सौगात छुवाएर पनि कहीँ ख्रीष्टियानको मगनी हुन्छ?

लिभिङ टुगेदर  भगौटेहरूको संस्कारलाई जायज ठहर्याउने जमानामा पास्टरले पवित्र विवाह दिने मौकापाइरहनुलाई मैले सानो विषय सम्झेको छैनँ।  आफैले पनि धेरैलाई विवाह दिएँ तर विवाहको विधिमा भएकोविविधतालाई कसरी लिने भन्ने विषयमा हामीले अहिलेसम्म एउटा पातसम्म पनि टिपेका छैनौं। निश्चय नै

विभिन्न सम्प्रदायको आफ्नै अनुष्ठान छन् जुन एकअर्कामा अक्षरशमेल नखाए पनि सिद्धान्तमा फरकनपर्दासम्म यो समस्याको विषय होइन तर मगनीमा मैले ठूलै खोट देखें।

         मगनीलाई विवाहमा प्रवेश गर्ने मूल ढोकाको रूपमा लिइन्छ। निकट भविष्यमा नै विवाह हुने कुरालाई दुवैपक्षबाट व्यक्त गरिने यो उच्चतम् विश्वास  समर्पण हो। महान् निर्णय हो। मगनी गर्न पास्टरको उपस्थितिअनिवार्य भएको कारण केटपक्षको साथ लागेर  पूर्वदेखि  मध्यपश्चिमसम्म धाएको छु। मगनीमा झस्को दिनेअनौठा अनुष्ठान तथा धार्मिक अभ्यासहरूलाई देखें। इसहाकको लागि स्वास्नी खोज्न जाने अब्राहामको नोकरलेसौगात लगेर गएको प्रसङ्ग (उत्पत्ति २४लाई प्राय हरेक मगनीमा उल्लेख गरिन्छ। केटापक्ष खाली हात जानुभन्दासौगात लिएर जानु राम्रै हो तर अनि केटाकेटीलाई सौगात (फलफूलले सजाइएका किस्तीहरू  चिसो पेय पदार्थकोकपेप्सीस्प्राइट आदिका बोतलहरू आदि) छुन लगाएर पास्टरले मगनी भएको घोषणा गरेकोदेखियो! छोएपछि ‘सगुन छोयो है! भनेर ताली ठटाइँदो रहेछ। लजाउने केटीलाई  सौगात नै लगेर हातमाछुवाइदिएको पनि देखियो! सौगात छुवाएर पनि मगनी गरिन्छ र? के यो बाइबलीय हो? यस्तो चलन कहाँ  कसलेभित्र्यायो? के उत्पत्ति २४ अध्यायले यस्तै आज्ञा सिफारिस गर्छहामी किन यस्ता अभ्यासहरूलाई चुपचापस्वीकार्दैछौं? यस विषयमा सोच्ने  वरिष्ठ पास्टरहरूले नै हो तर यस्ता चलनहरूमा उहाँहरूले नै ताली बजाउँदैहुनुहुन्छ भने कसलाई भन्नेमगनी यसरी नै गर्नुपर्छ भन्ने स्पष्ट आज्ञा बाइबलमा छैन। यस्तो अवस्थामाआफूलाई अनुकूल पर्ने सांस्कृतिक चलनहरूलाई मिसाएर काम चलाउनु जायज नै मान्न सकिएला तर कुनहदमसम्म जाने?
         नेपाली मण्डली (सबैमा नहोला – मैले देखेसम्मकाहरूले गैरख्रीष्टियान संस्कारमा रहेको सगुनको चलनसमातेको देखियो जसमा संस्कारअनुसार रक्सीमासुफलफूल वा अन्य उपहारजन्य थोकहरू लगिँदछन्।केटीपक्षले सगुन छोइदिएपछि कुरो छिनेको ठहरिन्छ तर छोइदिएन भने विवाहको कुरो अगाडि बढ्दैन।ख्रीष्टियानहरूले फलफूलदेखि चिसो पेय पदार्थका बोतलहरू छुवाएर मगनी फत्ते गर्नुचाहिँ पुरानै ढर्रामा चल्नु हो।मगनीको विधिसमेत नभएको समाजको रूपमा आफूलाई चिनाउनु हो जब कि यो सही होइन। मगनीजस्तोविधिलाई छुवाउने  खुवाउने कुराहरूमा सीमित पार्नु अरू संस्कारको नक्कल हो। यो फितलोपनलाई हटाउन केमगनीको पनि करारविधि नचाहिएला त? मेरो आपत्ति यति हो कि सौगातहरूलाई छुवाउँदै ताली ठटाएर मगनीफत्ते गर्नु बाइबलसम्मत होइन।
– Ganesh Tamang

स्पष्टोक्ति: यो मेरो व्यक्तिगत विचार हो। रचनात्मक टिप्पणीलाई स्वागत गरिनेछ।
Source:http://ganeshtmg.blogspot.com 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...