तिमी ईशाई हो ? ल मलाई ईश्वर देखाउ ।

शिक्षक : नानी तिमी त इसाई होइनौ र?
बिधार्थी : हजूर सर
शिक्षक : त्यसो हो भने तिमी ईश्वरमा विश्वास गर्छौ होइन त ?
बिधार्थी : पूर्णरूपले विश्वास गर्छु सर
शिक्षक : के ईश्वर असल हुनुहुन्छ?
बिधार्थी : निश्चय नै उहाँ असल हुनुहुन्छ
शिक्षक : के ईश्वर शक्तिशाली हुनुहुन्छ?
बिधार्थी : हजुर सर
शिक्षक : मेरो दाजु क्यान्सरले मर्यो । हामीले ईश्वरलाइ धेरै प्रार्थना गर्यौ तर उहाँले सुन्नुभएन । हामीले अरु थुप्रै बिरामीहरुका लागि पनि प्रार्थना गर्यौ, तर ईश्वरले सुन्नुभएन । अब लू भन त, ईश्वर कसरी असल भयो त ?
(बिधार्थी चुपचाप बसे)
शिक्षक : तिमीले उत्तर नै त दिनुसक्दैनौं हैन त ? ल भन, के ईश्वर असल छन् ?
बिधार्थी : हजूर सर
शिक्षक : के शैतान पनि असल छ ?
बिधार्थी : छैन सर
शिक्षक : शैतान कहाँबाट आएको हो ?
बिधार्थी : परमेश्वरबाट
शिक्षक : त्यो त ठीक कुरो हो, अब मलाई भन के यो संसारमा दुष्ट कुराहरु पनि छन्?
बिधार्थी : निस्चय नै छन् सर
शिक्षक : अनि ईश्वरले नै सबै कुरो बनाउनु भएको होइन र?
बिधार्थी : हजूर सर
शिक्षक : उसो भए दुष्टलाई कसले बनाएका हुन त?
(बिधार्थी फेरिपनि चुपचाप नै बसे)
शिक्षक : यस संसारमा रोग-बीमार, अनैतिकता, घृणा, कुरूपता अनि सबै खराब र डरलाग्दा कुराहरुले भरिएको छ होइन त?
बिधार्थी : हजूर सर
शिक्षक : त्यसो हो भने यी सबै कुराहरुलाइ कसले बनाएका हुन् त?
( विधार्थी चुपचाप नै बसिरहे)
शिक्षक : बिज्ञानले भन्छ कि तिम्रो वरिपरिको संसारलाई अवलोकन गर्न र जान्नको लागि तिमीसँग पाँचवटा इन्द्रियहरु छन्, होइन त?
बिधार्थी : होइन सर
शिक्षक : ठिकै छ, उसो भए लू हामीलाई भन, के तिमीले कहिले ईश्वरको आवजलाई सुनेको छौ?
बिधार्थी : छैन सर
शिक्षक : तिमीले तिम्रो ईश्वरलाई कहिले देखेको, छोएको, अनुभव गरेको वा उनको शरीरबाट आएको गन्धको आभाष गरेका छौ ?
बिधार्थी : अहँ, मैले त्यस्तो कुनै आभाष गरेको छैन सर
शिक्षक : तरैपनि तिमी उनलाई अझै विश्वास गर्छौ होइन र?
बिधार्थी : हजूर गर्छु
शिक्षक : व्यवहारिकता, जाँच र प्रदर्शनयोग्य सिद्धान्तको आधारमा हेर्नु हो भने बिज्ञानले भन्छ, तिम्रो ईश्वरको कुनै अस्तित्व छैन । यसबारे तिम्रो केही भन्नु छ की?
बिधार्थी : छैन सर, मसँग केवल मेरो विश्वासमात्र छ
शिक्षक : विश्वास… हो त्यहि विश्वास नै त बिज्ञानको सबैभन्दा ठूलो समस्या हो ।
बिधार्थी : सर, म पनि तपाइँलाई एउटा कुरो सोध्छु, त्यहाँ ताप भन्ने कुनै कुरो छ?
शिक्षक : छ
बिधार्थी : अनि त्यहाँ चिसो वा ठण्डा भन्ने पनि कुनै कुरो छ?
शिक्षक : छ
बिधार्थी : अहँ, छैन सर । त्यहाँ चिसो भन्ने कुनै कुरो छैन ।
(कक्षाकोठा चकमन्न भयो)
बिधार्थी : सर, तपाइँले थुप्रै तापहरु पाउनुहुन्छ, जस्तै – हलुका ताप, सामान्य ताप, प्रचण्ड ताप, महा- प्रचण्ड ताप । तर त्यहाँ चिसो भन्ने कुनै कुरो छैन । चिसो भन्ने शब्द त हामी ताप नभएको वा तापशून्य अवस्थालाई वर्णन गर्नको लागि मात्र प्रयोग गर्छौ । हामी चिसोलाई मापन गर्न सक्दैनौ । ताप भनेको शक्ति हो, यसैले चिसोपन तापको विपरीत कुरो होइन, यो त मात्र ताप शून्य अवस्था हो ।
(कक्षाकोठा चकमन्न छ)
बिधार्थी : सर त्यहाँ अन्धकार भन्ने कुनै कुरो छ?
