नेपाल ख्रीष्टियन समाजका महासचिव सहित धर्म प्रचारको आरोपमा दाङमा पाँच जना पक्राउ

१० बैशाख २०७६ । काठमाडौं । ईशाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीबाट जिल्ला प्रहरी कार्यलय दाङले नेपाल ख्रीष्टिय समाजका महा सचिव डिल्लिराम पौडेल सहित पाँच जनालाई पक्राउ गरेको छ । 
उनीहरुलाई घोराही स्थित होटेल डोकोमा बसिरहेका बेला बिहान सात बजे सोधपुछका लागी भनेर गिरफ्तार गरेको जानकारी छ ।
ख्रीष्टिय सुमदाय दाङका अध्यक्ष पास्टर शान्तबहादुर घर्तीका अनुसार  पक्राउ पर्नेमा नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लिराम पौडेल, अमेरिकन नागरिक ओलेइना सिन्क्वान्टा, भातीय नागरिक गौरब श्रीवास्तव, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगंजका प्रमोद काफ्ले रहेका छन । 
समाचार स्रोतका अनुसार अमेरिकन नागरिक ओलेइना सिन्क्वान्टालाई रिहा गरी काठमाडौं पठएको र बाँकी चार जनालाई म्याद थप गरी हिरासतमै राखिएको जानकारी छ । 
जिल्ला प्रहरी कार्यालय दाङले विना कारण उनीहरुलाई पक्राउ गरेपछि दाङस्थित ख्रीष्टिय समुदाय र ख्रीष्टिय समाजका ख्रीष्टियान अगुवाहरु आज विहानै प्रहरी कार्यालय परिसरमा भेला भएर रिहाइका लागि अनुरोध गरिरहेका छन् । दाङका चर्चहरुले उहाँहरुको रिहाइको लागि विश्व चर्चहरुलाई प्रार्थना गरिदिन अपिल समेत गरको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...