उग्रअनुग्रहवाद शिक्षा पहिचान र नेपालमा प्रभाव – Prem Narayan Bhattarai

उग्रअनुग्रहवाद शिक्षा पहिचान र नेपालमा प्रभाव – Prem Narayan Bhattarai
बिभिन्न समयमा मण्डलीलाई भ्रममा पार्न र मण्डलीको विश्वासीहरु माझ दुविधा उत्पन्न गराउन बिभिन्न अभियान वा मुभमेन्टहरु संसारमा आइरहेका छन् । यस्ता अभियानहरु मध्ये पछिल्लो केही दशकमा विश्व मण्डलीलाई भ्रममा पर्ने र मण्डली नै फुटाउने सम्मका खेल प्रस्तुत गर्ने एउटा अभियान अनुग्रहवादीहरुले गरिहरेका छन् । पछिल्लो करिब आधा दशकमा अनुग्रहको विषयमा नेपाली मण्डलीमा चर्को बहस पनि भएका छन् । यो लेखमा यही विषयमा चर्चा गर्न गइरहेको छु । अंग्रेजीमा हाइपरग्रेस भन्ने शब्द पछिल्लो समयको अति अनुग्रवादी शिक्षाको अभियानको निम्ति प्रयोग गरिएको छ । यहाँ यो लेखमा हाइपरग्रसलाई उग्रअनुग्रवादी ग्रेस एक्सट्रिमिस्ट) प्रयोग गर्नचाहन्छु ।
उग्रअनुग्रहवाद के हो ? 
उग्रअनुग्रहवादीको शिक्षा अनुसार मानिसको विगत्, तर्वमान् र भविष्यका सबै पापहरु क्षमा दिइ सकिएकाछन् । जब परमेश्वरले मानिसलाई हेर्नुहुन्छ उहाँले केवल पवित्र र धर्मी मात्र देख्नुहुन्छ । उग्रअनुग्रहवाद शिक्षाको अनुसार बाइबलका महत्वपूर्ण शिक्षाहरु जस्तै पश्चताप र स्वीकार आदी आवश्यक छैनन् । उग्रअनुग्रवादी शिक्षाको निष्कर्ष अनुसार हामी येशूको शिक्षाको अधिनमा पनि छैनौं, हामी व्यवस्थाको अधिनमा पनि छैनौं र दशआज्ञा पनि आज आवश्यक छैन । उनीहरुको बिचारमा विश्वासीहरु उनीहरुको पापको निम्ति जिम्मेवार छैनन् । उनीहरुको विचारमा जो उनीहरुसँग सहमत छैनन् उनीहरु फरिसीहरु जस्तै नियम वा विधीको कुरा गर्नेहरु हुन् । यिनीहरुको विचारमा व्यवस्थाको कुनै आवश्यकता छैन कारण उद्धार अनुग्रद्धारा पाउने हो ।

उग्रअनुग्रहवादीहरुको शिक्षामा भएको उद्धार अनुग्रहबाट आउँछ भन्नेकुरा बाइबलीय र साँचो हो (एफिसी २ः८–९) तर अनुग्रह भएको कारण अब सबै कुरामा स्वतन्त्रता छ र कुनै नियम वा व्यवस्थाको आवश्यकता छैन भन्ने कुरा गलत हो । अनुग्रहद्धारा उद्धार पाएको कारण अब व्यवस्था, पुरानको करार, दश आज्ञा आवश्यक छैन र येशूको पुनरुत्थान अघिको शिक्षाहरु पनि अहिले सान्दर्भिक छैनन् भन्ने शिक्षा चाहिं पुर्णत भूठा शिक्षा हुन् ।
