाईलाई।

सन्तोषीटोलमा एक बर्ष सेवा गरे पछि ती पास्टर दाईले मलाई बैंलौरमा बाईबल कलेज पठाउनुभयो तर पढाईपछि फर्केर सन्तोषीटोलमै कुनै सेवाको स्थान नमिल्ने कुरा स्पस्ट पार्नुभयो। उहाँले म जस्ता धेरैलाई सेवामा यसरी नै अगाडि बढाउनुभएको छ। पावलको लागि बर्णबास थिए भने मेरो लागि सन्तोषीटोलका पास्टरदाई। चाहे त्यो तारानगरलाई पाठ सिकाउनकै लागि भएको किन नहोस!

सन् १९९२मा चारबर्षे बैंगलौरको पढाईपछि सन्तोषीटोलकै पास्टरदाईको सिफारिसमा काठमाण्डौको चेलापन तालिम केन्द्रमा पढाउनको लागि म आएँ। चेलापन तालिम केन्द्रका तत्कालिन प्रिन्सिपलले मलाई राख्न मान्नुभएको थिएन तर मेरा बर्णबासको सिफारिसमा ती प्रिन्सिपलले मलाई मन नपराई नपराई राखे। त्यहीँ पढाउने २ जान शिक्षकहरूकै सामु, “तिम्रो लागि यहाँ ठाउँ छैन, जसले पठाएको हो उसैको मा जाउ” भनेको कटु वचन फिर्ता त लिए उनले तर सम्झना ताजैछ।

तालिम केन्द्रमा पढाए पनि मेरो बोलाहट पास्टर हो भन्ने मलाई पहिल्यै निश्चित थियो। १ बर्षपछि मैले छान्नुपर्ने भयो। मेरो सामु ३ वटा विकल्पहरू प्रस्तुत गरियो। १) तालिम केन्द्रमै पढाउने, २) आईसिआई भन्ने संस्था चलाउने, ३) निस्सी निवास चर्चको पास्टर बन्ने। पास्टरको बोलाहट पाएको मानिसलाई चर्चको नाम सुन्ने वितिक्कै लोभ लागेर आयो। मैले चर्च छाने।

जोरपाटी बौद्धमा त्यतिबेला “स्तुपा” नामको ठुलो होटेल थियो। त्यसै होटेलको रेस्टुरेन्टमा म, पास्टर दिलीप क्षेत्री र मिसनरी प्याम सिवर्ड, जसले निस्सी निवास सुरु गरेकि थिइन्, दिउँसोको खाना खानको लागि र हाम्रो भविस्यको लागि छलफल गर्न बस्यौं। सबै कुरा मिल्यो। मिसनरीले ३ महीनामा नेपाल छोड्दै थिइन् र मैले त्यो चर्चलाई सम्हाल्नुपर्ने। तर केही हप्ता बितिसक्दा पनि नत मलाई कुनै नियुक्ति पत्र दिइयो, नत चर्चमा नयाँ पास्टरको रुपमा परिचयनै गरियो। मलाई लाग्यो, साँयद ३ महीना पछि आफु जाने भएको कारण त्यतिनै बेला गर्नुहुन्छ होला भन्ठाने। लाटो बुद्धी। मिसनरीहरू र नेपाली पास्टरहरू विचको चलखेल आफुलाई के थाहा? तीन महीनापछि मण्डलीको पास्टर हुने भएकोले हतार हतारमा मेरो नौ महिना अघि मगनी भएको हुनेवाला दुलहीलाई पनि भारतबाट नेपाल बोलाएर पास्टर दिलीपकै हातबाट विवाहा त्यसै मण्डलीमा गर्‍यौँ। महिनाको रू २००० तलब भने सन् १९९३को जनवरीबाट तोकियो। तीन महीना बित्यो, तर ती मिसनरी दिदीले नेपाल छोड्ने संकेत देखाउन छोडिन्। छ महीना बितेपछि बल्ल यो लाटोको घैंटोमा घाम लाग्यो। उन्लाई त एउटा काम चलाउ मानिस चाहिएको रहेछ कारण सेवाको नाममा धनकमाउन उनलाई बर्षमा कैय्यौं चोटी देसविदेस घुम्नुपर्ने रहेछ। हुनत अमेरीकी गुप्तचर संस्था सिआईएको कर्मचारी हो पनि भन्थे धेरैले उनलाई। नभन्दै अमेरीकाले यस्तै मिसिनरीहरूलाई चलाएको प्रमाणीत पनि भयो केही समय अघि। जे होस, धन बटुल्न उनी विदेस गाको बेला मण्डली सम्हालिदिने र गोराहरू आउँदा अंग्रेजीबाट नेपालीमा उल्था गरिदिने सेवक होईन साधन चाहिएको रहे छ उनलाई। अंग्रेजीबाट नेपालीमा उल्थागर्न पनि कति सजिलै आको मलाई!! थुक्क मेरो बुद्धी। मैले त सोचे कि म पनि पास्टर हुँ।

