एन.सि.एफ.नेपाल द्धारा प्रदेश स्तरीय अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

प्रदेश स्तरीय अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

हिमाल राई, २०७६ बैशाख २४–

एन.सि.एफ.नेपालकाे प्रदेश स्तरिय अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपालगन्जकाे अनुग्रह सेवा भवनकाे सभा हलमा बैशाख २३ र २४गते भएको साे प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एन.सि.एफ.नेपालकाे केन्द्रीय अध्यक्ष रेभ.हनाेक तामाङले एन.सि.एफ.नेपाल अग्रज अगुवाहरुकाे दर्शनद्वारा ६० बर्ष अगाडि स्थापना भई मण्डली र मण्डलीकाे बिश्वासीहरुलाई जस्ताे सुकै सतावटमा पनि निरन्तर सेवा र संगति दिदै आएकाे बताउनुहुदै एन.सि.एफ.नेपालले सम्बन्ध,संगति र सहकार्यमा जाेड दिएको हुनाले एफिसी ४:३ अनुसार आत्माकाे एकता कायम राख्दै नेपालमा भएका मण्डलीहरुलाई अभिभावकत्व प्रदान गर्न सहभागीहरूलाई  निर्देशन दिनुभयाे। साे कार्यक्रमको बिशेष अतिथि  केन्द्रीय महासचिव पाष्टर शेर ए.सी.ले एन.सि.एफ.नेपालकाे गरिमालाई कायम राख्दै अघि बढ्नुपर्ने बताउदै संस्थाकाे संरचनाबारे सिकाउनुभयाे। त्यसैगरी संस्थाकाे दिगाे बिकास र स्थायित्वकाेबारेमा केन्द्रीय सह सचिब रेभ.हिमाल जाेसेफ राईले ७ “स” र “३ निति “बारे प्रशिक्षण दिनुभएको थियाे भने अर्का वक्ता केन्द्रीय सचिव पाष्टर बीर बहादुर तामाङले मण्डलीकाे अात्मिक बिकासकाे निम्ति सँगसँगै कार्यक्रमको बारेमा प्रशिक्षण दिनुभएको थियाे। उक्त  प्रशिक्षण कार्यक्रम ऐतिहासिक र अाशिषमय भएको एन.सि.एफ.नेपालका प्रदेश नं.५का अध्यक्ष पाष्टर हेम दासले बताउनुभयाे। यस प्रशिक्षण कार्यक्रमले एन.सि.एफ.नेपालकाे निति तथा दर्शन बुझ्न सहायक सिद्ध भएको  संस्थाकाे ६ नं.प्रदेशका अध्यक्ष पाष्टर बीर बहादर मगरले बताउनुभयो । साे प्रशिक्षण कार्यक्रममा प्रदेश नं.   ५,६ र ७ का युवा र महिला बिभागका पदाधिकारी समेत ६०जनाकाे सहभागिता रहेकाे थियाे। यस प्रकारकाे प्रशिक्षण एन.सि.एफ.नेपालकाे इतिहासमा प्रथम पटक गरिएको बताउदै ७वटै प्रदेशका पदाधिकारीहरूलाई प्रशिक्षण प्रदान गरिने एन.सि.एफ.नेपालका महासचिव पाष्टर शेर एसीले जानकारी दिनुभयाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...