अनुग्रह भएपछि सबैथोक भयो भनि सिकाउने शिक्षा आफैं बाइबलीय होइन । हिब्रू १२ः१ अनुसार हामीलाई सजिलै अल्झाउने पापलाई पन्छाएर आत्मिक जीवन जिउनुपर्छ । यदि अनुग्रहले सबै पापलाई ढाक्ने हो भने येशूको मृत्यु र पुनरुत्थानलाई हामी साह्रै हलुका बनाउँछा्रैं । उद्धारको निम्ति अनुग्रह पर्याप्त छ र अनुग्रहद्धारा मात्रै नै हामीले उद्धार पाउने हो तर के उद्धार पाएको जस्तो जीवन जिउनु पर्दैन ? उग्रअनुग्रहवादीहरुले पवित्रताको बिषयमा सोच्दैनन् । यसले मण्डली र संसारको बिचमा के भिन्नता भयो त ? उनीहरु पाप र अनैतिकताको विषमा सकेसम्म कुरा गर्दैनन् । उग्रअनुग्रवाद आफैंमा अपूर्ण सुसमचार हो कारण उनीहरु अनुग्रहको विषयमा एकतर्फि बाइबलीय पदहरु व्याख्या गर्छन् र आफुलाई चाहिले बाइबलको पदमात्र लिन्छन् । उनीहरुसँग सहमत नहुनेलाई सिधै व्यवस्थावादी भनेर भूmठा आरोप लगाउँछन् ।
उग्रअनुग्रहवादीका शिक्षाहरु
१. उग्रअनुग्रहवादीहरुको विचार अनुसार कहिल्यै पश्चताप गर्नु पर्दैन कारण यो अनुग्रहको समय हो । त्यसो भए प्रकाशको पुस्तकमा भएको ७ वटा मण्डलीलाई येशूले दिनुभएको हप्की र पश्चतापको आव्हान यो शिक्षाको विरुद्धमा छ (हेर्नुहोस् प्रकाश २ः४, ६,२०; ३ः३, १५–१९) । यसो हो भने विश्वासीहरुले पापको लेखा बुझाउनुपर्दैन । अझ भनौं पापको निम्ति उनीहरु जिम्मेवार हुदैनन् । पावलले भन्छन्, “किनकी हामी सबै ख्रीष्टको न्याय आसनको सामुन्ने खडा हुनुपर्छ, जसरी शरीरमा हुँदा आफुले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ ” (२ कोरिन्थी ५ः१०) ।

२. उग्रअनुग्रहवादीहरुको शिक्षा अनुसार पुरानो करार र दश आज्ञा आजको युगको निम्ति सान्दर्भिक छैनन् । उनीहरुको विचारमा येशूको पुनरुत्थान अघिको शिक्षाहरु पनि पुरानो करारको व्यवस्थाको करार अनुसार भएकोले ती पनि आवश्यक छैनन् । पुरानो करार नयाँजन्म पाएकाहरुको निम्ति आवश्यक नै छैन भन्छन् । येशू व्यवस्था अनुसार आनुभयो । सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाबाट लेखिएको हो र येशूले व्यवस्था पुरा गर्नुभयो भने कसरी येशूको शिक्षा र पुरानो करारलाई अनावश्यक वा बेअर्थको मान्ने ? त्यसो भए बाइबलबाट पुरानो करारलाई निकालिदिने ? मर्कूस १३ः३१ मा येशूले नै भन्नुभयो, “स्वर्ग पृथ्वी बितेर जानेछ तर मेरो बचन कहिल्यै बित्नेछैन ।” यदी पुनरुत्थान अघिको येशूको वचन आवश्यक छैन भने उहाँले पवित्र आत्माको प्रतिज्ञा पनि पुनरुत्थान अघि नै गर्नुभएको थियो । त्यसो भए उग्रअनुग्रहवादीहरुले पवित्र आत्मा किन मान्ने त ? कि मान्दैनन् ? यदि पवित्र आत्मा मान्दैनन् भने उनीहरु भूmटा शिक्षा हुन् । येशूले आफैं भन्नुभयो म व्यवस्था रद्ध गर्न आएको होइन तर पूरा गर्न आएँ (मत्ती ५ः१७,१८) । येशूले अझ व्यवस्था भन्दा पनी कडा शिक्षा दिनुभयो । उदाहरणको निम्ति व्यभिचारको विषयमा उहाँले भन्नुभयो, “तैंले व्यभिचार नगर भन्ने सुनेका छौ तर म भन्छु, जसले स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै पाफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसहेको हुन्छ ।” (मत्ती ५ः२७)