हैन, ती दिदीले धनकमाउन पनि कति जानेकी र नेपालीलाई चलाउनपनि कति जानेकी!! तर उनले पनि यसपालि चैं फेल खाईछन् मान्छे चिन्न। येशूको लागि पहिल्यै धेरै मुल्य चुकाई सकेको यो लाटोलाई न त डलरको लोभ न त कुईरेको डर। उनले पालेका वच्चाहरू उपचार गर्न नपाई टीबी लागेर मर्दै थिए। आफु भने लन्च र डिनरको लागि जहिले पनि सेराटनमा। छुच्चो मुख। बोल्नथाले म त। पुगिगो। उनको आँखामा हेर्न त नेपाली रेभरेन्डहरूले सकेको थिएनन्, यस्ता कुरा त परै जाउन्। सबैको मुखमा पैसाको बुजो। मैले त सेवाको नाममा मोज र नेपालीलाई बेचेको आरोप लगाई दिए।

ओहो! छ महिनाको मेरो जीवनमा प्याम सिवर्डले गरेको शासनकालमा झन्डै मैले मेरो श्रीमती गुमाईन। विवाहा गरेको २ महिनामै छोरा पेटमा भएको कारण सारै विरामी भईन्, सोचे यो विरामी साधारणै होला। अस्पतालले पनि खाली गर्वबतीकै उपचार गर्‍यो तर सन्चो कहिल्यै भएन। महँगो अस्पताल लाने पैसा थिएन; सरकारी मा कस्लाई के मतलब। एकरात ज्वरोले १०६ नाघ्यो। चिनेको कोही थिएनन्, निलो कालो भईन् मेरी प्राण प्यारी। उनको टाउकोमा छापको पानी र आँसुमै रात बित्यो। आँतिएर बिहानको झिसमिसेमा चुच्चेपाटीमा बस्ने एक बेलाएँती मिसनरी डाँक्टरकहाँ पुगे। देखेर चिनेको मात्रै थिए, नाम त रोब्सन कि रविन्सन, थाहाभएन। बुढेसकालमा उनी र उनकी श्रीमती बाईबललाई तिब्बती भाषामा उल्थागर्न नेपाल आएका थिए। मेडिकल डाँक्टर भएको कारण चेक गरिदिन गुहार मागे। पत्तालगाए कि मेरो श्रीमतीको छातिमा डरलाग्दो “इन्फेक्सन्”को समस्या रहेछ र समयमै उपचार नपाए मैले मेरो जीवन साथी सदाको लागि गुमाउँने रहेछु।

