आफ्नै छोरालाई मृत्यु दण्ड दिन बाध्य हुँदै बाबु

एक दिन एउटा बालक पानिमा डुबिरहेको थियो ।
उ सहायताको लागी चिच्याईरहको थियो तर उसलाई बचाउनका लागि त्याहाँ काही थिएन ।
त्यसै समयमा एक जना न्यायधिस त्यही बाटो भएर जाँदै थिए र उनले त्यस बालकलाई डुब्दै गरेको देखे पछि पानिबाट उद्धार गरेर बालकलाई बचाए ।
बालकको बाबु आमा र आफन्त कोही नभएको टुहुरो रहेछ भन्ने थाहा पाएर उनको हृदयमा बालक प्रति दया जाग्यो र आफै सँग लिए र छोराको दर्जा दिए ।
बालक दिनदिनै हुर्कदैं गयो ।
जवान भए पछि बालक गलत सँगतको शिकार भयो । ड्रग्स र लागु पदार्थको दुव्र्यसनीमा फस्यो ।
उ अनैतिक कार्यमा लाग्न थाल्यो । एक दिन उसले एक व्यक्तिको हत्या गरिदियो ।
उसलाई पक्राउ गरियो र फैसलाको लागी अदालत लगियो ।
आफ्नै बाबु न्यायधिश भएकोले उ आफु सजिलै छुटकारा पाउने कुरामा ढुक्क थियो ।
न्यायधिश बुबा अत्यन्त संकटमा परे तर फैसला उनको हातमा थियो ।
यो मुद्दालाई सबैले कौतुहलतका साथ हेरिरहेका थिए ।
अन्त्यमा उनले आफ्नै छोरालाई मृत्यु दण्डको सजाए सुनाई दिए ।
आफ्नै बाबुले मृत्यु दण्डको सजाए सुनाएपछि उ भक्कानिदै बाबुलाई सोध्यो । “बुबा किन तपाईले मलाई यस्तो कठोर सजाई दिने निर्णय गनुभयो ? यदि आज मार्नु थियो भने किन २० वर्ष अघि पानिबाट निकालेर बचाउनु भयो ? त्यही मर्न दिएको भए मैले आज यो दिन देख्नु पनि पर्ने थिएन….।” उ भक्कानियो ।
बाबुले आफुलाई सम्हाल्दै जवाफ दिएः “छोरा त्यो बेला म तिमीलाई बचाउन मुक्तिदाता भएर आएको थिए, तर आज अवस्था त्यो होईन ः आज म न्यायलयमा तिम्रो न्यायकर्ताको रुपमा छु । आजको मेरो काम तिम्रो उद्धार गर्ने नभई न्याय गर्ने हो ।
प्रिय मित्र
ठिक यसरी नै येशू ख्रीष्ट पनि आजभन्दा २००० वर्ष अगाडी हामीलाई बचाउन मुक्तिदाताको रुपमा आउनु भयो ।
लुका २ः११ “आज दाऊदको सहरमा तिमीहरुका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।”

अब उहाँको दास्रो आगमनमा उहाँ मुक्तिदाताको रुपमा होइन, तर न्यायकर्ताको रुपमा आउनुहुनेछ ।
प्रकाश २२ः१२ “हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ ।”
होसियार अझै पनि मौका छ ।
हामी जतिले उहाँमा विश्वास गरेका छौं अर्थात उद्धार मुक्ति पाएका छौं आउनेवाला न्यायबाट बच्नुहोस । किनकि उहाँ अब मुक्तिदाताको रुपमा होईन तर न्यायकर्ताको रुपमा आउँदैहुनुहुन्छ ।

यो भिडियो पनि हेर्नुहोस ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...