३. तिब्रअनुग्रहवाद साँचो शिक्षा र त्यसमा भएको त्रूटीको एक उदाहरण हो । केवल अनुग्रहद्धारा उद्धारको सुसमचार ठीक हो । परमेश्वरको पिताको प्रेमको प्रतिफल येशू हुनुहुन्छ, र येशूको अनुग्रहद्धारा हामीले क्षमा पाएका छौं तर यसको मतलव फेरी क्षमा माग्नुपर्दैन वा स्वीकार गर्नुपर्दैन भन्ने हो त ? याकूब ५ः१६ अनुसार “तिमीहरु एउटाले अर्कासँग आ–आफ्ना पाप स्वीकार गर” भनिएको छ । १ यूहन्ना १ः९ ले पनि पाप क्षमा र स्वीकारको विषयमा स्पष्ट भनेको छ । तर उग्रअनुग्रहवादीहरुले यो विश्वासीहरुको निम्ति होइन तर विश्वास नगरेकाहरुको निम्ति हो भन्छन् । तर १ यूहन्ना २ः१ मा नै मेरा सानाबालकहरु भनेर उल्लेख गरिएको छ । यहाँ मेरा बालहकरु भन्ने वाक्याशंलाई फेरी यूहन्नाको सुसमाचार १ः१२ मा हे¥यौं भने विश्वास गर्नेले सन्तान हुने अधिकार पाउनेछ भनिएको छ (यूहन्नाको सुसमाचार र पहिलो यूहन्नाको लेखक एउटै यूहन्ना हुन् ) । यसकारण १ यूहन्ना पनि यूहन्नाले स्पष्टसँग विश्वासीको लागि लेखेका हुन् ।
४. उग्रअनुग्रहवादीहरुले पवित्र आत्माले कहिल्यै दोषी ठहराउनुहुन्न भन्छन् । पवित्र आत्मा सत्य हुनुहुन्छ (यूहन्ना १५ः२६) । सत्यको अर्थ के हो ? त्यहाँ भूmठ हुदैन । पावलले भन्छन् पवित्र आत्मा तिमिहरुमा बास गर्नुहुन्छ । यदि हामीमा पवित्र आत्मा बास गर्नुहुन्छ र उहाँ सत्य हुनुहुन्छ भाने कसरी हामीमा भएका पाप वा खराबीलाई दोषी ठहराउनुहुन्न ? पवित्र आत्माले हामीमा भएका सबै खराबीको दोषी ठहराउनुहुन्छ । उग्रअनुग्रवादीहरु ती हुन् जसले परमेश्वरको वचनलाई ठीकसँग प्रयोग गर्दैनन् (२ तिमोथी २ः१५)। कारण उनीहरुले परमेश्वरको वचनको केही अंशलाई अत्यधिक जोड दिन्छन् र केही अंशलाई कम महत्वको मान्छन् । बाइबल सम्पूर्ण शास्त्र परको प्रेरणा हो (२ तिमोथी ३ः१६,१७) ।
उग्रअनुग्रवादीहरु पुरानो करार र व्यवस्थालाई मान्दैनन् । तर यहाँ उनीहरुले बुझ्नु पर्ने कुरा धार्मिक रुपमा (धर्मको पालना) पुरानो करार येशूमा पूरा भयो तर नैतीक र व्यवहारिक जीवन जिउन अझ पनि पुरानो करार आवश्यकछ । उद्धारको निम्ति होइन तर ठीक आचरणमा इसाई जीवन जिउनको निम्ति पुरानो करार अझ पनि आवश्यकछ । पुरानो करारलाई नलिई मानिसको पाप र उद्धारको येजना अपुर्ण हुन्छ । यसकारण पुरानो करार सिधिएको छैन, तर अझ पनि आवश्यक छ ।
उग्रअनुग्रहवादीहरुको पहिचान कसरी गर्ने ?