यसरी श्रीमतीको ज्यान बचाउन म यता र उता धाउन थाले छु र चर्चमा समय दिन सकेन। याद गर्नुहोस, म प्यामकै २००० खाएर बाँचेको कारण उनको म माथि शासनगर्ने पुर्ण अधिकार थियो। एक दिन मलाई घरमा बोलाएर भन्यो “तिम्रो श्रीमती काम लाग्दैन, उसलाई माईत पुर्‍याएर आउ र सेवामा पुर्ण ध्यान देउ”। त्यो वचनले मेरो होस हरायो र मैले पनि मेरो मनमा भएका सबै र कति त सायँद रिसको कारण नभएका कुरापनि भनिछु उनलाई। उनले पनि सुन्न नसकेर आफ्नो कपाल लुछेको अँझै याद आउँछ। के सुर चलेछ कुन्नि, प्याम जुरूक्क उठेर माथिल्लो तलामा गएर यत्रो गाई जत्रो टेप रिकर्डर लिएर तल झरिन्। मलाई त्यसैले हिर्काउनेपो होकि भनेर डर पनि लाग्यो। तर क्यासेट मिलाएर मतिर फर्केर चिच्याईन् “ल अब अघि भनेको सबै कुरा फेरी जस्ताको तेस्तै भन् म रिकर्ड गर्छु र भोली तलाई अदालत पनि लान सक्छु”। मेरो पालो, के खोज्छस् काना आँखो भने झैं, सफासँग करीब २० मिनेट उनका सबै कर्तुतको बेलिविस्तार गरेँ र हिँडे त्यहाँबाट। अंग्रेजी भाषा पनि कतिराम्ररी आको रिसको झोँकमा! खै त्यो टेपलाई केगरीन्? आफ्नै लाज हुने भएर होला अहिले सम्म अदालतले मलाई बोलाएको छैन! कि त सिआइएलाइ बुझाइन्। (मैले यो लेख लेख्नु भन्दा पहिला एकपटक उहाँसँग पत्राचार वा टेलिफोन गर्न खोजे तर उहाँलाई भेट्न सकिएन। ईमेल पनि पाईएन फोन पनि। उनका केही भरौटेहरूलाई पनि म मेरो मनको वेदना पोख्दैछु, तिम्रो मालिक्नीलाई भन्दिनु भनेको थिए तर कसैबाट केही उत्तर आएन। बरू कत्तिलेत मलाई फेसबुकबाटै अन्फ्रेन्ड गरेछन्।)

मेरी श्रीमती निको हुन समय लाग्यो। तर प्याम दिदीलाई मौका मिल्यो। मेरो विरूद्दमा वोलेको कारण यिनीहरुलाई परमेश्वरले दण्ड दिनुभएको हो भन्दै बिभिन्न ठाउँमा प्रचार गर्न थालिन्। सन् १९९३को जुलाई महिनामा म मेरी विरामी र दुई जीउकी श्रीमती लिएर खाली हात निस्सी निवासबाट निस्के। मित्रपार्क का डाक्टर रेग्मीकी श्रीमती सुसीला दिदीले मेरो श्रीमतीको अवस्था देखेर पैसा भन्नेकुरा केही होईन भाई, जुन दिन हुन्छ त्यहि दिन दिनु तर कोठामा बस्नुहोस भन्नुभयो र नजिकैको पसलबाट कार्टुनबोक्सहरू किनेर त्यसैमा सुत्न थाल्यौं। छोरा जन्मिदाँ सुसीला दिदीनै मेरो छोराको “गड मदर” भईन्। ख्रीष्टीयन मिसनरीबाट लखेटीँदा एउटा अपरिचित हिन्दु परिवारले हामीलाई काठमाण्डौमा शरण दिनुभयो। आज सम्म हाम्रो नाता उहाँसँग अगाड छ। छोराले कम्पूटर ईन्जिनेरिङ् सकेर क्यानडा र कोरीया गर्दै काम गरिरहेको छ भन्ने खवर भने भन्न पाएको छैनौ उहाँहारूलाई। यो सुन्दा ती दिदी कती खुसी होलिन् मलाई थाहा छ तर जब म प्यामलाई सम्झन्छु, अवस्य पनि उनको मुखबाट हामीलाई दिने सराप सकिएको छैन होला। धन्य मिसनरी! उनि त अगम्वादिनी पनि रे। उनले सरापेको श्राप त ठ्याप्पै लाग्छ भन्छन् तर येशूको रगतले हामीलाई ती सबै श्रापबाट सुरक्षीत राख्नुभाको छ।

प्यामले मात्रै सरापे त केही थिएन। उनले पालेक उनका बफादार सेवकहरू मेरो बाटो ढुकेर बस्न थाले। डेविड म्याकब्राइट भन्नेले त खुलेआम वचनले आक्रमण गर्‍यो भने अर्को एकजान माइक नामको गोराले त झन्डै कुपन्डोलको ओरालोमा मलाई सबैको साम्नेमा पिटेन। उसको आरोप थियो “दिलीप क्षेत्री र उसको श्रीमतीलाई फोनमा अस्लील कुरा किन गरिस्, दिलीप क्षेत्रीलाई भए नभएको आरोप लगाएर धम्कि किन दिईस्”। के के हो के के, सुन्नै भ्याएन। त्यो कुईरेले मलाई यसरी गालि गर्दा बेतको फर्निचरको साहु र आवत जावत गर्ने सबै रोकिएर रमिता हेर्नथाले। मलाई त आकासै खसेको जस्तो लाग्यो। जुन पास्टरले मलाई र मेरी श्रीमतीलाई पवित्र विवाहामा बाँधेको थियो उहाँले नै यसरी मानिस पठाएर हुने नहुने आरोप। खै त्यो कुरै छोडौं अब, सुनेको छु दिलीप दाई पनि गुवाहाटिमै सेवा गर्नुहुन्छ रे। आशा छ कुनै दिन भेट हुनेछ।

