पुनरत्थान महोत्वस (इष्टर) भब्यताका साथ सम्पन्न

पुनरत्थान महोत्वस (इष्टर) भब्यताका साथ सम्पन्न
२०७६ बैशाख ८, काठमाडौं, प्रभु येशू ख्रीष्टको बौरी उठाई भएको दिन अर्थान पुनरुत्थान दिवस (इष्टर सण्डे) का अवसरमा काठमाडौं उपत्यकाभित्र ५ ठाउँमा इस्टर र्याली  हुँदै सभामा परिणत भई भब्य रुपमा पुनरत्थान महत्वस (इष्टर) सम्पन्न भयो ।
बिहान करिब ८ बजे देखी सहरका विभिन्न ठाउँहरुबाट ¥याली हुँदै ललितपुरको जावलाखेल र गोदावरी, काठमाडौंमा सानो गौचरन र थानकोटस्थित त्रिभुवनपार्क र भक्तपुरको सल्लाघारीको चौरमा इष्टर विषेश सभा सम्पन्न भएको हो । सबै कार्यक्रममा विश्वासीहरुको बाक्लो उपस्थिती देखिएको थियो । 
काठमाडौं सानो गौचरनमा भएको सभामा पा. शामुएल कार्थकको नेतृत्वमा आराधना भएको थियो भने नेपाली ईशाई मण्डली ज्ञानेश्वरका वरिष्ठ पाष्टर रोवर्ट कार्थक गुरुबाले पुनरुत्थान विषेश प्रवचन दिनुभएको थियो ।
ललितपुरको जावलाखेलस्थित खुल्लाचौरमा ललितपुरका मण्डलीहरूको भब्य सहभागिता देखिएको थियो । ट्राफिक जामको कारण सभा चाडै विर्सजन गर्नुपरेको थियो । यसैगरी गोदावरी, थानकोटस्थित त्रिभुवनपार्क र भक्तपुरको सल्लाघारीमा पनि त्यस स्थानमा सहभागीहरू नअटेर ठाउँको अभाव भएको थियो ।

सोही दिन दिउँसो २ बजे देखी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा माननीय शहरी विकास मन्त्री महोम्मद इश्तिहाक राईको प्रमुख आथ्थियमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ शुभकामना आदन प्रदान सहित पुनरुत्थान दिवस (इष्टर सण्डे) को कार्यक्रम सम्पन्न भएको छ । 
धर्मनिरपक्षतालाई संस्थागत गर्न तथा धार्मिक समानता र सबै धार्मिक समुदायको समान अधिकारका निम्ति साथै २०७६ सालका लागि नेपाल सरकारको विदा पुनरावलोकन समितिमा रही विभिन्न अल्पसंख्याक धार्मिक समुदाय लगायत ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसको अवसरमा सार्वजनिक विदा सिफारिस गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले माननीय मन्त्रीज्यूलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि।बि।गहतराजले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । नेपालको संविधान २०७२ ले धर्मनिरपक्षतालाई अंगिकार गरिससेको र कसैले पनि यसलाई खोस्न नसक्ने र लोकतन्त्रमा राज्यको कुनै पनि धर्म नहुने र सबै धर्मलाई राज्यले समानरुपले हर्ने गरेको प्रमुख अतिथि माननीय मन्त्रीज्यूले आफ्नो शुभकामना मन्तब्य राख्ने क्रममा स्पष्ट पार्नु भएको थियो । नेपाल देशमा रहेका सबै ख्रीष्टियनहरुलाई पुनरुत्थान दिवसको शुभकामना व्यक्त गर्दै सबै ख्रीष्टियनहरुले आफ्नो पर्वहरुलाई हर्सोल्लासका साथै कुनै डर तथा त्रस नमानी, स्वतन्त्रताका साथ मनाउन पनि आग्रह गर्नु भयो ।

नेपाली कंग्रेसका युवा नेता श्री रामहरी खतिवडाले आफ्नो शुभकामना मन्तब्य राख्दै भन्नु भयो “नेपाली कंग्रेसको नेतृत्वमा बनेको संविधानले सबै धर्मलाई आत्मसाथ गरेको र कसैले पनि धर्मको नाममा राजनीति गर्न हुँदैन” उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पनि धर्मका नाममा राजनीति नगर्न आग्रह गर्नुभएको थियो ।  त्यसै गरी नेपाल कम्यूनिष्ट पार्टीका नेता एंवम भूतपूर्व सभासद श्री झक्कु सुवेदीले पनि आफ्नो शुभकामना मन्तब्यको क्रममा राज्यको कुनै पनि धर्म नहुने र राज्यले सबै धर्मलाई समान व्यवहार गर्नु पर्ने बनाउनु भयो थियो ।

शुभकामना मन्तब्य राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदिप पाठक, वरिष्ठ मानवअधिकारकर्मी कपिल श्रेष्ठ तथा महासंघका यूरोपका लागि सद्भाव दूत डा। डम्बर अधिकारीले पनि राख्नु भएको थियो ।
काठमाडौं उपत्यकाका विभिन्न मण्डलीका पाष्टर, अगुावा तथा विश्वासीहरुको उल्लेख्निय उपस्थिति रहेको कार्यक्रमलाई महासंघका उपमहासचिव एंवम प्रवक्ता पा। उद्धव चिमोरियले सञ्चालन गर्नु भएको थियो । सबै सहभागिहरुलाई महासंघका सहअध्यक्ष रिता काबोले स्वगत् गर्नु भएको थियो भने वरिष्ठ सहअध्यक्ष रेभ।डा।फिलेमोन क्षेत्रीले परमेश्वरको वचनबाट येशू ख्रीष्टको पुनरुत्थानका बारेमा बोल्नु भएको थियो । प्रभु येशू ख्रीष्ट बौरी उठ्नु भएका विभिन्न प्रमाणहरुका बारेमा बाइबल धर्मशास्त्रबाट स्पष्ट पार्नु भएको थियो । 
कार्यक्रमलाई सभापतित्व गर्नु भएका महासंघका अध्यक्ष सि।बि।गहतराजले नेपालमा १२ हजार भन्दै बढि चर्चहरुहेको र ३० लाख भन्दा बढि ख्रीष्टियनहरु हरेको दशेमा ख्रीष्टियनहरुको महान पर्वहरु ख्रीष्टमस तथा इष्टरका दिनमा सार्वजनिक विदाको माग गर्दै तथा नेपाल सरकारसँग भएका ३ र ६ बुँदे सहमतिहरु यथासिग्र कार्यन्वायन गर्न प्रमुख अतिथि तथा नेपाल सरकारका प्रतिनिधि माननीय मन्त्रीज्यूलाई ध्यानर्कषण गर्नु भएको थियो । साथै देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा बौरिउठ्नुभएको प्रभु येशू ख्रीष्टको शान्ति, आनन्द मिलापका साथै देश सम्बृद्ध भएको होस् भन्दै उपस्थित सबैलाई धन्यवाद दिनुभई अन्तिम प्रार्थना गरी कार्यक्रमको समापन गर्नु भएको थियो ।
पुनरुत्थान महोत्सवमा भएका सम्पुर्ण भिडियोहरुको प्ले लिष्ट हेरेर आषिशि हुनुहोस |

Photos:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...