गहतराजले दिए ख्रीष्टियन महासंघकाे अध्यक्षबाट राजिनामा
फागुन २/ २०७८ / काठमाडौं
राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि गहतराजले अाज राजिनामा दिएकाे कुरा प्रेस विज्ञप्ति मार्फत पत्रकार सम्मेलन गरि जानकारी दिनुभएकाे छ ।
लामाे समयदेखि ख्रीष्टियन महासंघकाे अध्यक्षमा रहेर इसाई समुदायको पक्षमा अावाज उठाई रहेका गहतराजले अाज साेमबार अध्यक्ष पदबाट राजिनामा दिनुभएकाे हाे ।
देशलाई सुन्दर र समृद्ध बनाउन देशमा असल राजनीतिज्ञकाे खाँचाे भएकाे र अल्पसंख्यक धार्मिक समुदायकाे मागहरु राजनीतिबाट दिलाउन सकिने भएकाले अब निरन्तर रुपमा अाफ्नाे जीवन राजनीतिमा सम्रपण गर्ने जानकारी दिनु भयाे ।
समाजिक एकता पार्टीका अध्यक्ष रहेका गहतराजले अब निरन्तर अाफ्नाे पार्टी देशकाे समृद्धि स्थापना गर्न, लागि पर्ने समेत बताउनुभयाे । उहाँले महासंघकाे अध्यक्षबाट राजिनामा दिनेक्रममा अाफू महासंघमा बैधानिक रुपमा नरहेपनि अाफूले महासंघप्रतिकाे याेगदानलाई सम्झेर संधै महासंघलाई साथ दिने बताउनुभयाे ।
सि.बि गहतराज अध्यक्ष रहेकाे सामाजिक एकता पार्टी निर्वाचन अायाेगमा विधिवत रुपमा दर्ता भएतापनि पार्टी घाेषण हुन भने बाँकि छ ।
News source: बोलावट पत्रिका
Video source: Bachan TV