समस्या त्यति मात्रै होईन, अब त मैले जो सँग संगत गरे पनि प्यामका भरौटेहरू आएर उनिहरूलाई नै आक्रमण गर्न थाले। त्यो बेलामा त एजी भनेपछि लाग्थ्यो स्वर्गका ठेकेदार उनिहरूमात्रै हुन्। उनिहरूका हरेक मण्डलीमा सुचना सुनाईयो कि फलानोलाई बाटोमा भेट्दा पनि जैमसहि नगर्नु, नास होस भनेर प्रार्थना गर्नु, के के हो के के। हिजो अस्तिका साथिभाईहरू सबैले बाटो काटे। यहाँसम्म कि सोन्तोषीटोलका मेरा बर्णबासले पनि उहाँलाई भेट्न जाँदा भेट्न रुचाएनन्। म र मेरी श्रीमती बाहिरै बाट फर्क्यौं।

काठमाण्डौ हाम्रो लागि सारै अन्धकार भयो। प्याम र उनका भरौटेबाहेक अरू कसैलाई चिनेका थिएनौ। चिनेको भन्नाले कुनै एउटा मिटिङ्मा स्तिफन सिन्हा दाईलाई यसो भेटेको मात्रै थिए। हेर्दा मिजासिलो मान्छेले मेरो मन खाएको थियो।

विरामी श्रीमतीलाई कोठामा छोडेर म उन्लाई भेट्न उनले चलाएको बालआश्रममा पुगे। उनि मेरो लागि अर्को नयाँ बर्णबास बनी निस्के। मेरो दयनिय अबस्था देखेर उनले मलाई लोकमणी र रूथ भण्डारीलाई चिनाए र काठमाण्डो बाईबल कलेजमा महिनाको रू १५०० मा पढाउनको लागि व्यवस्था मिलाई दिए। यो कुरा रेभ डाँक्टर बाल क ृण शर्माले सुने पछि प्यामलाई साथमै लिएर भण्डारी दमपत्तिलाई झपार्न गएछन्। त्यसलाई निकाल्नुहोस तपाईँको सकूलबाट भन्दै उफ्रेछन्। तर भण्डारी दम्पत्तिले मेरो पक्षलिएर उनिहरूलाईनै झपारेको गुण म कहिल्यै भुल्न सक्दिन।

तर रू १५००ले त भाडा मात्रै तिर्न ठिक्क हुने भएको कारण, काम त अर्को पनि खोज्नुपर्ने भयो। त्यही समयमा जीएफएले पनि जुनसुकै मण्डलीका सेवकलाई महिनामा रू १५०० विनासर्त सहयोग गर्दथ्यो। नारायनण शर्मा दाईलाई गएर आफ्नो कुरा बताए। उहाँ त्यो बेला ठट्टा बढी नै गर्नुहुन्थ्यो। उहाँले भन्नुभयो; “तपाईँले ‘मनिपूर’ बाट विवाहा गर्नुभयो र आज यस्तो ‘मनि’ बिनाको ‘पोर’ हुनुभयो, मैले त जापान बाट गरेको कारण म जे पनि गर्नसक्छु”। उनको कोठामा भएका २ जना गललल हाँसे। सायद विर्सनुभयो होला आज, तर त्यो बेलामा छुरा त उहाँले लामै प्रहारगर्नुभाको हो। त्यो उनको निर्दोष ठट्टा पक्कै पनि थिएन। तर के गर्ने मुख खोली हाले। त्यो भन्दा पहिल्यै उहाँले त्यसरी खसाल्नुभाको भए मुख खोल्न गाह्रै हुन्थ्यो होला। जे होस साँच्चै दयाले हो वा जीएफएको आफ्नो भुमिगत धरातललाई बलियो बनाउनु थियो, उहाँले एउटा सर्तमा मलाई पनि महिनामा रू १५०० सहयोग गर्ने निर्णय गर्नुभयो। सर्त थियो, गरेको सहायता प्याम र उनका भरौटेहरू कसैलाई पनि थाहानहोस्। बुझेँ मैले। उहाँलाई प्याम र उनका भरौटेबाट फाईदालिन बाँकि नै थियो; जिएफएको स्वतन्त्र जग बसिसकेको थिएन। आर्थिक सहायताको भुमिगत जंगलमा आफ्नो जाल बुन्दै थिए; गरीब पास्टर र चर्चहरूलाई निस्वार्थ सहायताको नाममा उल्लु बनाउँदै थिए। म झन बेकुव नै त परे। मलाई लाग्छ १ बर्षसम्म उनले मेरो मुटुमा लगाएको घाउ सुमसुम्याउँदै भएपनि त्यो १५०० लिन म जावलाखेल जिएफए अफिस पुग्थे। घातक भए पनि नारायान दाई मेरो लागि पत्रुस बन्नुभयो र मलाई टार्सस् सम्म जाने खर्च जुटाईदिनुभयो।

