पाष्टरिय सेवकाई र सफल कृषि व्यवसाय सँगसँगै ।

पाष्टरिय सेवकाई र सफल कृषि व्यवसाय सँगसँगै ।
२०७६ जेष्ठ १० गते, काठमाण्डौ,
ईशाई आस्थाको प्रवेशका दिनहरुमा नेपालमा प्रशस्त विदेशी दाताहरुले सहयोग गरेका थिए जसको फल स्वरुप आज नेपालमा ईशाईहरुको उल्लेखनिय वृदि भईरहेको छ । तर समयका अन्तराल सँगसँगै नेपालको लागी गरिएका ईश्वरिय आषिशहरु अब अन्य मुलुकहरुमा पनि फैलिनु पर्छ भन्ने उदेश्यका साथ नेपाली अगुवाहरु पनि आत्म निर्भर हुनु पर्छ भन्ने ज्वलन्त उदाहरण हुन ललितपुर निवासी पाष्टर हरि तामाङ (याकुव) । लगभग २० वर्ष देखि विभिन्न मेशिनरी र संघ संस्थाहरु सँग सहकार्य गर्दै पाष्टरिय सेवकाई गर्दै आईरहेका  येरुशेलेम चर्च, शंखमुल, काठमाण्डौ का पाष्टर हरि तामाङले आफ्नै प्रयासमा कृषि व्यवसाय संचालन गरेका छन । यस अन्र्तगत हाल उनले लोकल कुखुरा, बट्टाई, टर्की जातका चल्ला उत्पादन गर्ने मेशिन आविष्कार गरी संचालनमा ल्याएका छन । उक्त ह्याचरीमा अहिले मासिक ५००० को हाराहारीमा लोकल कुखुरा, बट्टाई, टर्की जातका चल्लाहरु उत्पादन हुन्छन ।
सेवकाईको क्षेत्रमा पर निर्भर नभई अब आत्म निर्भर हुनुपर्छ भन्ने दर्शन तथा बोझ लिएर यो मेशिनको आविष्कार गरेको बताउनुहुन्छ । साना उद्योगी तथा किसानहरुले थोरै लगानीमा पनि गर्न सकिने र सेवकाईमा पनि पुर्ण समय दिन सकिने बताउछन सेवक हरि तामाङ । त्यती मात्र नभई उनले आविष्कार गरेका मेशिनहरु बनाएर बजारीकरण गर्न थालेका छन । उनको भनाई अनुसार दुर्गम तथा रिमोट एरियामा यस किसिमको मेशिनको माग बढदो छ । थोरै लगानी र कम मेहनतमा राम्रो आम्दानी गर्न सकिने भएकाले भविष्यमा यसको उल्लेखनिय नतिजा पाउनेमा उनी ढुक्क छन ।
नेपालमा किसान तथा उद्योगीहरुको क्षमतालाई नजरअन्दाज गर्दै सरकारले सहयोग गरेमा यस व्यवसाय बाट पनि उत्कृष्ट रुपमा रोजगरीको समस्या केही हदसम्म समाधान हुने बताउँछन । कोही नयाँ तथा पुराना व्यवसायीले गर्न चाहेमा मेशिन सहित आवश्यत तालिम पनि प्रदान गर्ने योजना छ यस संस्थाको । ईच्छुक व्यक्तिहरुले उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क नं. :  9849122954 / 9860172081
यसै सन्दर्भमा आधारित छलपलका दृश्यहरु यो भिडियामा हेर्न सक्नुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...