शिक्षक : छ, यदि त्यहाँ अन्धकार नहुँदो हो त रात कसरी पर्छ?
बिधार्थी : सर, तपाइँले फेरि गलत भन्नुभयो । अन्धकार त प्रकाश अथवा ज्योति नभएको अवस्थामात्र हो । तपाइँले मधुरो प्रकाश, सामान्य प्रकाश, चमकिलो प्रकाश अथवा प्रचण्ड प्रकाश पाउनसक्नुहुन्छ । तर यदि त्यहाँ कुनै प्रकाश छैन भने त्यो अवस्थालाई हामी अन्धकार भन्छौ, होइन र सर? यथार्थमा अंधकार भन्ने कुनै कुरो छैन । यदि हुँदो हो त, तपाइँले मधुरो अन्धकार, सामान्य अन्धकार, महा अन्धकार र प्रचण्ड अन्धकार बनाउनसक्नु हुन्थ्यो, होइन र सर?
शिक्षक : तिमीले वास्तवमा भन्न चाहेको चै के हो?
बिधार्थी : सर, मैले भन्न चाहेको कुरो यही हो कि तपाईंको दार्शनिक अनुमान विल्कुल गलत छ ।
शिक्षक : (छक्क पर्दै) गलत ? तिमीले यसको वयान गर्नसक्छौ?
बिधार्थी : सर, तपाईं दुईवटा क्षेत्रमा भएर कार्य गर्दैहुनुहुन्छ । तपाइँले जीवन र मृत्यु, असल ईश्वर र खराब ईश्वर आदि जस्ता कुराहरुमा वहस गर्दैहुनुहुन्छ । तपाइँले ईश्वरलाई सिमित वस्तुको रुपमा हेर्दैहुनुहुन्छ, जुन सिमित कुराको हामी मापन गर्नसक्छौ । सर, विज्ञानले त भन्नु हो भने, एउटा विचारसम्मलाई पनि वयान गर्नसक्दैन । यसले विधुत र चुम्बकजस्ता कुराहरुलाई प्रयोग त गर्छ, तर नता यसलाई कहिले देखेको छ, नता पूर्णरूपले बुझेको नै छ । मृत्युलाई जीवनको विपरीत कुरो भन्नु त मूर्खतामात्र हो । मृत्यु जीवनको बिपरीत कुरो होइन, यो त मात्र जीवनको अनुपस्थिति हो । सर, मलाई भन्नुहोस्, तपाइँले बिधार्थीहरुलाई हामी बाँदरबाट विकास हुँदै आएका हौ भनेर सिकाउनु हुन्छ होइन र?
शिक्षक : हो, प्राकृतिक विकासबादको प्रकृया र सिद्धान्तले त्यहि नै भन्छ ।
बिधार्थी : त्यसो हो भने, तपाइँले बिकासवादलाई आफ्नो आँखाले कहिले देखनुभएको छ, सर?
शिक्षक : त्यो त छैन
बिधार्थी : आजसम्म बिकासवादको प्रक्रियालाइ कसैले देखेको छैन नता यसले यसरी कार्य गर्दैछ भनेर कसैले प्रमाणित गर्नसक्छ । यो त मानिसको बिचार र अनुमानमात्र हो । अनि तपाइँले पनि त्यसरी नै सिकाउनुहुन्छ होइन त सर?
(कक्षाकोठामा खलबली मच्चिनथाल्छ)
बिधार्थी : (आफ्नो साथी विधार्थीहरुतर्फ फर्केर) तिमिहरुमध्ये कसैले हाम्रो सरको दिमागलाई देखेका छौ?
(कक्षाकोठामा हाँसोले भरिन्छ)
बिधार्थी : सर, यहाँ बिधार्थीहरु कसैले पनि तपाइँको दिमागलाई देखेको, छोएको र गनाएको आभास पाएकोछैन । यसैले, व्यवहारिकता, जाँच र प्रदर्शनयोग्य सिद्धान्तको आधारमा हेर्नु हो भने, तपाइँको दिमाग नै छैन । त्यसो हो भने, तपाइँले सिकाउनुभएको कुरालाई हामीले कसरी बिश्वास गर्नु सर?
कक्षाकोठामा चकमन्न भयो, शिक्षक छक्क परेर त्यस बिधार्थीलाई हेर्दै भने, ” छोरा, यो कुरोलाई त तिमीले विश्वासको आधारमा लिनु पर्छ नी ।”
बिधार्थी : तपाइँले एकदमै ठीक भन्नुभयो सर । ईश्वर र मान्छेमाझको सम्बन्धको मुख्य आधार पनि विस्वास नै हो । विस्वासले नै समस्त कुरालाई जीवित राख्छ र चलायमान तुल्याउँछ । त्यसैकारण, म पनि परमेश्वरमा विश्वास गर्छु, सर ।
(त्यस विधार्थीको नाउँ अलबर्ट आइन्स्टाइन थियो जो पछि गएर संसारकै एक महान् बैज्ञानिक बने ।)
Source: http://goodnews.com.np 
हाम्राे फेसबुक पेजकाे लागी यहाँ थिच्नुहाेला ।  www.facebook.com/merogod 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...