छोरा जन्मने बेला भएको थियो। प्यामलाई मन नपराएर चर्च आउन छोडेकाहरू पनि मसँग आएर नयाँ संगती सुरू गर्नुपर्छ भन्न थालेको त केही समय भएको थियो। तर आँट आएको थिएन। त्यो भन्दा केही दिन पहिला प्याम सँगै पास्टर दिलीप क्षेत्रीले मेरै कोठामा आएर मेरो श्रीमतीकै साम्नेमा “नयाँ संगती सुरू गरीस् भने देख्लास्” भनेर तँ तँ र के के भनेरै प्यामलाई खुसी पार्न सकेजती गाली गरेर जानुभएको थियो। हुन त उहाँको गालीमा दम थिएन, मन नपराई नपराई प्यामलाई खुसीपार्न गरिएको गाली थ्यो त्यो। आँखिर पास्टर नै त परे बुढा, विवेकत थियो नि। सुरू गरौं कि नगरौ, श्रीमतीको अवस्था नाजुक छ र केही गरी प्यामले गुण्डा लगाएर मेरो ज्यानलाई नै सिद्याए भने श्रीमतीको हालत के होला, डर लाग्यो। रिस पनि उठ्यो।

प्याम विरोधी मित्रहरू मध्य २ जना जसको आर्थिक अवस्था राम्रो थियो, उनिहरू नै तम्सेर लाग्ने खर्च हामी उठाउँछौं, चर्च सुरुगर्नुपर्छ भन्न थाले, कता कता मेरो शरीरको आभिलाषामा लुकेको रिसले पनि टाउको उठायो र हामीले संगती सुरू गर्‍यौं छोडेको २ महिना पछि, अर्थात सेप्टेम्बर ११मा। कसलाई थाहोस् कि सेप्टेम्बर ११ तारिक इतिहाँसमा विर्सन नै नसक्ने दिन होला भनेर! उहाँहरू सबैको सल्लाहा अनुसार “गिलगाल” नाम दिईयो कारण प्यामले लाएका सबै श्रापहरू हामीबाट गुडेको चहान्थ्यौँ होला। आँखिर सबै घाईते त थियौं संगतीमा खासै सुधार आएन कारण ती २ हुनेखानेमित्रले पास्टर भनेको त खाली चर्चले अह्राएको गर्ने मानिस हो। चर्च त विश्वासीले चलाउने हो, प्याम जस्तो पास्टर हुनुहुँदैन भन्नथाले। मलाई पनि ठिकै लाग्यो। जसोतसो १ बर्ष चल्यो संगती।

लोकमणी भण्डारीले राम्रै गरिरहनुभएको थियो र काठमाण्डो बाईबल कलेजमा एउटा राम्रो शिक्षक छ भन्ने कुरा डाँक्टर रमेश खत्रीले पनि सुन्नुभएछ। गणेश तामाङ्ग भाईद्वारा मलाई समपर्क गर्नुभयो। नेपाल बाइबल आश्रममा पढाउन थालेको थाहा पाएपछि त फेरी बाल क ृण शर्माले मलाई त्यहाँबाट निकाल्न रमेश दाईलाई गुहारे, फोन गरे, के गरे कसो गरे। तर रमेशदाईले उहाँको कुरालाई ईन्कार गरेर मेरो पक्षमा बोल्नुभयो र शर्माको अनुहार सानो भयो। त्यसको लागि म उहाँप्रति सधैँ धन्यबादी छु।