१. उग्रअनुग्रवादी प्रचारकहरुले पापको प्रायः उच्चारण गर्दैनन् । उनीहरुले पापको उच्चारण येशूलाई ग्रहण गर्दा र त्यो समयको क्षमा बाहेक अन्य समयमा पापको विषयमा कहिल्यै बोल्दैनन् । उनीहरुले पाप भनि औंल्याउने विषयचाहिं नियम वा विधीलाई हो । नियम, विधी वा इसाई अनुशासनको कुरा गर्दा उनीहरुले फरिसीहरुजस्तो पापी भनि दोष्याउछन् । उनीहरुको विचारमा अहिलेको समय सबै कुराको निम्ति अनुग्रह छ भन्छन् ।
२. उग्रअनुग्रहवादीहरु पुरानो करारलाई सकेसम्म बेवास्ता गर्छन् । उनीहरु पुरानको करारको घटना वा इतिहासलाई केवल प्रवचनको उदाहरणको निम्ति प्रयोग गर्छन् तर यसको अहिले जीवनसँग सम्बन्धै छैन जस्तो व्यवहार गर्छन् । कारण उनीहरुको विचार उद्धार अनुग्रह द्धारा आउँछ अतः अब व्यवस्था, बिधी वा नियम कुरा गर्नु हुदैन ।
३. अनैतिकताको विषयमा लचिलो धारणा राख्छन् । गर्भपतन, सम्बन्ध विच्छेद, व्यभिचार, समलिङ्गी विवाह आदी जस्ता अनैतिक विषयमा सकेसम्म लचिलो हुन्छन् । कतिजना तिब्रअनुग्रहवादी प्रचारकहरु आफैं यस्ता कुरामा मुछिएकाछन् । उनीहरुको मण्डलीमा पनि यस्ता विषयहरुमा कडा शिक्षा दिदैनन् र नरम व्यवहार गर्छन् । कारण अनुग्रहको समय हो र अनुग्रहद्धारा सबै कुरा क्षमा हुन्छन् भन्छन् ।
४. उग्रअनुग्रवादी शिक्षक वा प्रचारकहरु अन्य मण्डलीको विषयमा बढी बिरोध गर्छन् । बिषेशतः मण्डलीमा हुने नियम वा विधीहरुको विषयमा । उनीहरुको विचारमा नियम वा विधी चाहिंदै चाहिदैन । जसले जे मनलाग्छ स्वतन्त्रता पुर्वक गरे हुन्छ भन्छन् ।
५. उग्रअनुग्रहवादी प्रचारकले जहिले पनि सकारत्मक र प्रेरक वचनमात्र प्रचार गर्छन् । प्रचार गर्दा वा सिकाउँदा अशिष, सफल जीवन र खुशी, प्रशस्तता आदि जस्ता विषय उनीहरुको प्रचारको विषय हुन्छ ।
६. उग्र अनुग्रहवादी प्रचार र शिक्षकहरु दशांस दिनुपर्दैन भनेर सिकाउँछन् । तर उग्रअनुग्रवादी शिक्षक र प्रचारकहरुले आफुलाई वा आफ्नो सेवकाइलाई पैसा दिन जोड दिन्छन् । मण्डलीमा दशांसा दिनुपर्दैन तर उनीहरुलाई पैसा दिएमा आशिष आउँछ भनि सिकाउँछन् ।

नेपालमा उग्रअनुग्रहवादीहरुको उपस्थिती र प्रभाव
नेपालमा पनि उग्रअनुग्रहको शिक्षा भित्रिएको छ । विषेश युवा जमातमा बलियो प्रभाव राखेको यो समुहले मण्डलीको मुख्य नेतृत्व भन्दा पनि खासगरी युवा माझ सेवाकाइ गरिरहेका छन् । अर्काको मण्डलीमा अनुग्रहको विषयमा चर्को कुरा गरेर मण्डली भाँड्ने र कति ठाउँमा मण्डलीमा नै बिभाजन ल्याउन सक्रिय भएका छन् । केवल नेपालमा मात्र होइन तर नेपाल भन्दा बाहिर बिदेशमा रहेका नेपाली संगतिमा गएर समेत समस्या पारेको विषयमा तथ्यहरु फेला परेका छन् ।

