सिएमएसको अध्यक्षमा पत्रकार सुमित नेपाली भारि मतका साथ विजय

ख्रिष्टियन  मिडिया सोसाइटी सिएमएसको कार्यक्रम आज भब्यता साथ ललितपुरमा सम्पन्न भएको छ ।
बिहान १० बजे बाट सुरु भएको निर्वाचन कार्यक्रम बेलुकी ५ बजे सम्म चलेको थियो । निर्वाचनबाट नया अध्यक्ष चयनमा पत्रकार सुमित नेपाली भारि मतका साथ बिजय भएका छन् ।

अध्यक्ष पदको लागी सुमित नेपाली र दिनेश श्रेष्ठले उमेदार दिएको थिए । अध्यक्ष पदको लागी सुमित नेपालीलाई सिमोयोन रोक्काले प्रस्ताब गरेका हुन् भने दिनेश श्रेष्ठलाई पत्रकार कुमार बिस्टले प्रस्ताब गरेका थिए ।

निर्वाचन मण्डलमा पास्टर प्रकाश सुब्बा, अधिबक्ता भविन्द्र राई, पत्रकार तथा समाजसेबी राजेश पन्त , स्वतन्त्र पत्रकार संघ ललितपुरका अध्यक्ष उपेश नौबाहक र पास्टर दिल बहादुर मगर रहनु भएको थियो । निर्वाचन बाट ख्रिष्टियन मिडियामा अध्यक्ष चयन भएको यो अहिले सम्म कै पहिलो अभ्यास हो ।

ख्रीष्टियन मिडिया सोसाइटीको अध्यक्षतामा गुड न्यूज मिडिया प्रा.लिका सञ्चालक सुमित नेपाली निर्वाचित हुनुभएको छ । त्यसैगरी विश्वास थापा उपाध्यक्ष, कुमारअब्राहम सुनाम सह सचिव, विजय लुङ्गेली कोषाध्यक्ष, र सदस्यहरुमा हरि जिज्ञासु, सञ्जय बर्मा, पुनम पाँचकोटी, सुनिलराज लामा रही सचिव पद पछि पदपूर्ती गर्नेगरी ९ जनाको कार्यसमती गठन गरिएको छ |

ललितपुरको भैँसीपाटीमा रहेको होटल क्वालेटी ब्याङ्केट युनीटी क्याफेमा ख्रीष्टियन मिडिया सोसाइटीका संस्थापक सदस्य दिनेश श्रेष्ठको संयोजकत्वमा अाज बसेकाे भेलाले उक्त कार्य समिति निमार्ण गरेको हो । नव निर्वाचित कार्यसमिती सदस्यहरुले ख्रीष्टियन समुदायको लागि निरन्तर आवाज उठाउने र मिडियाद्धारा परमेश्वरको महिमा हुने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष पदको लागी सुमित नेपाली र दिनेश श्रेष्ठले उमेरदार दिनुभएकाे थियाे भने अध्यक्ष पदको लागी सुमित नेपालीलाई सिमोयोन रोक्काले प्रस्ताब गर्नुभएकाे हाे भने दिनेश श्रेष्ठलाई पत्रकार कुमार बिस्टले प्रस्ताब गर्नु भएकाे थियाे ।

निर्बाचन प्रणालीबाट पहिलाेपटक ख्रीष्टियन मिडियाकर्मीकाे कार्यसमितिकाे लागि अध्यक्ष चयण गर्नु परेकाे निर्वाचन मण्डलमा पास्टर प्रकाश सुब्बा, अधिबक्ता भविन्द्र राई, पत्रकार तथा समाजसेबी राजेश पन्त , स्वतन्त्र पत्रकार संघ ललितपुरका अध्यक्ष उपेश नौबाहक र पास्टर दिल बहादुर मगर रहनु भएको थियो ।

२०७३ सालमा स्थापना भई केशब लुइटेल संस्थापक अध्यक्ष रहेको ख्रीष्टियन मिडिया सोसाइटीको पुरानो कार्य समितिलाई बिगठन गरी नयाँ कार्यसमिति चयन गरीएको हो ।

इसाई समुदायको आवाज उठान गर्न, इसाई मिडियालाई शसक्त बनाउन र देशभरीका ख्रीष्टियन मिडियाकर्मीहरुलाई संगठीत गर्नको लागि ख्रीष्टियन मिडिया साेसाइटीको स्थापना भएको हो ।

नव निर्वाचित अध्यक्ष सुमित नेपालीले आफूलाई बीजय बनाएको मा सबै मिडियाकर्मीलाई धन्यवाद दिदै आगमी दिनहरुमा सबै मिडिायकर्मीहरुको साथ र सहयोगबाट अगाडी बढ्ने बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...