स्तुति/प्रशंसाको रहस्य

स्तुति/प्रशंसामा आशिष र वाधा दुवै,

क. स्तुति/प्रशंसाले कसरी परमेश्वरको आशिष ल्याउछ ?
स्तुति/प्रशंसाले परमेश्वरको आशिष ल्याउनुभनेको प्राकृतिक जल चक्र जस्तै हो । जल चक्र र परमेश्वरको आशिष, यी दुवैमा मिल्दोजुल्दो प्रकृय पाईन्छ । जसरी घामको तापद्धारा समुद्र, ताल या नदीको पानी तातिएर वाफ बनी आकाशमा उठ्छ र बादलमा परिणत हुन्छ अनि उचाईमा पुगेको कारण बादल चिसिएर पानीको थोपा बनी पृथ्वीमा झर्छ र धर्तीलाई उत्पादनशील बनाउँछ, त्यसरी नै परमेश्वरको प्रेमले मानिसको हृदयलाई न्यानो वा तातो बनाउँदछ । त्यो न्यानोपन वा तातोपनद्धारा मानिसको हृदयमा स्तुति÷प्रशंसा सृजना हुन्छ । उक्त स्तुति÷प्रशंसा मानिसहरुले परमेश्वरलाई चढाउँछन् अनि यो आकाशमाथि बादल भएर रहन्छ । यही बादल परमेश्वरले मानिसहरुमाथि झरीकोरुपमा आशिष बर्षाउनुहुन्छ जस्ले आत्मिक जीवनमा मानिसहरुलाई फलदायी बनाउँदछ । आमोस ५ः८, ९ः६, भजन १४७ः७–८, उपदेशक ११ः३, जकरिया १०ः१, यशैया ५०ः१०, जकरिया १४ः१७ आदि ।
आखिरी दिनहरुमा परमेश्वरले उहाँको स्तुति÷प्रशंसाकोलागि मानिसहरु उठाउँनुहुनेछ । तिनीहरु वचनको दुईधारे तरवार लिदै स्तुति/प्रशंसाकासाथ शक्तिशाली सेनाकोरुपमा संसारमा अगाडि बढ्नेछन् । उनीहरुको स्तुति/प्रशंसा माथि जानेछ र परमेश्वरले मण्डलीको लागि आशिष खन्याउनुहुनेछ ।

