एनसिएस नेपालको १८ औं महासभा सम्पन्न -अध्यक्षतामा रेभ. जोसेफ श्रेष्ठ, १५१ सदस्यीय कार्यसमिति गठन

एनसिएस नेपालको १८ औं महासभा सम्पन्न
अध्यक्षतामा रेभ. जोसेफ श्रेष्ठ, १५१ सदस्यीय कार्यसमिति गठन
मितिः २०७६ जेठ ९ गते, काठमाडौं । 
रेभ. जोसेफ श्रेष्ठको अध्यक्षतामा १५१ सदस्यीय कार्यसमिति रहने गरी नयाँ कार्यसमिति गठन गर्दै गत २०७६ जेष्ठ ७ गतेबाट शुरु भएको नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा २०७६ जेष्ठ ९ गते सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिमा रेभ. डा. मंगलमान महर्जन, रेभ. दानिएल सुब्बा र पास्टर शामुएल कार्थक सहअध्यक्षमा चयन हुनुभएको छ भने सातै प्रदेशबाट एक एक जना उपाध्यक्ष रहने गरी प्रदेश नं. १ बाट रेभ. वर्णबास एक्तेन, प्रदेश नं. २ बाट पा. पिटर कमलेश्वर, प्रदेश नं. ३ बाट पास्टर राजेन्द्र मल्ल, गण्डकी प्रदेशबाट के.पी. त्रिपाठी, ५ नं. प्रदेशबाट पा. चित्र गुरूङ, कर्णाली प्रदेशबाट पा. नविन दर्लामी, सुन्दर सुदुर पश्चिम प्रदेशबाट पास्टर हिरालाल भाट चयन हुनुभएको छ ।
त्यसैगरी महासचिवमा पा. डिल्लीराम पौडेल फेरि एकपटक दोश्रो कार्यकालका लागि चयन हुनुभएको छ भने कोषाध्यक्षमा श्री सुन्दर श्रेष्ठ, सचिवमा क्रमश पा. मुकुन्द शर्मा, रेभ. कुवेर गुरूङ र सहकोषाध्यक्षमा पा. विजय थापालाई चयन गरिएको छ । नेपाल ख्रीष्टियन समाजले यस वर्षदेखि आफ्नो केन्द्रीय कार्यसमितिमा विभिन्न विभागहरू समेत सृजना गरी त्यस विभागहरूको संयोजक समेत तोकेको छ । जसमा आत्मिक विकास समन्वयमा रेभ. दिलिप क्षेत्री, धार्मिक स्वतन्त्रता आयोगमा पा. टंक सुवेदी, अन्तरधार्मिक समन्वयमा बि.पि. खनाल, नेपाली ख्रीष्टियन प्रवासी समन्वयमा पा. जिरमान (जेम्स) राई, नेपाल ख्रीष्टियन युवा आयोगमा मदनजंग शाह, गैरसरकारी संस्था समन्वयमा डा. कृष्णमान शाक्य, अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था समन्वयमा खीम कँडेल, पारा चर्च समन्वयमा रामप्रसाद श्रेष्ठ, धर्मशास्त्रीय शिक्षा समन्वयमा डा. बालकृष्ण शर्मा, व्यापार व्यवसाय समन्वयमा आशिष खड्का, प्रार्थना संयोजकमा पा. आर.पी. देवकोटा, प्रकाशन संयोजनमा भुवन देवकोटा, सतावट समन्वयमा पा. वर्णबास श्रेष्ठलाई चयन गरिएको कुरा आज महासभा सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

Video Play List of  NCS 18th Program.

Photo Credit: Christian Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...