उग्रअनुग्रहवादीले खासमा मण्डलीमा दशांसा दिनुपर्दैन भनि सिकाउँछन् तर नेपालमा भएका उग्रअनुग्रहवादी शिक्षक तथा प्रचारकहरुले मण्डलीलाई नभएर आफुलाई पैसा दिए वा उनको सेवकाइलाई सहयोग गरे आशिष आउँछ भनेर आफ्नो प्रभावको फाइदा उठाएको मतिपय मण्डलीका पास्टरहरुको गुनासो छ । नेपालका उग्रअनुग्रहवादी शिक्षकले त आफ्नौ बैंकखाता नै दिएर मण्डलीका विश्वासीहरुलाई दशांस मण्डलीमा दिने होइन र उहाँलाई दिए मात्र आशिष पाइन्छ भन्ने शिक्षा सिकाउँदै गरेका छन् । उनीहरुले संकल्प भेटीको रुपमा आशिषको निम्ति भनेर आत्मिक सेवालाई पैसाको निम्ति प्रचारवाजी गरिरहेका छन् । उनीहरुले आफुले प्रचार गर्ने स्थानमा बैंकखाता दिएर अशिषको निम्ति भनेर संकल्प भेटी संकलन गरिरहेका छन् । यस्ता शिक्षा सिकाउने शिक्षकहरु अन्य मण्डली र प्रचारकको तिब्र बिरोध गर्छन् र अन्य मण्डलीहरु नियममा चलेकाकारण गलत भएको भनि भाँडने गरेका छन् । उग्रअनुग्रहवादीहरुले अरुको मण्डलीका युवा तथा अगुवाहरुलाई आफ्नो चेला बनाएर (चेला अभिषेक गरेर) मण्डलीमा फुट हालेको पास्टरहरुको गुनासो छ ।
कुनै कुरालाई सही कि गलत भनेर छुट्याउने मापन मध्ये को एक हो त्यो कुराको फल हेर्नु । यदि उग्रअनुग्रहवाद ठीक भए किन मण्डलीमा फुटको बीऊ रोप्दै हिड्छन् ? एकजना उग्रअनुग्रहवादी शिक्षाको प्रभावमा परेका काठमाण्डौका युवा त आफ्नै मण्डलीको पास्टरको विरुद्धमा खोजीनिती गर्दै हिडेको उदाहरण भेटेको छु । उग्रअनुग्रहवादी शिक्षा पुगेका नेपालका प्रायः मण्डलीमा झगडा र बेमेल छ । यदि यो शिक्षा असल भए त निर्माण गर्ने, एकता कायम राख्ने र वृद्धि गराउने तिर लाग्नुपर्ने । अर्को तिर संसार भरी नै उग्रअनुग्रहवादी शिक्षा सिकाउने शिक्षकहरुको प्रायः पैसाको अपादर्शिता, भ्रष्टचार र अनैतिकतामा फसेका छन् । नेपलमै पनि तिब्रअनुग्रवादी शिक्षकले मण्डलीलाई होइन तर उनलाई व्यक्तिगत खातामा पैसा जम्मा गरिदिन र त्यसो गरे आशिष पाउने बताउँदै हिडेका भेटिएका छन् । यस शिक्षाको फल (जस्तै पूmट, बिभाजन, अरुलाई आरोप लगाउने, पैसा मण्डलीमा नदिएर आफुलाई दिनु भन्ने आदी) हेर्दा पनि यो शिक्षा ठीक नभएको देखिन्छ ।
(कृपया पुरा पढेर मात्र प्रतिक्रिया दिनुहोला । यसमा प्रतिक्रिया लेख्न वा सेयर गर्न कसैलाई वाध्यता छैन । अरुलाई यो विचारको जानकारी गराउन चाहनुभए सेयर गर्न सक्नुहुनेछ ।)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...