ख. स्तुति/प्रशंसामा वाधा
स्तुति÷प्रशंसा वचनसम्मत, ठीक र उचित छ भन्ने वास्तविक्ता थाहा भएरपनि कति मानिसहरु सजिलैसंग उचित तरिकाले यसलाई शुरु गर्न सक्दैनन् । मन खोलेर स्तुति÷प्रशंसा गर्न नसक्नुको बहानाहरु धेरै छन् । जस्तै स्वभावै यस्तो, लाज लाग्ने, सबैसंग मिल्न नसक्ने आदि आदि । तर जुनसुकै कारण किन नहोस्, स्वतन्त्रसंग स्तुति÷प्रशंसा गर्न नसक्नेलाई बाइबलले छुट दिएको छैन, भजन १५०ः६, ११५ः१७ हेर्नुहोस् ।
तल केहि निश्चित कारण दिईएको छ जस्ले मानिसहरुलाई स्वतन्त्रसंग स्तुति/प्रशंसा गर्न दिदैन :
१. पाप
स्तुति/प्रशंसाको पहिलो वाधा पाप हो । हृदय परिवर्तन नभएकाहरुले पापकै कारण परमेश्वरलाई स्तुति/प्रशंसा दिन सक्दैनन् भने इसाईहरुपनि कति पटक त्यही अवस्थमा हुन्छन् । स्वीकार नगरिएको पापले परमेश्वरको सामु जान रोक्छ । यदि यस्तो प्रकारको पापको बन्धन कसैलाई महसुस छ भने स्तुति/प्रशंसा गर्न कहिल्यै स्वतन्त्र हुन सक्दैन किनभने उ आफ्नो पापको वारेमा भन्न मै व्यस्छ हुन्छ, भजन ६६ः१८, ५९ः२ । र परमेश्वरले क्षमा दिईसक्नुभएको छ भनेपनि पूर्णरुपले त्यो क्षमा स्वीकार गर्न नसकी कति इसाईहरु दण्डाज्ञाको अवस्थामै रहीरहन्छन् । उसले गरेको त्यो पाप यति भयनक थियो, अभैmपनि उसलाई ग्लानीले पिरोलिराखेको छ । यसतो घडीमा एक इसाईले स्वतन्त्रसंग परमेश्वरको स्तुति/प्रशंसा गर्न सक्दैन । पूर्णरुपले आफुमा भएको पाप स्वीकार नगर्नु भन्नाले आपैmलाई क्षमा नदिनु हो । आफैलाई नै क्षमा नदिने मानिसहरु जहिले पनि कमजोडी भएको आभास गर्छन् र अयोग्य छु, तयारी छुइन भनेर भन्छन् । यस्तो अवस्थाले स्तुति÷प्रशंसामा अंकुसे ल्याउँछ ।
२. सांसारिक्ता
ओलिभर क्रमवेलले सांसारिक्ता भन्नाले “ती सवैथोक हुन्, जस्ले येशूसंगको सम्बन्धलाई चिसो बनाउँदछ” भनी व्याख्या दिएका थिए । सांसारिक्ता आत्मिक्ताको ठीक विपरित हो । यो एउटा अवस्था हो त्यसबेला मानिसको मन र विचार परमेश्वर र उहाँको राज्यको विषयमा भन्दा यस संसारमा भएको थोकहरुमा केन्द्रित भएको हुन्छ । सांसारिक मानिसहरुको लागि परमेश्वरलाई स्तुति/प्रशंसा दिन हाँस्यसपद कुरा हो, १को. ३ः३, २को. १ः१७, २को. ७ः१० ।
३. घमण्ड
स्तुति/प्रशंसामा थप वाधा पु¥याउने तत्वमा घमण्ड आउँछ । यो एक कठीन समस्या हो । किनभने अहंपनाले हृदयको घमण्डलाई स्वीकार गर्न दिदैन । घमण्डले सधै आप्mनो उच्च रुपको चिन्ता गर्छ र माथिल्लो प्राथमिक्तामा छु भन्ने भान दिन्छ । याकूव ४ः१०, १पत्रुस ५ः५ ।
४. मान्छेको डर
परमेश्वरलाई खुशी पार्न उहाँलाई स्तुति/प्रशंसा चढाउनै पर्छ । नियन्त्रित भई परमेश्वरप्रति एकाग्रतामा उहाँको स्तुति/प्रशंसा भएको चाहानुहुन्छ । यसमा वाधा ल्याउने तत्वहरुमध्ये मानिसप्रतिको डर पनि एक हो । हितो. २९ः२५, ९ः१० लाई मनन गर्नुस् ।
५. शैतानिक दमन
परमेश्वरलाई शैतानले यति घृणा गर्छ कि त्यसको सिमानै छैन अझ परमेश्वरको स्तुति÷प्रशंसा मानिसहरुबाट भएको त अति असह्य नै हुन्छ । शैतान आफनो अहंकारले परमेश्वरकै स्थान आफुलाई दियो र परमेश्वरप्रतिको गहिरो इष्र्याको कारण उसको पतन भयो । उ इष्र्यालु भएको कारणले परमेश्वरको स्तुति/प्रशंसा मानिसहरुले गरेको उसलाई मनपर्दैन किनकि उक्त स्तुति/प्रशंसा उसले आफ्नो लागि दावी गर्छ, मत्ती ४ः९, यशैया १४ः१३–१४ । र सधै स्तुति/प्रशंसामा वाधा ल्याएर निरुत्साहित बनाउने प्रयास गर्छ ।
अन्तमा, जव कुनै इसाईलाई परमेश्वरको स्तुति/प्रशंसा गर्न मन लाग्दैन भने आज्ञाकारी र इमान्दारी भई आफ्नो हृदयलाई जाँच्नुपर्छ । परमेश्वरलाई दिनुपर्ने स्तुति/प्रशंसामा वाधा ल्याउने समस्या वा वन्धन वा श्रोत केहो जान्नलाई परमेश्वरमा बिन्ति गर्नुपर्छ । यसको कारण पत्ता लगाई पश्चताप सहित वाधालाई पन्छाएर साँचो स्तुति/प्रशंसा परमेश्वरलाई दिन पूर्ण तरिकाले तयारी हुनुपर्छ । यदि त्यो वाधा छदैछ भने परमेश्वरबाट पाउनुपर्ने आशिषबाट बन्चित हुनुपर्छ ।

Source: Bachan Patrika

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...