त्यतिनै बेला स्तिफनदाईको कारण र अंग्रेजीबाट नेपालीमा कुनै वक्ताको प्रचारलाई उल्थागरेको कारण गोपालजी अधिकारी दाईसँग भेट भयो। उहाँको मिलनसार स्वभाव, सबैलाई आदरका साथ सम्वोधन गर्ने बानि, आदि ईत्यादिले दाईको नजिक हुन मन लाग्यो। प्रार्थनाकै कारण गोन्च्याङ् सँग पनि भेट भयो र उनले पनि मलाई निकै उत्तसाहा दिए। पछि हुँदा हुँदा सुन्दर थापा दाईसँग भेट भयो र लाजिम्पाटमै हुँदा उहाँको बाईबल स्कूलमा पढाएको कारण उहाँले पनि मलाई केहि समय सम्म धेर थोर सहायता गर्नुभयो। उत्साहा दिनमा दाई पनि खप्पिस तर म त सोझो मान्छे, हो नै होला भन्ठान्थे र खुसी हुन्थे। काठमाण्डोको एकलोपना विस्तारै विसतारै हट्न थाल्यो।

यसरी बिभिन्न बाईबल स्कूलहरूमा पढाउने मौका मिलेको कारण मेरो आर्थिक अवस्थामा सुधार आयो। प्यामका भरौटेहरूले जति लखेट्न खोजेपनि मेरा जरा काठमाण्डोमै गाडिन थाले। तर गिलगाल चर्चको प्रगति भने भएन र मेरा ती २ जना हुनेखाने विस्वासीले अन्तिम्मा मलाई नै निकालेर सबै विस्वासीहरू लगेर बाँसपारी चर्च, जगतप्रधान दाईकोमा गएछन्। दाईसँग चिनजान पनि थिएन, उहाँलाई पनि खुसीनै लाग्यो होला एकै हप्तामा १५, २० जना नयाँ विस्वासी थपिँदा। जोसुकैका विस्वासी किन नहुन्, आफ्नो दुनो सोझिए भैगोनि। यता मलाई खुसीले गद् गद्। कसरी ती झारकसिंगरलाई बढारौं भन्नेबेला बतासले नै उडाई दियो। बल्ल सन् १९९५मा नयाँ नामाकरण गरेर आशा चर्चको स्थापना भयो। कोही पछि फर्केर त आए तर लामो समय टिकेनन्।

आशा चर्चको नामबाट बल्ल मेरो नामको अगाडि पास्टर भन्ने सब्दले ठाउँ पायो। त्यस पश्चात मलाई उत्साहा दिनेमा फिलेमोन क्षेत्री दाई पनि हुनुहुन्छ, सुन्दरदाईले लाजिम्पाट छोडेपछि उहाँ त्यहाँ आउनु भाको थियो। मनिपुरकै श्रीमती भएको कारण भान्लाल दाईले उहाँको चर्चसँग मिलेर काम गर्नको लागि पनि बोलाउनुभाको हो तर केही सैद्धान्तिक कुराहरू र केही व्यवहारिक कुरा नमिलेर सम्भब भएन तर दाईले मलाई उत्साहादिन छोड्नुभएन। यसरी एकातिर प्यामका भरौटेहरूले मेरो बाटो छेक्थे भने अर्को तिर धेरै प्रभुकादाहरूले निस्वार्थरूपमा मलाई सहयोग गरेर आज यहाँ सम्म आईपुग्न सफल भएको छु। यी माथि उल्लेख गरिएका व्यक्तिहरूले सहयोग र समर्थन नगरेको भए, प्याम र उनका भरौटेहरूले उहिल्यै मेरो व्यक्तिगत जीवन, विवाहा र सेवालाई नै सखाप पार्ने थिए। तर प्रभुलाई धन्यबाद होस उहाँले तिनीहरूलाई त्यो गर्नदिनुभएन!

म किन विदेसिय भन्ने कुरा अर्को खण्डमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...