इस्टर सन्डे अर्थात पुनरुत्थान पर्व २०१९ को अवसरमा महासंघद्धारा पत्रकार सम्मेलन

नेपाल राष्ट्रको लागि प्रार्थना र इष्टर सण्डे कार्यक्रमको तयारी
मिति २०७६ बैशाख ८ गते राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको आयोजनामा इस्टर सन्डे अर्थात पुनरुत्थान पर्वको लागी एक पत्रकार सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा महासंघका संचालन उपमहासचिव पा.धनराज घिमिरेज्यूले गर्नुभएको थियो । सुरुको प्रार्थना सहअध्यक्ष रेभ. पा. रिन्जी लामाज्यूले गर्नुभएको थियो । प्रेस बिज्ञप्ति वाचन उप–महासचिव एवम प्रवक्ता पा. उद्धव चिमोरियाज्यूले गर्नुभएको थियो । इष्टर सण्डेको शुभकामना साथै इष्टर सण्डेसँग सम्बन्धित पत्रकार संगको अन्तरक्रिया अध्यक्ष सी.वी. गहतराजज्यूले दिनुभएको थियो । सम्बोधन शुभकमाना बरिष्ठ सहअध्यक्ष डा. फिलोमन खड्का क्षेत्री र युरोपका सदभावदुत डा. डम्बर अधिकारीज्यूले बाड्नुभएको थियो । पत्रकारहरुको बृहत उपस्थित थियो । अन्तिम प्रार्थना पा. पूर्ण रसाइलीज्यूले गर्नुभएर समापन गर्नुभएको थियो ।
यस वर्षको इष्टर सण्डे अर्थात प्रभु येशू ख्रीष्टको पुनरुत्थान दिवसको महान अवसरमा पुनरुत्थान हुनुभएको हाम्रो मुक्तिदाता तथा उद्धारकर्ता प्रभु येशू ख्रीष्टको अनुग्रह, शान्ति, आशिष् हामी सबै नेपालिमा प्रसस्त मात्रमा रहोस् भनी प्रार्थनाका गर्दछौ साथै विश्वभरी छरिएर रहनुभएका सबै नेपालीहरु तथा नेपाली भाषी मण्डलीहरु, सबै पाष्टर, एल्डर, डिकन, अगुवाहरु लगाएत सम्पुर्ण आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीहरुमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल हार्दिक शुभकामना ब्यक्त गर्दछौ । विज्ञप्तिमा उल्लेख छ ।
शुभकामना मन्तव्य राख्ने क्रममा नेपालमा बाह्र हजार भन्दा बढी मण्डली र तिस लाख भन्दा बढी बिश्वासी रहेको र  सारा विश्वमा लगभग ११२ राष्ट्रहरुमा नेपाली भाषी मण्डलीहरु रहेको र नेपाली ईशाईहरु स्वतन्त्र रुपमा आफ्नो आस्थाको अभ्यास गर्न चाहन्छन । साथै कसैको आस्थालाई असर पर्ने कार्य गर्न चाहदैनन र आफुमाथि पनि अन्याय नहोस भन्ने चाहन्छन । राज्यले मान्यता दिएको सबै धर्म प्रति समान व्यवहार होस भन्ने चाहना नेपाली ईशाईहरुको हो । महासंघका अध्यक्ष सि.वी. गहतराज ज्युले ब्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा भएका मन्तव्य र केही गतिविधीहरुको भिडियो तथा तस्विरहरु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...